ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विशिष्टीकृत बहिरङ्ग सेवा सञ्चालन गर्दै भरतपुर अस्पताल

by गोविन्द अर्याल
२०७७ माघ ९, शुक्रबार १३:५७ गते
in स्वास्थ्य
0
भरतपुर अस्पतालमा ४० बेडको एचडियू तयार गरिँदै
9
SHARES
Share on FacebookShare on Twitter

चितवन ९ माघ । राजधानीबाहिर १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा सञ्चालन गरिने भएको छ। महत्त्वपूर्ण विभागमा रोगका सम्बन्धित विशेषज्ञबाट उपचार गर्ने गरी सेवा सञ्चालन गर्न लागिएको हो। अस्पतालमा डक्टर इन मेडिसिन (डिएम), सम्बन्धित विषयमा फेलोसिप, एमसिएचजस्ता विशिष्टीकृत अध्ययन र तालिम गरेका चिकित्सक भएर पनि सबै खालका बिरामी हेर्दै आएका छन्। अस्पतालले त्यस्ता बिरामीलाई सम्बन्धित चिकित्सकबाट उपचार गर्ने व्यवस्था मिलाउन लागेको हो। हाल सञ्चालनमा रहेका विभागभित्र पनि विशिष्टीकृत विभागहरु हुनेछन्।

‘अब भरतपुर अस्पतालमा मुटु, मिर्गौलाजस्ता अङ्गहरुको उपचारसँग सम्बन्धित अध्ययन तथा तालीम लिएका विशेषज्ञ चिकित्सकले विशिष्टीकृत सेवा दिँदैछौँ,’ अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले भने। हाल अस्पतालमा त्यस्ता अध्ययन गरेका विशेषज्ञले सबै खालका बिरामी हेर्दै आएका छन्। जसका कारण अस्पतालमा आएर पनि सम्बन्धित विशेषज्ञ फेला नपारेपछि विशिष्टीकृत सेवाका लागि बिरामी निजी मेडिकल कलेजमा जाने गरेका छन्।

भरतपुर अस्पतालमा डिएम, एमसिएच, फेलोसिपजस्ता विशिष्टीकृत अध्ययन र तालिम लिएका चिकित्सक भएर पनि सम्बन्धित विभागको अभावमा समग्र बिरामीलाई हेरिरहेको अवस्था छ। अधिकारीले आउँदो दुई महिनाभित्रमा विशिष्टीकृत सेवा दिनका लागि गुणस्तर सुधार उपसमिति गठन गरी काम अघि बढाएको बताए। सरकारी अस्पतलामा काठमााडौँको वीर अस्पतालपछि विशिष्टीकृत बहिरङ्ग सेवा दिने भरतपुर अस्पताल पहिलो हुने उनले बताए।

अस्पताल विकास समितिका सदस्य केशव देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। सो समितिले विशिष्टीकृत सेवाका अतिरिक्त अस्पतालको शुल्क परिमार्जनका लागि विकास समितिमा प्रतिवेदन पेश गर्नेछ। ‘लामो समयदेखि अस्पतालको सेवा शुल्क एकै भएकाले कतिपयमा बढाउनुपर्ने र कतिपयमा घटाउनुपर्ने देखिन्छ,’ उनले भने। समितिको प्रतिवेदनका आधारमा शुल्क समायोजन गरिने उनको भनाइ छ।

अस्पतलाको कतिपय शुल्क निजीसरह छ भने कतिपय साह्रै न्यून छ। समितिका संयोजक देवकोटाले अस्पतलामा भइरहेको सेवाको गुणस्तर सुधारका लागि विस्तृत अध्ययन गरेर दुई हप्ताभित्र प्रतिवेदन पेश गर्ने बताए। उनले विशिष्टीकृत बहिरङ्ग सेवा, शुल्क समायोजनसँगै अस्पतालको सेवाको गुणस्तर विकासका लागि महत्त्वपूर्ण हुने गरी प्रतिवेदन तयार गरिने जानकारी दिए। अस्पतालको सूक्ष्म अध्ययन गरेर गुणात्मक सुधारमा जोड दिन लागिएको छ। अस्पतालमा आएका बिरामीलाई पालो कुर्न, औषधि किन्दा सहजता दिलाउन, स्वास्थ्य बीमा सहज बनाउन समितिले काम गर्ने देवकोटाको भनाइ छ।

वार्षिक तीन लाखले लिए सेवा
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार यहाँबाट एक वर्षमा तीन लाखभन्दा बढी बिरामीले सेवा लिने गरेका छन्। जसमध्ये १५ हजारभन्दा बढी प्रसूतिका हुने गर्दछन्। ४० हजारभन्दा बढीले आकस्मिक सेवा लिने गरेको उनको भनाइ छ। राजधानीबाहिर पित्तथैलीको नलीभित्रको पत्थरीलाई मुखबाट पाइप हालेर निकाल्ने पद्धति इआरसिटी यहाँ मात्र हुने पौडेलले जानकारी दिए। भरतपुर अस्पताल प्रसूति र हाडजोर्नी नेपालमा नै उत्कृष्टमध्येको मानिन्छ। विशिष्टीकृत बहिरङ्ग सेवा शुरु भएसँगै धेरै बिरामी लाभान्वित हुने सूचना अधिकारी पौडेलले बताए। अस्पतालमा हाल १३ वटा विभाग छन्। – रासस

Related Posts

‘विपदमा रेडियोको भूमिका महत्त्वपूर्ण’

चितवनका प्रत्येक स्वास्थ्य संस्थामा खोप उपलब्ध

खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम

खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम

कोभ्याक्स सुविधाको खोप आउँदै

कोभ्याक्स सुविधाको खोप आउँदै

Discussion about this post

अन‌ि यो पनि

सोमबार २४४० जना संक्रमित, निको हुने ११३३
प्रमुख समाचार

थप ८१ मा सङ्क्रमण पुष्टि

काठमाडौँ, १५ फागुन (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा...

Read more
जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In