ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

–डा. धनपति कोइराला

by केशव भट्टराई
२०७७ माघ ९, शुक्रबार ११:४७ गते
in विचार
0
नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल
3
SHARES
Share on FacebookShare on Twitter

विज्ञानका उपलब्धि सकारात्मक कर्ममा उपयोग गरिए वरदान र नकारात्मक कर्ममा प्रयोग गरिए अभिश्राप बन्ने तथ्य हामीसामु छँदै छ । फ्रायडले भनेझैँ मान्छेमा सकारात्मक र नकारात्मक दुवै प्रवृत्ति हुन्छन् । तर, उसमा ‘कुन शक्ति हाबी भइरहेछ’ त्यसमा भर गर्छ । सकारात्मकरुपमा उपयोग गरिए उत्तम हो, तर नकारात्मकरुपमा गर्नेहरुकै बाहुल्य रहेको छ प्रायः । त्यसो त व्यवहारवादी, अनुभववादी र मनोवादी सबै खाले विद्वान्हरु मान्छे जन्मजातरुपमा नकारात्मक नहुने धारणा राख्छन् । जब धर्तीमा जन्मन्छ परिवार र समाज उसमा दुवै प्रवृत्ति घुसाउँछ । हाम्रो वर्तमान समाज मुखले सकारात्मक भने पनि व्यवहारतः प्रायः नकारात्मक नै छ । विद्युतीय र छापाहरु पनि यसै नकारात्मकतालाई बेचिरहेछन् ।

अघिल्ला पृष्ठहरु नकारात्मकताले भरिएका हुन्छन् र मुख्य भनिने र सुनाइने खबरहरु पनि त्यस्तै हुन्छन् । यसबाट बाल्यकालबाटै यस्तैमा अभ्यस्त हुँदै गएको बालक अरुको उन्नतिमा भन्दा अवनतिमै मनोरञ्जन लिइरहेको हुन्छ । अरुलाई जिस्काउने, हेप्ने, पिट्ने र चिमोट्ने आदि इत्यादि । अझ नेपाली राजनीतिक परिवेशले मान्छेलाई नकारात्मक बन्नै प्रेरित गरिरहेको छ, आगोमा घिउ थपेझैँ । हाम्रो पितृप्रधान समाज नारीलाई दोस्रो दर्जामा राख्छ र खेलौनाका रुपमा हेर्छ । फलतः बलात्कारदेखि घरेलु हिंसाका घटना घटाइरहन्छ प्रायः । आर्थिक पक्षलाई मह¤व दिनेदेखि सामाजिक कुरीति र कुसंस्कारलाई मह¤व दिने कार्यले पनि नकारात्मकताकै मलजल गर्न प्रेरित गरिरहेको हुन्छ त्यसमा ।

यस प्रकार हरेक कोणबाट सकारात्मकभन्दा नकारात्मक मनोविज्ञान विकसित भइरहेको हाम्रो स्थितिमा हाम्रो वैयक्तिक स्वभाव र प्रवृत्ति पनि त्यतैतिर लाग्न सजिलो ठान्छ । वर्षभरि पढ्नुभन्दा चोरेर पास गर्न खोज्छ । लामो बाटोभन्दा भीर र कान्ला भए पनि त्यतैबाट जोखिम मोलेरै भए पनि हिँड्न खोज्छ । नीति नियम र आदर्शको बाटो अलिक गाह्रो, अप्ठ्यारो र समय पनि लाग्ने भएकाले अनैतिक र गैरकानुनी मार्ग अख्तियार गर्न थालिरहेको हुन्छ । यस्तो मनोविज्ञान हाबी भइरहेको समाजमा सञ्जालको उपयोग वरदान कम अभिश्राप बनिरहेको लाग्छ ।

कुनै समय रेडियोका आविष्कार अद्भुत लाग्थ्यो । पछि टेलिफोन, टेलिभिजन पनि त्यस्तै अद्भुत मानियो । पछि इन्टरनेट विकसित भएपछि झन् यसले सञ्चारजगत्मा नयाँ फड्को हानिसकेको ठानियो । त्यसमा गुगल, अमेजन आदि विकसित भएपछि विश्व नयाँ–नयाँ चरणमा प्रवेश गर्दै गयो । सामाजिक सञ्जालका रुपमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदि विकसित भएपछि विश्व झन् नजिकियो । अझ त्यसमा पनि फेसबुकको उपयोग गर्ने मानिसहरु ह्वात्तै बढे । मानिसले खरमा लागेको डढेलोझैँ धमाधम फेसबुक खोलेर मित्रताका निम्ति आग्रह (फ्रेन्ड रिक्वेस्ट) पठाउन र आएका आग्रहलाई स्वीकार गर्ने कार्य द्रुतगतिमा गरे ।

