भरतपुर । प्रेरणा आवासीय उच्च माविले २०७० सालको एसएलसी परीक्षामा आफ्ना विद्यार्थी अनुज लामिछाने देशभरमा सातौं स्थानमा पर्न सफल भएको दावी गरेको छ ।
९२.७५ प्रतिशत अंक ल्याएका लामिछाने चितवन जिल्ला प्रथम तथा देशमै सातौं रहेको दावी विद्यालयले गरेको हो । बिहीबार विद्यालयमा आयोजित पत्रकार सम्मेलन तथा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा विद्यालयका प्राचार्य तेजप्रसाद चुडालले अनुजले देशमै सातांै स्थान हासिल गरेको तथा अर्का विद्यार्थी पवन अर्यालले ९२.२५ प्रतिशत ल्याई देशमै ११ औं स्थानमा पर्न सफल भएको दावी गर्नुभयो । सो अवसरमा उत्कृष्ट अंक ल्याइ उत्तीर्ण हुने विद्यार्थी तथा सफल सबै विद्यार्थीलाई सम्मान गरिएको थियो ।
प्रेरणा आवासीय उच्च मावि २०४६ सालमा स्थापना भएकोमा २०५४ सालकै एसएलसी परीक्षामा छात्रातर्फ प्रथम नतिजा ल्याउन सफल भएको थियो । सो पश्चात् पनि पटकपटक जिल्ला प्रथम तथा उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ ।
Discussion about this post