नेपालमा झाडापखालाबाट बर्षेनि सयौ“ व्यक्तिले ज्यान गुमाइरहेका छन् । झाडापखाला नियन्त्रणका लागि सरकारले झन्डै तीस वर्षदेखि प्रयास गरे पनि त्यो कार्यक्रम लक्षित वर्गसम्म पुग्न सकेको छैन । झाडापखाला नियन्त्रण गर्न भनेर सरकार र विभिन्न दातृ संस्थाबाट तीन दशकयता सात अर्बभन्दा बढी रुपैया“ खर्च भइसकेको छ । तर, झाडापखालाबाट संक्रमितको संख्या र मृत्युदर भने बढेको बढ्यै छ । सुरुका वर्षमा झाडापखाला नियन्त्रणका लागि परियोजना सञ्चालन गर्दा केही सफलता हासिल भएको देखिए पनि स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखाले समुदायमा आधारित एकीकृत बालरोग व्यवस्थापनमा गाभेपछि नियन्त्रणमा समस्या देखिएको हो । स्वास्थ्य, खानेपानी, सरसफाइ तथा वातावरण क्षेत्रमा काम गर्ने निकायबीच समन्वय हुन नसक्दा पनि बर्षेनि सयौ“ मानिसको मृत्यु हुने गरेको छ । मन्त्रालयले झाडापखाला नियन्त्रणसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि औषधोपचार लक्षित वर्गसम्म पु¥याउन सकेको छैन । झाडापखालाको संक्रमण घटाउन नसक्दा सरकारलाई दातृ संस्थासामु लज्जाबोध भइरहेको स्थिति छ ।
प्रायःजसो झाडापखाला सरसफाइको अभाव, दूषित पानी, बासी तथा अस्वस्थ खानाका कारण हुने गरेको छ । झाडापखालासम्बन्धी सचेतना अपनाउन सकेमात्रै यो रोगको संक्रमणबाट बच्न सकिन्छ । एक सर्वेक्षणअनुसार नेपालका करिब चालीस प्रतिशत मानिसलाई स्वच्छ खानेपानीको प्रयोगले झाडापखालाबाट जोगिन सकिन्छ भन्ने चेतना छैन । विकट गाउ“मा अझै पनि झाडापखाला लाग्दा पानी पिउनुहु“दैन भन्ने गलत धारणा रहेको पाइन्छ । विभागका अनुसार झन्डै ४० प्रतिशत मानिस अझै पनि खुला ठाउ“मा दिसा गर्ने गरेको र ६० प्रतिशत मानिसले शौचालय गएपछि र खाना खानुअघि राम्ररी साबुनपानीले हात धु“दैनन् । विभागले राम्ररी हात धोएमा ४० प्रतिशत झाडापखाला र २३ प्रतिशत श्वासप्रश्वाससम्बन्धी संक्रमण घटाउन सकिने जनाएको छ । झाडापखाला नियन्त्रणका लागि छुट्याइने बजेट चेतनामूलकभन्दा अनावश्यक काममा खर्च हु“दा परिणाम सन्तोषजनक हुन सकेको छैन ।
हरेक वर्ष नया“–नया“ भाइरसका कारण पनि झाडापखालाको संक्रमण बढिरहेको छ । सरकारले बर्षेनि झाडापखाला नियन्त्रण गर्न निःशुल्क जीवनजल र जिङ्क चक्की वितरण गर्दै आए पनि लक्षित वर्गको पहु“चसम्म पुग्न सकिरहेको छैन । रुकुम, हुम्ला, जुम्ला मुगु र जाजरकोट जिल्लामा जीवनजल खान नपाएरै ज्यान गुमाउनु पर्ने अवस्था छ । यस्ता दुर्गम जिल्लामा २०६६ सालमा एकैपटक ६२ हजार मानिस झाडापखालाबाट प्रभावित भएका थिए, जसमध्ये ३५० जनाको मृत्यु भएको थियो । चितवनकै विकट पहाडी गाविसहरूमा यस्तो समस्या यथावत् छ । गत आर्थिक वर्षमा १७ लाख ५३ हजार ७५८ जनालाई झाडापखाला लागेको थियो, जसमध्ये ११६ जनाले ज्यान गुमाउनु परेको थियो । आ.व. ०६८÷०६९ मा झन्डै १९ लाख मानिसहरू झाडापखालाबाट प्रभावित भएका थिए । तीमध्ये ४५ जनाको ज्यान गएको थियो । यस्ता तथ्याङ्क हरेक वर्ष बढ्दो अवस्थामा छ । सरकारले दूषित पानी खान बाध्य भएका नागरिकका लागि शुद्ध पानीको व्यवस्थापन गर्नुपर्छ । व्यक्तिगत सरसफाइ र स्वास्थ्यसम्बन्धी सचेतनाबाट झाडापखाला रोकथाम गर्न सकिन्छ ।
Discussion about this post