भरतपुर । सर्वसाधारणहरुलाई तर्साउन चितवनको दुई ठाउँमा राखिएको शंकास्पद बस्तुको डिस्पोज गरिएको छ । नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।
भरतपुर–१ रामनगरमा राखिएको बस्तु रातो कपडाले बेरेका इँटा र भरतपुर–११ बाइपास रोडस्थित आँखा अस्पताल अगाडि राखिएको बस्तु सिसाको बोतल भएको पाइएको प्रहरीले बताएको छ ।
शंकास्पद बस्तु भेटिएपछि दुवै ठाउँमा सवारी साधन रोकेर बस्तुको डिस्पोज गरिएको हो । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण चितवनमा आंशिक प्रभाव परेको छ ।
विप्लव निकटका व्यक्तिले नै शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान गरिएको छ ।
Discussion about this post