ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

ती दिनहरु सिक्किम भ्रमणको सम्झना

—ऋषिराम घिमिरे

by केशव भट्टराई
२०७७ माघ १०, शनिबार १०:३२ गते
in साहित्य
0
ती दिनहरु सिक्किम भ्रमणको सम्झना
71
SHARES
Share on FacebookShare on Twitter

अवलोकन भ्रमण एउटा खुला पुस्तक हो । भ्रमण अवधिको यस्तो पुस्तकलाई व्यक्तिका प्रत्यक्ष आँखाले देख्छन् र सचित्र गतिविधि स्मृतिपटमा संग्रह गर्दछन् । संसारको यत्रतत्रको अवस्था के कस्तो छ र अरुले केकसरी जीवन चलाइरहेका छन् भन्ने कुरा प्रत्यक्ष अवलोकनबाट जति थाहा पाउन सकिन्छ त्यति नै कुरामा विभिन्न किताब, पत्रपत्रिका र अरुहरुले भनेकै आधारमा प्रस्ट हुन सकिँदैन । त्यसैले होला, विश्वप्रशिद्ध नाटककार शेक्सपियरले आफ्नो ‘दी टु जेन्टलमेन अफ भेरोना’ मा भनेका छन्— ‘यात्रामा कतै ननिक्लने र एउटा निश्चित स्थानविशेषमा मात्रै सीमित रहने मान्छेहरु ज्ञान, अध्ययन र अनुभवले परिपक्व हुन सक्दैनन् ।’
पश्चिमाहरुले विकासको हरक्षेत्रमा सन्तुलित प्रगति गर्नमा उनीहरुको संस्कारमा भएको अवलोकन भ्रमण एउटा मह¤वपूर्ण कारण हुन सक्छ । वर्षभरिको कठोर खटाइपश्चात् पूर्वनिर्धारित समय तालिकाअनुसार उनीहरु अनिवार्य अवलोकन भ्रमणमा निक्लने गर्दछन् । नयाँ ठाउँ, व्यक्तिविशेष, भूगोल र संस्कृतिको विषयमा धेरै जानकारी प्राप्त गर्न सक्दछन् । भ्रमणलाई केवल जान्न, बुझ्न र अवलोकनमा मात्रै पनि सीमाबद्ध गर्न सकिँदैन । भ्रमणले व्यक्तिलाई चुस्त रहनमा धेरै ठूलो मद्दत गर्दछ । शरीरलाई आवश्यक पर्ने दालभात मात्रले व्यक्ति सन्तुलित हुन सक्दैन । ऊ विचारले चल्ने प्राणी हो । व्यक्ति जब विचारमा स्वस्थकर रहन सक्दैन तब ऊ हरेक किसिमले कमजोर हुन्छ । बिस्तारै असन्तुलित जीवन आफैँलाई बोझ सम्झिन लाग्दछ । त्यसैले, समय–समयमा सम्भव भएसम्म अवलोकन भ्रमणहरु अनिवार्य हुनुपर्छ भन्ने मेरो आग्रह हो ।
भ्रमण एक किसिमको मानसिक उल्झनको चिरफार र स्वच्छ जीवन निर्माणको सजिलो उपचार विधि हो ।
सधैँ एउटै काम, एकै किसिमका व्यक्ति र एउटै परिवेशमा रहिरहँदा मान्छेमा निराशा र विविध उल्झनले घर बनाउन सक्दछ । यसले व्यक्तिमा डिप्रेसनसमेत पैदा गराउँछ र दैनिक गरिरहेको काममा स्फूर्तिपन हराउन सक्छ । व्यक्तिले गर्ने एकल भ्रमणको एक किसिमको मह¤व त अवश्य हुन्छ, तर समूहमा गरिने भ्रमणले आपसको सम्बन्धलाई अझ बलियो बनाउँछ । समूहमा मिलेर ठूला–ठूला कामहरु गर्न र आइपरेका अप्ठेराहरु समाधान गरी त्यसबाट राम्रो नतिजा निकाल्न व्यक्तिलाई सक्षम बनाउँछ ।