यसपछि सारा काम छोडेर मानिस त्यसैमा झुम्मिए । बाल र युवायुवतीहरुले पढाइलाई तिलाञ्जलि नै दिए र त्यसैमा रम्न थाले । राम्रा नराम्रा जे भए पनि फोटो पोस्ट गर्ने, लाइक अनि कमेन्ट गर्ने र हेर्नेको होड नै चल्यो । फेसबुकमा लाइक गरिदिए खुसी हुने, झन् प्रशंसायुक्त कमेन्ट गरिदिए भलो साथी मानिन थाल्यो । सँगैको छिमेकी साथी र सँगै पढ्ने साथीभन्दा टाढाको चाहिँ परममित्र मानिन थाल्यो । हरेकलाई साक्षात् उपस्थितभन्दा फेसबुकवालासँग च्याट गर्ने, भिडियो कल गर्ने, घन्टौँ उसैसँग बसेर गफ गर्ने, फोटो पठाउने र त्यसैको टिप्पणी गर्नेजस्ता लत पर्न थाल्यो ।

छिमेकी वा अघिको आत्मीय मित्र नै भए पनि लाइक नगरेमा उसलाई शत्रुवत् ठानिन थाल्यो । उसले यथार्थ तर मन नपर्ने कमेन्ट गरेमा झन् शत्रुवत् व्यवहार गर्न थालियो । यदाकदा सँगै हिँड्दा त्यसैको चर्चा गर्ने, विद्यालय, क्याम्पस र घरमा समेत यसैको चर्चा–परिचर्चाले शैक्षणिक कार्यहरु नराम्ररी प्रभावित भए । हिजो हाम्रा पालामा थिएन, यिनीहरुको पालामा आएको छ, हेर्न र मित्रता बढाउन दिऔँ न त भन्ने प्रविधिमैत्री अभिभावकहरु पनि आत्तिन थाले ।

यहाँसम्म कि घरको काम लथालिङ्ग छाडेर गृहिणीहरु पनि यसैमा रत्तिए । सिरियल हेर्न भनेपछि मरिहत्ते गर्नेहरु पनि यसैमा झुम्न थाले । खाना जल्न, बिग्रन र डढ्न थालेपछि घरघरमा गृहकलह र पुरूषहरु पनि पद्मासन कसेरै फेसबुक चलाउन थाले । अफिसमा समेत काम ठप्प हुन थाल्यो । फलतः सरकारले नै कार्यालयभित्र फेसबुक चलाउन पनि रोक लगाउनुप¥यो । अझै यहाँसम्म कि क्यान्डिक्रसजस्ता खेलहरुले बच्चालाई मात्र नभई युवा र बूढा पिँढीलाई समेत नराम्ररी गाँज्यो ।

ट्वीटर, भाइबर, म्यासेन्जरजस्ता कार्यक्रममार्फत आपूmलाई आवश्यकताभन्दा धेरै नंग्याउने काम पनि भयो । हामीकहाँ सत्तरीको दशकमा सेल्फी खिच्ने प्रविधि भित्रिएपछि यसले पनि पूरै मुलुकलाई तरंगित बनायो । अनौठो ठाउँ, भीरपाखा, ओरालो, नदी, जंगल र अक्करहरुमा सेल्फी खिच्न खोज्दा कैयौँ युवायुवतीको ज्यानसमेत गयो । यही सेल्फीका तस्वीरहरु सार्वजनिक भइदिँदा धेरै युवतीहरु अनादृत बने ।
यी सम्पूर्ण प्रविधिहरुले समाजमा राम्रा र नराम्रा दुवै खाले छाप छोडेको छ । राम्राभन्दा नराम्रा कुरालाई ज्यादा प्रश्रय दिने प्रवृत्तिले यी प्रविधिहरु नै आलोच्य बनेका छन् । फेसबुक कार्यक्रमको आशय हो, एक व्यक्ति वा समूहले अर्को व्यक्ति वा समूहसँग परिचित हुने, हार्दिकतापूर्ण मित्रता बढाउने, कुनै विषयमा विचार–विमर्श गर्ने, त्यसबारे सल्लाह र सुझाव ग्रहण गर्ने, राम्रा भए गरिएका कार्यक्रमहरुबारे आप्mना साथीहरुलाई सुसूचित तुल्याउने आदि । तर, यसको सदुपयोगभन्दा दुरूपयोग गर्ने प्रवृत्ति चुलिँदो छ ।

