चितवन ९ माघ । गायक एवम् सर्जक मिनप्रकाश ओली नयाँ गीत ‘सुन्तलाको दाना’ लिएर दर्शकस्रोतासामु आएका छन्। मनास्लु मिडिया प्रालिको प्रस्तुतीमा भरत भट्ट र तुलसा पुनले आवाज दिएका उक्त गीतमा लय तथा शब्द संकलन भने मिनप्रकाश ओलीले गरेका छन्। केबी भण्डारीको संगीत संयोजनमा तयार भएको गीतको भिडियो भने मनास्लु टिभी नामक युट्यूब च्यानलबाट बिहीबार प्रकाशनमा आएको हो।
गीतको भिडियोमा सर्जक ओलीले निर्देशकीय भूमिका निर्वाह गरेका छन् भने उषा कार्की र मुकेश बुढाथोकीसँगै अभिनय पनि ओली आफैँले गरेका छन्। छायांकन तथा सम्पादन भने मनबहादुर पुनले गरेका छन्। गायक एवम् सर्जक ओली नेपाली गीतसंगीत क्षेत्रमा करिब एक दशकदेखि सक्रिय छन्। पछिल्लो समय सिर्जना र गायनसँगै अभिनय र निर्देशनतर्फ पनि मोडिएका छन्। ‘सुन्तलाको दाना’ बोलको गीतबाट आफूलाई अभिनयसँगै निर्देशनमा पनि स्थापित गराउने प्रयास गरिएको उनले बताए।
Discussion about this post