एउटै संस्थामा वर्षौंदेखि सँगै रहँदा पनि एकले अर्को आफ्नै सहकर्र्मी मित्रलाई राम्रो चिन्न र जान्न सकिरहेको हुँदैन । व्यक्तिका बानीव्यवहार पनि अनुहारजस्तै फरक हुन्छन् । समूहमा भएको भ्रमणले व्यक्तिलाई समूहको ऐनामा छर्लंग देखाउँछ । एकले अर्कोलाई जान्ने निकै राम्रो अवसर प्राप्त हुन्छ ।
हामी शिक्षकहरु प्रत्येक विद्यार्थीमा विद्यमान अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यअनुरूप आआफ्ना कार्यकक्षमा संलग्न हुन्छौँ । तसर्थ, शिक्षकमा रहेको ज्ञान भण्डारण उनको अनुभव र अवलोकनबाट प्राप्त अध्ययन र अनुभूतिले विद्यार्थीमा प्रत्यक्ष लाभ प्रदान गर्दछ । हरेक व्यक्ति त्यतिमात्रै मूल्य राख्दछन् जति उनको माथिंगलको दायरा हुन्छ ।
शिक्षकले गर्ने कार्य र उनको जिम्मेवारी संसारका अरु कुनै पनि कार्यभन्दा पृथक् र महान् छन् । शिक्षक स्वाभाविकरुपले गतिशील हुन सक्नुपर्छ र समयसँग नदीजस्तै बहन सक्नुपर्छ । शिक्षक समयसँग हिँड्न सकेनन् भने उनी बासी भोजनजस्तै अहितकर हुन पुग्दछन् । बासी भोजनले भौतिक पेट र शरीरको स्वास्थ्य अवस्था खलबलिन लाग्दछ भने अयोग्य शिक्षकबाट हुने सिकाइ र समयसँग नमिलेका उनका पैतालाले दुर्भाग्यपूर्ण भविष्यलाई निमन्त्रणा गर्दछन् ।
त्यसैले, विद्यालयको थर्ड टर्म परीक्षापछिको समय सदुपयोग गर्दै हामीले विसं २०७५ साल पौष २५ गते साँझ ६ः०० बजे कालिका संस्कारकुलम् माविको होस्टल प्राङ्गणबाट छिमेकी मुलुक भारतको एउटा चर्चित पर्यटकीय प्रान्त सिक्किमको अवलोकन यात्रा आरम्भ गरेका थियौँ ।
बाह्र घन्टाको रात्रिकालीन बसयात्रापछि नेपाल—भारत बोर्डर काँकडभिट्टामा हाम्रो निम्ति प्रतीक्षारत प्याकेज—पर्यटनका व्यवस्थित दुईवटा जिप र एउटा कारको सहयोग लिई हामी गन्तव्य सिक्किम प्रान्तलाई अवलोकन गर्न सिलिगुडी हाइवे हुँदै हुइँकियौँ । मलाई कारको सेवा प्राप्त भएको थियो । कारका मेरा चालक राजा खड्का उमेरले २७ वर्षका फूर्तिला अनुशासित र कर्तव्यपरायण युवा भाइ थिए ।
सिक्किमका पर्यटकीय मह¤व राख्ने केही निश्चित पोइन्टहरु अवलोकन गराउन, भोजन, खाजा र होटल—लजसमेत मिलाउने गरी प्रतिव्यक्ति रू. ७००० र पेमेन्ट गर्ने सर्तबमोजिम तीन दिनको निम्ति होटल, खाजा र भोजनको प्याकेज व्यवस्थापन भएको थियो ।
प्राप्त जानकारीअनुसार सिक्किम भारतको सबैभन्दा कम जनसंख्या भएको हिमाली राज्य हो र क्षेत्रफलमा गोवापछि न्यूनतम छ । सिक्किम नामग्याल वंशद्वारा शासित एक स्वतन्त्र राज्य थियो । सन् १९७५ मा एक जनमतसंग्रहको आधारमा सिक्किम भारतमा विलीन भएको थियो । यसै जनमतसंग्रहपछि राजतन्त्रको समाप्ति भयो र भारतीय संवैधानिक व्यवस्थाअन्तर्गत सिक्किमको सार्वभौमसत्ता समाप्त भयो । बुढीऔँलाको आकारको यो राज्य पश्चिममा नेपाल, उत्तर तथा पूर्वमा चीन तिब्बत स्वायत्त क्षेत्र तथा दक्षिण—पूर्वमा भुटानसँग जोडिएको छ । भारतको पश्चिम बंगाल राज्य यसको दक्षिणमा छ ।