यहाँसम्म कि कसैको मृत्यु सम्प्रेषण गरिएको तस्वीरसहितको जानकारी र श्रद्धाञ्जलिमा समेत लाइक गर्नुलाई के भन्ने ? कोही दुर्घटनामा परेर राखिएको तस्वीरहरुमा समेत लाइक गर्नुलाई पक्कै राम्रो भनिहाल्न नमिल्ला । आप्mना मातापिताका श्राद्धमा पिण्डतर्पण गर्दै गरेका तस्वीर पोस्ट गर्नु कत्तिको सान्दर्भिक होला ? परमार्थका निम्ति गरिएको पूजाअर्चना र भक्तिदर्शनको तस्वीरसमेत पोस्ट गर्नु उचित होला कि नहोला ? स्नान गर्दै गरेका, खानलाई मुख आँ गर्दै गरेका, बाउआमाले परस्पर माया गर्दाका दृश्यहरु छोराछोरीहरुलाई देखाउन कत्तिको मिल्ने हो र छोराछोरीहरुले पनि बाआमा, दाजुभाइहरुलाई प्रस्तुत गर्न नमिल्ने दृश्यबिम्ब प्रस्तुत गर्नु कत्तिको राम्रो मानिएला ? सानो विषय जुन विषयबारे वहस, छलफल र पैरवी हुनै बाँकी रहेको हुन्छ त्यस्ता सरकार वा गैरसरकारका विचार र गतिविधिहरुका विरूद्धमा लाइक, डिसलाइक र कमेन्ट खडा गरेर निर्णयमा प्रभाव पार्ने एउटा समूह नै खडा भइसकेको परिस्थितिलाई राम्रो मान्ने कि नराम्रो ?
कसैले एकपटक भक्तपुर निवासी एक सरकारी अधिकारीले वर्तमान प्रधानमन्त्रीको शिरमा बाँदरको शरीर जोडेर व्यंग्य चित्र पोस्ट गरे । केही महिनाअघि कसैले महामहिम राष्ट्रपतिको छाया तस्वीरलाई कार्टुनमा रुपान्तरित गरेर पोस्ट गरे । प्रायः हरेक दलका ठूला नेताका चरित्रमाथि अश्लील र निकृष्ट व्यंग्य चित्र प्रस्तुत गर्दा मुलुक र जनताको छवि कस्तो रहला ? हो, नेतृत्वका विसङ्गत चरित्रमाथि अंकुश लगाउनैपर्छ र त्यस्तो अंकुश लगाउने औजारहरु पनि बनेका छन् । त्यस्तो औजार भनेकै तिनलाई निर्वाचनमा मत नदिनु, उनका पार्टीलाई पनि मत नदिनु, मर्यादित भाषा र शैलीमा सार्वजनिक बहसमा कुरा उठाउनु, पत्रपत्रिका, लेख÷आलेख र पाठकपत्रहरुमा प्रश्न गर्नु, सामाजिक बहिष्कार गर्नु, कानुनी प्रक्रिया अवलम्बन गर्नु आदि हुन् । त्यसो गर्नुको साटो सामाजिक सञ्जालमा अभद्रता प्रस्तुत गर्नुलाई उपयुक्त मान्ने आधार देखिन्न ।

