ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

करको दर हैन दायरा बढाउँदै महानगर

नारायण अधिकारी

by गोविन्द अर्याल
२०७७ माघ १०, शनिबार ११:०५ गते
in अर्थ
0
भरतपुर महानगरको बजेट खर्चको स्थिति : मंसिर मसान्तसम्मको बजेट खर्च न्यून
16
SHARES
Share on FacebookShare on Twitter

चितवन, १० माघ । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको हो।

भरतपुर महानगरपालिकाले हालसम्म रु २५ करोड ५० लाख राजस्व संकलन गरेको छ । असार मसान्तसम्ममा रु ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ जसमा रजिष्टे«शन सेवा शुल्कसमेत छ । गत वर्ष यसै हाराहारीमा राजस्व सङ्कलन भएको थियो । महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल राजस्वको दायरामा आउन नसकेका करदाताका घर घरमा टोली परिचालन गर्न थालिएको बताए ।

महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर राजस्व सङ्कलनलाई तीव्रता दिएको छ । अर्यालले भने, “हामीले स्थलगतरुपमा कर दाताको नवीकरण र राजस्व सङ्कलनसमेत गर्न थालेका छौँ ।” महानगरमा करको दायरामा ६० प्रतिशत हाराहारी व्यवसायी आएका छन् । यसलाई ८० प्रतिशतमा पु¥याउने लक्ष्यका साथ अभियान थालिएको छ ।

महानगरपालिकाको राजस्व परामर्श र सङ्कलन समितिका संयोजकसमेत रहेकी उपप्रमुख पार्वती शाह ठकुरी हिजोआज हरेक हप्ता राजस्व सङ्कलनको विषयमा नियमित छलफल गरी सङ्कलनमा जोड दिएको बताउँछिन् । टोली परिचालनसँगै ठूला करदातालाई पत्राचार गर्ने काम भइरहेको उनको भनाइ छ ।

उनले भनिन्, “यो वर्ष हामीले दर बढाएका छैनौँ दायरा बढाउने काममा लागि परेका छौँ ।” सबैलाई करको दायरामा आउन अनुरोध गर्दै उनले सबैले कर तिरेमा दर बढाउनु नपर्ने बताइन् सरोकारवालाको परामर्शमा दर तय भएकाले राजस्व सङ्कलनमा सहयोग पु¥याउनुपर्ने उनको धारणा छ ।

महानगर प्रमुख रेनु दाहाल कोरोनाका कारण सङ्कलनमा केही कमी भए पनि सन्तोषजनक रहेको बताउँछिन् । महानगरपालिकाले कर सङ्कलनलाई अभियानका रुपमा अघि बढाएको भन्दै उनले यसमा साथ र सहयोग गर्न निजी क्षेत्रसँग अनुरोध गरिन् ।

आन्तरिक आम्दानी बढाउन सकेमा महानगरको विकासमा थप सहयोग पुग्ने दाहालको भनाइ छ । आन्तरिक आम्दानी कम भए पनि महानगरपालिकाले सङ्घीय सरकारका विभिन्न मन्त्रालयमा निरन्तर पहलकदमी गरेर ठूला आयोजना महानगर क्षेत्रमा पार्न सफल भएको दाहालले जानकारी दिइन् ।

चालु आर्थिक वर्षको बाँकी अवधिमा लक्ष्यअनुसार राजस्व असूलीका लागि साना ठूला करदाताको सूचीकरण, वडामा स्थलगतरूपमा कर शिक्षा र स्थलगतरूपमा व्यवसाय दर्ता अभियान सञ्चालन, करदाताको कर अभिलेखाङ्कन डिजिटाइजेसन तथा अनलाइन भुक्तानीको व्यवस्थाजस्ता उपाय अवलम्बनमा जोड दिई करको दायरा फराकिलो पार्दै लगिएको उनले जानकारी दिइन् । करदातामैत्री प्रणाली विकासमार्फत करको लक्ष्य हासिल गर्न सकिने दाहाल बताउँछिन् ।

चालु आव २०७७/०७८ को लागि कूल राजस्व तीन अर्ब ३१ करोड ६४ लाख ८९ हजार रुपैयाँमध्ये आन्तरिक स्रोततर्फ ९० करोड रुपैयाँ अनुमान गरिएको छ । उनका अनुसार उक्त आन्तरिक राजस्वका स्रोतका शीर्षकमा मुख्यरूपमा घर बहाल करतर्फ आठ करोड, नक्सा पास दस्तुरतर्फ सात करोड २० लाख, एकीकृत सम्पत्ति करतर्फ चार करोड, व्यवसाय दस्तुरतर्फ छ करोड, विभिन्न सिफारिस दस्तुरतर्फ सात करोड, अन्य क्षेत्र आय ४० करोड, अन्य बिक्रीमा ढुङ्गा, गिट्टीलगायतका बिक्रीबाट जम्मा छ करोड ८० लाख रुपैयाँ समेत गरी राजस्व प्रक्षेपण गरिएको छ ।

भरतपुर महानगपालिकाले पुस मसान्तभित्र राजस्व बुझाएमा २० प्रतिशत छुट दिएको थियो । विगतका वर्षहरूलाई हेर्दा यहाँ व्यवसाय कर पुसपछि तिरेको देखिन्छ भने सम्पत्ति कर पुस अगाडि बुझाएको पाइन्छ । पछिल्ला वर्षहरूमा निजी क्षेत्रको लगानी महानगरमा बढ्दै गएको छ । जसका कारण आन्तरिक आम्दानीसमेत बढ्ने देखिन्छ । स्थानीय तहले मुख्यरुपमा आम्दानी गर्नसक्ने प्राकृतिक स्रोतबापतको कर यहाँ कम हुने भएकाले राजस्व तुलनात्मक हिसाबले कम रहेको छ । रासस

Related Posts

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

काली मार्सी चामल जापानी बजारमा

काली मार्सी चामल जापानी बजारमा

कुखुरापालन व्यवसायमा विनोद पोखरेलको लोभलाग्दो सफलता

कुखुरापालन व्यवसायमा विनोद पोखरेलको लोभलाग्दो सफलता

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

‘बागमती नदीमा सतह बढ्न सक्छ’

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा बागमतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल...

Read more
बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा महत

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा महत

विद्यार्थीलाई अपशव्द प्रयोग गर्ने शिक्षक पक्राउ, कलेज तोडफोड

विद्यार्थीलाई अपशव्द प्रयोग गर्ने शिक्षक पक्राउ, कलेज तोडफोड

Chitwan Post

भूमिसम्बन्धी समस्या समाधान गरिने छ : अध्यक्ष ज्ञवाली

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In