अंग्रेजी, नेपाली, लेप्चा, भूटिया, लिम्बू तथा हिन्दी सरकारी कामका लागि मान्यताप्राप्त भाषा हुन्, तर पनि सरकारी कामकाजमा अंग्रेजी भाषा नै अत्यधिकरुपमा प्रयोग भएको पाइन्छ । आपसी बोलचालको निम्ति नेपाली भाषाको प्रयोग हुने गर्दछ र यहाँका सबै बासिन्दाहरुले नेपाली बोल्छन् । यहाँको बोलीचालीको प्रमुख माध्यम नै नेपाली भाषा हो । हिन्दु तथा बज्रयान बौद्धधर्म सिक्किमका प्रमुख धर्महरु हुन् । गान्तोक राजधानी तथा सिक्किमको सबैभन्दा ठूलो सहर हो । सानो आकार भएता पनि सिक्किम भौगोलिकरुपमा धेरै नै विविध छ । नेपालको पूर्र्वी भागमा पर्ने कञ्चनजंघा, जो विश्वको तेस्रो सबैभन्दा उच्च हिमशिखर हो । सिक्किमको उत्तरी पश्चिमी भागबाट सजिलै देख्न सकिन्छ । सिक्किमको विशेषताहरुमा यसको सरसफाइ, प्राकृतिक सुन्दरता एवं राजनीतिक स्थिरता सामेल छन् । यो भारतको प्रमुख पर्यटक केन्द्रहरुमध्ये एक हो ।
नेपालीभाषी सिक्किमीहरुले आफ्नो नसिबमा प्राप्त भएको सिक्किमको दुर्गम पहाडमा पसिना बगाए, त्यही पहाड खोतले, खने र त्यसलाई संसारभर पर्यटनको सुन्दर गन्तव्य बनाउन धेरै प्रयास गरेका रहेछन् भन्ने कुरा त्यहाँ पुग्ने जोकसैले पनि तुरून्तै अनुभूत गर्न सकिन्छ । त्यहाँको पर्यटनको ट्रेडमार्क बिकेको छ, चलेको छ र संसारले पत्याइदिएको छ ।
हाम्रा वीरपुर्खाहरुको विरासत सुन्दर नेपालले पनि सिक्किमको विकास र प्रगतिबाट धेरै सिक्न सक्छ । अमेरिका, जापान, बेलायत र फ्रान्सका ठूला–ठूला विकासे सन्दर्भलाई म यहाँ यस प्रसङ्गमा जोड्न चाहन्नँ । आफ्नो घरमा उत्पादित जमिनअनुसार फसलको खाद्यलाई कसरी स्वास्थ्यवर्धक भोजन बनाउन सकिएला भनी चिन्तन गर्नु मनासिब लाग्दछ । देखासिकी गर्ने भन्दैमा केवल शब्दका घोडा हाँक्ने, अक्षरका खेती गर्ने र मह¤वाकांक्षाका दिवा सपनाहरु बुन्ने अल्छे तिघ्राहरु निर्दिष्ट गन्तव्य चुम्नका लागि म्याराथनका विजयी हकदार हुन सक्दैनन् । सिक्किमले पर्यटनमा आफ्नो गच्छेअनुसारको प्रशस्त प्रगति गरेको रहेछ । हामीले पनि सिक्किमी जनताझैँ पर्यटनको विषय र विधालाई व्यवसायको सटीक लक्ष बनाउन सक्छौँ । हामी साँच्चै लाग्यौँ भने यो धरतीका अन्य मुलुकले पर्यटन प्रतिस्पर्धामा हामीसँगै दौडनु त्यति सजिलो नहोला । विकासको प्रसङ्ग झिक्नेबित्तिकै हामी अर्थ र बजेटको लामो फेरहिस्त सम्झन लाग्दछौँ । अवश्य पनि बजेटको अर्थ छ । म त्यसको मह¤व र आवश्यकतालाई नकार्दिनँ, तर बजेटभन्दा धेरै मह¤वपूर्ण विषय संस्कार हो । सिक्किमीहरुको उन्नतिको प्रमुख कारण उनीहरुले