लाइक त आप्mनो ठाउँमा छँदै छ । अझ जिम्मेवार व्यक्ति र परिवारको ज्येष्ठ सदस्यले तल झरेर गरेको कमेन्टले पार्ने प्रभावले समाजलाई कतातिर लैजाला ? जस्तो कि एक जना व्यक्तिले आप्mना भाइबुहारीले निकै प्रगाढतापूर्ण अँगालोमा बेरिएको तस्वीर पोष्ट गरेका थिए । त्यसको कमेन्ट गर्दै दाजु÷जेठाजुले ‘मलाई पनि यस्तै माया गर्न सिकाओ न हउ’ भनेर लेखे । यस्तो कमेन्ट दाजु वा जेठाजुका निम्ति कत्तिको शोभा दिने विषय थियो । त्यस्तो फोटो सार्वजनिकरुपमै पोस्ट गर्नु पनि कत्तिको शोभा दिने विषय हो ? अर्धनग्न अवस्थाका साडी, चोलो लगाउँदै गरेका, भर्खरै दुर्घटना भई नचिन्ने गरी रगतपच्छे भएका, हुँदै नभएका कुराहरुलाई बनाएर पोस्ट गरिएका, अरुको मान मर्दन हुने गरी स्टाटस लेख्ने, अतिरञ्जनापूर्ण स्टाटस राख्ने, अरुको बदनाम हुने गरी व्यंग्य चित्र बनाएर राख्ने, नचाहिने विषयलाई उछालेर दुष्प्रचार गर्नेजस्ता कार्यले समाजलाई के सन्देश दिइरहेको छ ? लाइक गर्नू, नगरे तपाईंलाई हानि हुन्छ भनेर गरिएका पोस्टहरुमा के गर्ने ? अतिवादिता यो मुलुकको पुरानो क्यान्सर रोग हो । फेसबुककै सहारा लिएर बालबालिका अपहरण गर्ने, महिलाहरुलाई विभिन्न प्रलोभनमा पार्ने र तेस्रो मुलुक लगी बेच्ने, नग्नता प्रस्तुत गरी व्ल्याकमेलिङ गर्ने, यौनजन्य विकृति फैलाउने, त्यस्ता कार्य गर्न उक्साउने कार्यहरु भइरहेका छन् । कुरोको चुरै नबुझी कुनै व्यक्ति, समुदाय र संस्थाहरुमाथि नै हलाहल विषवमन गर्ने साधन बन्नुलाई किमार्थ यसको सौन्दर्य मान्न सकिन्न ।

यसलाई फोटोमात्रै सार्वजनिक गर्ने माध्यम बनाउनुभन्दा केही रचनात्मक कार्य गरिएका भए ती कार्यसहितको फोटो राख्नुचाहिँ ठीक होला कि ! आप्mना सन्तति, दाजुभाइ, इष्टमित्रहरुले गरेका प्रगतिहरु राख्नु सान्दर्भिक हुन्छ । नयाँ स्थानको परिदृश्य र कतै टाढाको भ्रमण गर्दै गर्दाको सूचना र राम्रा कार्यक्रमहरु पनि सन्देश र सूचनाप्रदायक नै हुन्छन् । यसले अरुलाई सूचनासहित सकारात्मक कार्य गर्न प्रेरित गर्छ । तर, अनावश्यक तस्वीरहरुको चाङ लगाउनु पक्कै उपयुक्त नहोला ।

हो, फेसबुक र ट्वीटरहरुले पुरानो मित्रतालाई पुनर्ताजगी गराउँछ । वर्षौंदेखि भेट हुन नसकिरहेका मित्रहरुसँग भेट सम्भव गराउँछ । हराएकाहरुलाई फेलापार्न मद्दत गर्छ । विचार–विमर्श गर्न र सकारात्मक सल्लाह पनि दिन्छ । राम्रा र रचनात्मक कार्य गर्न प्रेरित गर्छ । आपूmले गरेका रचनात्मक कार्य र सिर्जनाहरुलाई सार्वजनिक गर्नमा पनि यो सहयोगी बन्दछ । व्यक्ति र संस्थाका सिर्जनशील कार्यहरु सार्वजनिक गर्ने असल साथी बनेको पनि छ । यसर्थ, विज्ञान प्रदत्त उपहारलाई रचनात्मक कार्यमा भन्दा ध्वंसात्मक कार्यमा उपयोग गर्दा समाज झन् अराजक र विकृत बन्न पुगेको अनुभूति हुन थालेको छ । यसर्थ, यी साधनहरुको प्रयोक्ताले औचित्य हुने खालका सामग्रीहरु मात्र पोस्ट गरौँ र समाजलाई सुन्दर लयमा हिँडाउन सबैले रचनात्मक योगदान दिऔँ ।

dpk2068@gmail.com

Related Posts

मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

धर्म जीवनको खोज हो

आफ्नो हृदयको आवाजलाई कसरी सुन्ने !

धर्म जीवनको खोज हो

साधना नगर्ने बहाना

Discussion about this post

अन‌ि यो पनि

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध
प्रमुख समाचार

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

काठमाडौँ । सरकारले विभिन्न मितिमा जारी गरेका अध्यादेश सदनमा पेश गर्ने कि नगर्ने भन्ने विषय विवादमा भएपछि प्रतिनिधिसभाको पहिलो बैठक...

Read more
Chitwan Post

खैरहनीमा मनाइयो महिला दिवस

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

पिठुवा खानेपानीको चौंथो साधारण सभा

पिठुवा खानेपानीको चौंथो साधारण सभा

सारथि साकोसमा ९६ जनाले गरे रक्तदान

सारथि साकोसमा ९६ जनाले गरे रक्तदान

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In