ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नारायणगढ–मुग्लिन खण्ड : सडक विस्तारपछि दुर्घटनामा कमी

–कुलप्रसाद काफ्ले

by केशव भट्टराई
२०७७ माघ ८, बिहीबार १०:४१ गते
in प्रमुख समाचार
0
नारायणगढ–मुग्लिन खण्ड : सडक विस्तारपछि दुर्घटनामा कमी
13
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नारायणगढ–मुग्लिन खण्डमा सडक विस्तार भएपछि दुर्घटनाको संख्यामा कमी आएको छ । साँघुरो र भत्किएको सडक हुँदा यहाँ दुर्घटनाको जोखिम बढी थियो । चालू आर्थिक वर्ष ०७७/७८ को छ महिनामा नारायणगढ–मुग्लिन सडकमा १९ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनाबाट चार जनाको मृत्यु र ४४ जना घाइते भए ।

सडक विस्तार सम्पन्न भएको वर्ष यस सडकमा दुर्घटना अत्यधिक भएको थियो । यस सडकमा आव ०७५/७६ मा ५५ वटा दुर्घटना भएको थियो, जसमा २८ जनाले ज्यान गुमाए । १८७ जना घाइते भए । त्यसपछि आव ०७६/७७ मा ५७ वटा दुर्घटना भयो । दुर्घटनाबाट २४ जनाको ज्यान गयो भने १४४ जना घाइते भए ।

सडक विस्तार हुनुअघि आव ०७३/७४ मा ३०२ दुर्घटना हुँदा १७० जनाको मृत्यु भएको थियो । ८९ जना घाइते भएका थिए । त्यसपछिको आव ०७४/७५ मा चार सयवटा दुर्घटना हुँदा ९९ जनाको मृत्यु भएको थियो । सडक विस्तारका क्रममा नागरिकहरुले उस्तै सास्ती व्यहोर्नु परेको थियो ।

सडक विस्तारपछि नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा कमी आएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । ‘सडक बनेपछि दुर्घटना र मृत्यु कम भएको छ’, कोइरालाले बुधबार पत्रकार सम्मेलन गरी भने, ‘फराकिलो र राम्रो सडक भयो भने दुर्घटना कम हुने रहेछ भन्ने यो उदाहरण हो ।’

अहिले पूर्वी चितवनमा दुर्घटनाको दर बढेको उनले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको गोन्द्राङदेखि लोथरसम्मको सडक वैज्ञानिक नहुँदा अत्यधिक दुर्घटना बढेको उनको भनाइ छ । ‘वैज्ञानिक सडक छैन, साँघुरो छ । त्यसकारण पूर्वी चितवनमा अत्यधिक दुर्घटना हुन थालेको छ’, उनले भने, ‘दुर्घटनाबाट दैनिक एक÷दुई जनाको मृत्यु भइरहेको छ । हामीलाई टाउको दुखाइ बनिरहेको छ ।’ पूर्वी चितवनको राप्ती–५, भण्डारामा मंगलबार राति बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको थियो ।

प्रदेशमा दुर्घटना र मृत्युदरमा कमी

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय मातहतको १० जिल्लामा गत आव ०७६÷७७ मा भन्दा यस आव ०७७÷७८ मा दुर्घटनामा कमी आएको छ । कार्यालय मातहत काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्ला पर्छन् । प्रदेशमा यस आवको छ महिनामा ६७५ वटा सवारी दुर्घटना भए । दुर्घटनाबाट १४१ जनाको मृत्यु र एक हजार २०९ जना घाइते भए ।

सबैभन्दा धेरै चितवनमा २१७ वटा दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । गत आव ०७६÷७७ को छ महिनामा ४४८ वटा दुर्घटना हुँदा २६३ जनाको मृत्यु भएको थियो । यस आवको छ महिनामा मृत्युदरमा ४६ प्रतिशतले कमी आएको देखिन्छ । दुर्घटनाको संख्यामा ५० प्रतिशतले कमी आएको उनले बताए ।

Related Posts

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

नेकपाको खुसीयाली सभा : अब मुलुक संविधानबाट चल्छ

नेकपाको खुसीयाली सभा : अब मुलुक संविधानबाट चल्छ

Discussion about this post

अन‌ि यो पनि

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ
प्रमुख समाचार

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ

चितवन । सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई गरी एक करोड १७ लाख...

Read more
टिप्पर र बस ठोकिँदा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु, चार घाइते

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In