निर्माण गर्न सकेको व्यक्तिविशेष र समूहगतरुपले आर्जन गर्न सकेको संस्कार हो भन्ने लाग्यो । संसारमा संस्कारको मूल्यसँग दाँजिन सक्ने बिरलै दोस्रो धन होला भन्ने ठान्दछु । सिक्किमीहरु इमानदार छन् । मेहनती छन् । सबैसँग ‘वसुधैव कुटुम्बकम्को व्यवहार गर्दछन् । एकपटक सिक्किम अवलोकन गर्न पुगेको पर्यटकले अरु धेरै मान्छेहरुमा त्यहाँको समृद्ध संस्कारको प्राकृतिक प्रचार गर्दछ । त्यसले, गहिरो प्रचार पाउँछ र व्यवहारमा उत्रिन सक्दा त्यस्तो प्रचारले दुर्गम सिक्किमी पहाडहरुमा सुन फलाउँछ । संस्कारबिनाको पर्यटन आँखा बाँधिएको मान्छेसरह हो । खुट्टा बाँधिएको म्याराथन जित्न लाइनमा उभिएको अर्थहीन प्रयासको खेलाडीसरह हो । नेपालमा पर्यटन व्यवसायलाई शिखरसम्म पुयाउन वर्तमानको युवापिँढीलाई संस्कार पढाउनुपर्छ, सिकाउनुपर्छ र व्यवहारमा खरो उतार्नुपर्छ ।
हामीलाई काँकडभिट्टाबाट लिएर गएको पर्यटन व्यवसायी राजा खड्काको टोलीले विभिन्न स्थानविशेषमा आवश्यकतानुसार विभिन्न व्यक्ति र फरक–फरक व्यवसायीहरुलाई ह्यान्डओभर गर्दै गयो, तर सबैको व्यवहार भद्र थियो । सबै व्यवसायी कुनै पनि कुरा कमी हुन नदिन आफ्नो जिम्माअनुसारको कार्यकर्तव्यमा बिलकुलै संस्कारित देखिए । हामी उनीहरुको सेवामा ढुक्क थियौँ । एउटा गाडीबाट अर्को गाडीसम्म पुग्दा हाम्रा ब्याग, ब्यागेजहरु र सामानहरु सुरक्षित थिए । सबैले सबैसँग मानवोचित मूल्य दिएका थिए । बल—तुजुक र पाखुरा देखाई निर्धोमाथि रजाइँ गर्ने साँढेहरु देखिएनन् । त्यसैले त उनीहरुको पर्यटनले संसारलाई दिएको निमन्त्रणा विश्वासमा बिक्न सकेको छ । म किटानसाथ भन्न सक्छु, साँढेहरु जुनबेलासम्म नेपालको माटोमा बिनामेहनत र बिनाश्रम ढल्केर निर्बाध हिँड्न पाउँछन् तबसम्म हाम्रो माटोमा कुनै पनि व्यवसायले शिर उँचो बनाउन सक्दैन ।
नेपालमा जन्मिएका लुम्बिनीस्थित भगवान् बुद्धको दरबारले विश्वमाझ शान्तिको ध्वनि प्रवाह गरिरहेछ, गरिरहनेछ तर दरबार परिसर पुग्न सम्मुख रोकिएको बस—स्ट्यान्डको अव्यवस्था र फोहोरको दुर्गन्धित डुङ्गुरले हाम्रो परिचय गराउँछ भन्नमा क्षमा चाहँदै सत्य तीतो उद्घाटन गर्दछु । यो धरतीलाई नेपालको भूमिमा रहेर विदेही राजाको रुपमा देशको शासन बागडोर हाँक्ने जनकपुरस्थित राजा जनकको दरबार र जानकी मन्दिरको अव्यवस्था पनि कम मन दुःखाउने किसिमको छैन । हामीसँग विश्वलाई चकित तुल्याउने मानौँ सुनको अन्डा दिने अजीव कुखुरीको अजरअमर माउ छे । जतन संरक्षण र व्यवस्थित कर्तव्य पालना गर्न सक्यौँ भने कसैको सामु निहुरिएर भीख माग्नलाई हात फैलाउनुपर्दैन । सगरमाथाको देश त हुँदै हो यो । भगवान् शिव र विभिन्न देवदेवीको मनपसन्द तपस्याको भूमि पनि हो ।
