ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कृषि क्याम्पसको भौतिक संरचनाको अवस्था ः एक चर्चा

by चितवन पोष्ट
२०७१ असार ६, शुक्रबार ०१:११ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बलवीर तामाङ
लामो बहस, छलफल र प्रयत्नपश्चात् कृषिप्रधान देश नेपालमा कृषि तथा वन विश्वविद्यालय स्थापना भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका रुपमा रामपुर, चितवनमा सञ्चालित रामपुर कृषि क्याम्पसको गौरवशाली इतिहास र भौतिक संरचनाको निरन्तरताका रुपमा स्थापित यस विश्वविद्यालयप्रति चितवनवासी गौरवको अनुभूति गर्दछ । उत्तरोत्तर प्रगतिको कामनासमेत गर्दछ ।
रामपुर कृषि क्याम्पसको कृषि जनशक्ति उत्पादन गर्ने जिम्मेवारीलगायत प्राज्ञिक एवं अप्राज्ञिक जनशक्ति र भौतिक संरचना नयाँ विश्वविद्यालयमा हस्तान्तरण वा समायोजन हुने क्रममा कोही नकारात्मक पक्षहरु जो उच्चकोटिको विश्वविद्यालयका लागि शोभा दिँदैनथे– ले पनि निरन्तरता पाइरहेका छन् । यस लेखको उद्देश्य विश्वविद्यालयको शैक्षिक वा प्रशासनिक पक्षमा छलफल गर्नु नभई भौतिक सम्पत्तिको संरक्षणमा देखिएको कमी वा उदासीनताबारेका केही उदाहरण प्रस्तुत गर्नु रहेको छ ।
विश्वविद्यालयको भौतिक सम्पत्ति तथा संरचनाहरुको उचित संरक्षण, जगेर्ना वा रेखदेख नभएको सन्दर्भबारे विश्लेषण वा मूल्यांकन गर्दा नेपाली संस्कार मनोवृत्ति र दण्डसंहितालगायतका पक्षहरु समेत कुनै न कुनै मात्रामा दोषी हुन सक्ने अड्कल यो पंक्तिकारलाई लाग्दछ ।
नेपालीहरु विगतमा उच्चकोटिको युद्ध कौशल भएका लडाकु जातिमा गनिए पनि हिजोआज विश्वासिला सुरक्षाकर्मीका रुपमा चिनिएकै छन् । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालीको स्थान अग्रपंक्तिमै छ । बेलायत, खाडी र जापानसम्म बैंकिङ सेक्टर वा औद्योगिक क्षेत्र सुरक्षार्थ नेपाली जवान नै रूचाइन्छ । बु्रनाईका सुल्तान र आफ्नो सम्पतिको सुरक्षा गोरखालीद्वारा नै गराउँछन ।
हाम्रा विश्वविद्यालयमा पनि भौतिक सम्पत्तिलगायत अनुसन्धान क्षेत्र, उत्पादन क्षेत्र मह¤वपूर्ण औजार, उपकरणहरु वा पदाधिकारी सुरक्षार्थ सयौँको संख्यामा सुरक्षाकर्मी भर्ना गरिएको हुन्छ । सुरक्षाको अभाव वा लापर्बाहीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा केही मह¤वपूर्ण भौतिक संरचनाहरुको विनाश भइसकेको दृष्टान्त तल प्रस्तुत गरिएको छ ।
१. ट्रिटमेन्ट प्लान्टको दुरूपयोग ः
कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरको शिक्षण र आवासीय क्षेत्रबाट निस्कने सम्पूर्ण तरल फोहोरलाई ढलको माध्यमबाट विश्वविद्यालयको पश्चिम–उत्तर क्षेत्रको वेटल्यान्डमा रहेको ठाउँमा पु¥याई ४ वटा च्याम्बरसहितको ओक्सिडेसन पोन्डद्वारा फोहोरमा रहेको प्रदूषणजन्य जैविक अवस्थालाई ओक्सिडाइज गरी नजिकको कुलोमा विसर्जन गर्ने गरिएकोमा हाल यी ट्रिटमेन्ट प्लान्टका सबै संरचनाहरु टुटफुट, भत्किएको अवस्थामा रहेको छ । फोहोरलाई यहाँसम्म ल्याउने ढल नै धेरै ठाउँमा ठोस फोहोर जस्तै ढुुंगा, माटो र मृत पशुका हाडखोरद्वारा अवरूद्ध भएको छ ।
