रत्ननगर । समाजका अगुवा कार्यकर्ताहरुको लागि नेतृत्व विकास तालिम बिहीबार रत्ननगरमा सम्पन्न भएको छ ।
लुमन्ती आवासका लागि सहयोग समूहद्वारा गठित नेपाल सुकुमबासी सुधार समिति रत्ननगरले आयोजना गरेको सो तालिमको रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
तालिममा टोल विकास संस्था, सुकुमबासी सुधार समिति, आकृति महिला बचत तथा ऋण सहकारी संस्था र सहायता युवा क्लबका प्रतिनिधिहरु गरी २० जनाको सहभागिता रहेको लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले जानकारी दिनुभयो ।
तालिममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष बाबुराम गौतम, नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेल र उर्मिला पासवानले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम नेपाल सुकुमबासी सुधार समिति रत्ननगरका अध्यक्ष पूmलमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post