हामीले पर्यटनलाई हाम्रो आयस्रोतको प्राथमिकतामा पार्न सक्नुपर्छ । हाम्रो इमानदार संस्कारले यसको संवद्र्धन र प्रवद्र्धन हुन सक्छ ।
सिक्किमको पर्यटन र विकासको कुरा गर्दै जाँदा त्यहाँको इतिहासलाई पनि बिर्सन सकिँदैन ।
भारतमा विलय हुनुपूर्व सन् १४ मे १९७५ सम्म सिक्किम एउटा स्वतन्त्र सार्वभौमसम्पन्न अधिराज्य थियो । यात्रा संस्मरणलाई शब्दमा लिपिबद्ध गर्दै रहँदा सिक्किमसम्बन्धी केही ऐतिहासिक तथ्यतर्फ पनि घोत्लिनु सान्दर्भिक ठान्दछु ।
६ एप्रिल १९७५ को बिहान सिक्किमका राजा चोग्यालले आफ्नो राजदरबारको गेटबाहिर भारतीय सैनिक ट्रकहरुको आवाज सुने । उनी दौडिएर झ्यालको छेउमा गए । उनको दरबारलाई चारैतिरबाट भारतीय सैनिकहरुले घेरा हालिसकेका थिए ।
त्यहीबेला मेसिनगन चलेको आवाज सुनियो र दरबारको गेटमा खटिएका वसन्तकुमार क्षेत्री गोली लागेर ढले । त्यसबेला खटाइएका ५,००० भारतीय फौजलाई सिक्किमको राजदरबारमा खटिएका २४३ जना गार्डलाई नियन्त्रणमा लिन आधा घन्टा पनि लागेन ।
त्यो दिन १२ बजेर ४५ मिनेट जाँदा सिक्किमको स्वतन्त्र देशको हैसियत समाप्त भइसकेको थियो । चोग्यालले ह्याम रेडियोमार्फत यसको सूचना पूरै विश्वलाई दिएका थिए र उक्त आपतकालीन सन्देश ब्रिटेनको एउटा गाउँमा बस्ने अवकाशप्राप्त चिकित्सक र जापान र स्वीडेनमा बस्ने अन्य दुई जनाले सुनेका थिए । त्यसपछि चोग्याललाई उनको घरमा नै नजरबन्दमा राखियो ।
दिल्ली नगरका आयुक्त बिएस दास त्यसको भोलिपल्ट दिउँसोको खाना खाइरहेका थिए । यत्तिकैमा उनलाई विदेश सचिव केवल सिंहको फोन आयो र उनी तुरून्तै उनलाई भेट्न हिँडे ।
विदेश मन्त्रालयमा पुग्नेबित्तिकै केवल सिंहले उनलाई न्यानो स्वागत गर्दै भने, ‘तपाईंलाई सिक्किम सरकारको जिम्मेवारी सम्हाल्न तुरून्तै गान्तोक पठाइँदै छ, तपाईंसँग तयारीका लागिमात्रै २४ घन्टा छ ।
जब भोलिपल्ट सिलिगुडीबाट दास हेलिकोप्टर चढेर गान्तोक पुगे । उनको स्वागतका लागि चोग्यालका विरोधी काजी लेन्डुप दोर्जी सिकिम्मका मुख्य सचिव, प्रहरी आयुक्त र भारतीय सेनाका प्रतिनिधि बसिरहेका थिए । दासलाई ¥यालीसहित पैदल हिँडाएर उनको निवासमा पु¥याइयो । त्यसको एक दिनअघि उनले चोग्यालसँग भेट्ने समय मागेका थिए, तर उनलाई राजाले आफूले ज्योतिषीलाई सल्लाह गरेरमात्रै समय दिन सक्ने जवाफ दिएका थिए ।
दास भन्छन्, ‘त्यो त एउटा बहानामात्रै थियो । खासमा उनी म र मेरो ओहदालाई मान्यता नदिएको देखाउन चाहन्थे ।’
भोलिपल्ट चोग्यालले दासलाई बोलाए, तर त्यो बैठकको माहोल एकदमै कटुतापूर्ण रह्यो ।
चोग्यालको पहिलो वाक्य यस्तो थियो, ‘मिस्टर दास, सिक्किम तपाईंहरुले कब्जा गर्नुभएको गोवाजस्तै हो भन्ने भ्रममा नरहनुहोला ।’
