रत्ननगर । पूर्वी चितवनका दुई सय युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टीको युवा संगठन समाजवादी युवा संघ जिल्ला कार्यसमिति चितवनले रत्ननगरमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा परित्याग गरी २०१ जना युवा समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
प्रदेश नं २ का कृषि राज्यमन्त्री तथा समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष योगेन्द्रराय यादव, पार्टीका जिल्ला अध्यक्ष प्रेम भुजेलले टीका र खादा लगाएर युवाहरुलाई पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा मन्त्री यादवले अबको निर्वाचनमा समाजवादी पार्टी अग्रस्थानमा आउने दाबी गरे ।
समाजवादी युवा संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष प्रदीप रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य इन्दु तिवारी, तारा विक, केन्द्रीय सल्लाहकार सदस्य पदम गुरूङ, पार्टीका जिल्ला इन्चार्ज रमेश रेग्मी, समाजवादी युवा संघका केन्द्रीय सह–इन्चार्ज फिरोज मन्सुर मियाँ, केन्द्रीय सदस्य ललन ठाकुरलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा पार्टीका जिल्ला सह–इन्चार्ज अजय निरालालगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Discussion about this post