फोहोरलाई प्रशोधन गरेर मात्र वातावरणमा विसर्जन गर्ने यस प्रकारको वैज्ञानिक संरचना पश्चिम चितवनमै पहिलो हो । यस्ता मह¤वपूर्ण संरचनाको सुरक्षा, संरक्षण र सदुपयोग गर्न नसक्नु विश्वविद्यालयजस्तो उच्च प्राज्ञिक निकायलाई सुहाउने कुरा कदापि हुन सक्दैन । तसर्थ, त्रि.वि.वि.द्वारा प्राप्त यस ट्रिटमेन्ट प्लान्टरुपी उपहारको मर्मतसम्भार गरी सदुपयोग होस् । विश्वविद्यालयबाट उत्सर्जन हुने फोहोरको कारण मर्हिघोल हुँदै नारायणी नदीसम्म प्रदूषण फैलिने अवस्था सृजना नहोस्, यही हाम्रो अपेक्षा छ ।
२. रंगशाला ः
रामपुर कृषि क्याम्पस त्रिभुवन विश्वविद्यालयको एक मह¤वपूर्ण संकाय तथा केन्द्रीय क्याम्पसका रुपमा विकसित हुने क्रममा विभिन्न दातृ निकायहरुद्वारा मह¤वपूर्ण भौतिक संरचनाहरु निर्माण गरी हस्तान्तरण गरिएका छन् । यस्ता संरचनामध्ये रंगशाला वा खेलकुदका लागि निर्मित संरचना पनि एक हो । यस रंगशालाअन्तर्गत इनडोर गेमका लागि कभर्ड हल, फुटबल ग्राउन्ड, भलिबल कोर्ट, बास्केट बल कोर्ट र केही प्याराफिटजस्ता संरचना सामेल
छन् । करिब ५–६ बिघा क्षेत्रफलमा फैलिएको यस रंगशाला क्षेत्रको पूर्वी र दक्षिणी कम्पाउन्ड चाइनिज इँटाद्वारा निर्मित शानदार पर्खालद्वारा घेरिएको छ ।
यस रंगशालाको संरचनाको सदुपयोग नै गर्ने हो भने क्षेत्रीय रंगशाला या कम्तीमा जिल्लाभरिका खेल आवश्यकता पूरा हुन सक्दछ । अफसोच ! हाल यो रंगशाला विश्वविद्यालयभित्र छ भन्ने हेक्का न विश्वविद्यालय प्रशासनलाई छ, न विद्यार्थी वर्गलाई । अचम्मको कुरा के पनि हो भने यस रंगशालाको उद्घाटन पनि गरिएन र हालसम्म कुनै खेल वा खेलाडीको उपस्थिति पनि भएको छैन । हाल यो रंगशाला फ्याँकिएको वा बिर्सिइएको अवस्थामा रहेको छ । करोडौँको लागतमा निर्मित कभर्ड हल लागूपदार्थ लिने, दिने, खाने वा शौचालयका रुपमा प्रयोग
भएको छ । त्यति मजवुत, सुन्दर र शानदार कभर्ड हलको भित्ताबाहेक भाँच्न र झिक्न मिल्ने कुनै कुरा बाँकी रहेको छैन ।
यस्तो दुर्दशा देख्ने जोकोहीको मनमा पनि उस्तै प्रश्न खडा हुन्छ– किन यसरी खत्तम पारिएको
होला ? चौकीदार वा पाले किन नराखिएको होला ? चौकीदार खटनपटन गर्ने पदाधिकारीले किन यति मह¤वपूर्ण सम्पत्तिको सुरक्षा गर्न आवश्यकता नदेखेका होलान् ? सुरक्षा निकायलाई पनि खटनपटन गर्ने उपल्लो निकायको पदाधिकारीको ध्यान र चासो यस रंगशालाप्रति किन नभएको होला ? यस रंगशालाका लागि आर्थिक श्रोत उपलब्ध गराउने दातृ निकायको प्रतिनिधि कतै झुक्किएर रंगशाला हेर्न आए भने हाम्रा पदाधिकारीले चाहिँ के भन्छन् होला ?
आशा गरौँ, भर्खर दोस्रो वर्षमा पाइला टेकेको नयाँ विश्वविद्यालयले यी र यस्ता सम्पदाको उचित संरक्षण, संवद्र्धन र सदुपयोग गर्ने परिपाटी अनि क्षमताको विकास गर्नेछ ।
(कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर)

Related Posts

धर्म जीवनको खोज हो

जीवनमा खुसीको महत्त्व के छ !

धर्म जीवनको खोज हो

धर्म जीवनको खोज हो

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

Discussion about this post

अन‌ि यो पनि

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा
प्रमुख समाचार

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क भइसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र...

Read more
सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In