भरतपुर ९ माघ । अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षणको घुम्ती प्रशिक्षणको समापन भएको छ। तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौंको तत्वावधानमा माघ ४ गतेदेखि ९ गतेसम्म जिल्ला प्रहरी कार्यालयमार्फत प्रहरी जवान र प्रहरी हवल्दारहरूलाई प्रशिक्षण दिइएको थियो। छ दिनको तालिमबाट अपराध अनुसन्धान तथा नियन्त्रणमा विशेष सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरूङले जानकारी दिए। तालिमको समापनपछि सहभागी प्रशिक्षार्थी प्रहरीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ।
Discussion about this post