चितवन ९ माघ । गत २४ घण्टामा ३०२ जना नयाँ संक्रमित थपिए पनि नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ६८ हजार ९४८ जना पुगेको छ। सोही अवधिमा सात जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये दुई लाख ६३ हजार ३४८ जना संक्रमणमुक्त भइसकेका छन् भने, एक हजार ९८६ जनाले ज्यान गुमाएका छन्। शुक्रबारको तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या भने तीन हजार ६१४ जना छन्।
Discussion about this post