उनले भुटानजस्तै दर्जा सिक्किमलाई दिलाउन निकै प्रयास गरेका थिए । ‘हामी एक स्वतन्त्र सम्प्रभुसत्ता सम्पन्न देश हौँ, तपाईंले हाम्रो संविधानअनुसार काम गर्नुपर्छ, भारतले तपाईंको सेवा हाम्रो सरकारलाई दिएको छ, यो विषयमा कुनै भ्रम हुनुहुँदैन र हामीलाई दबाउने प्रयास कहिल्यै नगर्नुहोला ।’ सिक्किमलाई भारतमा विलय गराउन दासले मह¤वपूर्ण भूमिका खेलेका थिए ।
एक दिनअघि बिएस दास त्यहाँ खटिएका आफ्ना साथी शंकर बाजपेयीलाई भेट्न जब इन्डिया हाउस पुगे तब उनलाई केवल सिंहबाट के निर्देशन लिएर आएका छौ ? भनेर सोधिएको थियो ।
दास सम्झन्छन्, ‘मलाई सिक्किमका जनताका आकांक्षा पूरा गर्न मद्दत गर्नू भन्नेबाहेक कुनै पनि स्पष्ट निर्देशन थिएन, अरु बेलाजस्तै इन्दिरा गान्धीले कुनै औपचारिक राजनीतिक किसिमको वाचा गरेकी थिइनन्, अनि विलय भन्ने शब्दको त उच्चारणसमेत गरिएको थिएन ।
उनले थपे, ‘यहाँसम्म कि हामीलाई काम लगाइरहेका केवल सिंहले निजी कुराकानीमा समेत यो शब्द कहिल्यै प्रयोग गरेका थिएनन्, तर नभनिए पनि मलाई र शंकर बाजपेयी दुवैलाई अब हामीले के गर्नुपर्छ भन्ने थाहा भइसकेको थियो ।’ दास भन्छन्, ‘यो पूरा प्रकरणमा इन्दिरा गान्धीलाई लगातार जानकारी दिइएको थियो भन्ने हामीलाई विश्वास थियो । मैले इन्दिरा गान्धीसँग ११ वर्ष काम गरेको छु । विशेषतः कसैले उनीसँग निहुँ खोजेको छ भने उनी त्यसलाई माफ गर्दिनथिन् । चोग्याललाई कहिल्यै पनि बदल्न सकिन्न भन्ने उनलाई लागेको थियो । सम्पूर्ण सिक्किम प्रकरणमा उनी प्रमुख नायिका थिइन् । हामी त उनका सहयोगीमात्रै थियौँ । सिक्किमलाई भारतको २२औँ राज्य बनाउन संविधान संशोधन विधेयक २३ एप्रिल १९७५ मा लोकसभामा पेश गरिएको थियो । सोही दिन उक्त विधेयक पारित गरिएको थियो ।
राज्यसभाबाट उक्त विधेयक २६ एप्रिलमा पारित भयो र १५ मे, १९७५ मा जब राष्ट्रपति फखरूद्दिन अली अहमदले यो विधेयकमा हस्ताक्षर गरेपछि नामग्याल राजवंशको शासन सदाको निम्ति समाप्त हुन पुग्यो ।

 

Related Posts

सबै नेपाली नागरिकलाई खोप : मन्त्री त्रिपाठी

सबै नेपाली नागरिकलाई खोप : मन्त्री त्रिपाठी

‘हीरक आरोहणमा तीर्थराज न्यौपाने’ लोकार्पण

‘हीरक आरोहणमा तीर्थराज न्यौपाने’ लोकार्पण

Chitwan Post

दोभान पुस्तकालयमा विनोदकान्त

Discussion about this post

अन‌ि यो पनि

सोमबार २४४० जना संक्रमित, निको हुने ११३३
प्रमुख समाचार

थप ८१ मा सङ्क्रमण पुष्टि

काठमाडौँ, १५ फागुन (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा...

Read more
जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In