ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमा जनता आवास कार्यक्रम : सांसद्हरुबीच मतभेदले बजेट फ्रिजको सम्भावना

–दिपेन्द्र अधिकारी

by केशव भट्टराई
२०७७ माघ ८, बिहीबार १०:३३ गते
in प्रमुख समाचार
0
चितवनमा जनता आवास कार्यक्रम : सांसद्हरुबीच मतभेदले बजेट फ्रिजको सम्भावना
11
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । जनता आवास कार्यक्रमअन्तर्गत अघिल्लो वर्षमा बजेट फ्रिज भयो, जसले गर्दा गत वर्ष बन्नुपर्ने १ सय ५० वटा जनता आवासका घरहरु बन्न सकेनन् ।

यसवर्ष पनि चितवनमा २ सयवटा घर जनता आवासका लागि परेको छ । अतिविपन्न, लोपोन्मुख, पिछडिएका जाति र वर्गलाई लक्षित गरी सरकारले जनता आवास कार्यक्रम सञ्चालनमा ल्याएको छ । जिल्लामा २ सय घर बनाउने भने पनि सांसद्हरुबीच मतभेद हुँदा यसवर्ष पनि बजेट फ्रिज हुने हो कि भन्ने आशङ्का बढेको छ । घर निर्माणका विषयमा दुईपटक बैठक बसे पनि निर्णय हुन सकेको छैन ।

जनता आवास कार्यक्रमअन्तर्गत मंगलबार जिल्ला समन्वय समिति चितवनमा बैठक बसेको थियो । जसमा प्रदेशसभाका प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फका सांसद्हरु थिए । उपलब्ध बैठकमा प्रमुख जिल्ला अधिकारी, समन्वय प्रमुख, कालिका, माडी, रत्ननगर नगरपालिकाका प्रमुखहरु, समन्वय अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

जनता आवास कार्यक्रमको कार्यविधिमै प्रदेश निर्वाचन क्षेत्रअनुसार कार्यक्रम सम्पन्न हुनुपर्ने उल्लेख छ । सम्बन्धित प्रदेशका प्रत्यक्ष निर्वाचित सांसद्को अध्यक्षतामा बैठक बस्ने कार्यविधिमा उल्लेख छ । बैठकमा सहभागी सांसद्हरुबीच प्रदेश निर्वाचन क्षेत्रअनुसार कोटा बाँड्ने कि जिल्लामा रहेका स्थानीय तहहरुलाई अनुपातिक हिसाबले कोटा बाँड्ने भनी विवाद भएको हो । नेपाली कांग्रेसका सांसद् मिलनबाबु श्रेष्ठले आफूहरुको भूमिका निष्क्रिय बनाइएको भन्दै आपत्ति जनाए । जनताले पाउने घर ककसले पाउने भनी निर्णय गर्ने अधिकार सांसद्लाई हुनुपर्ने सांसद् रीना गुरूङले बताइन् ।

सांसद् घनश्याम दाहालले स्थानीय तहलाई सबै जिम्मेवारी दिँदा बढी प्रभावकारी हुने तर्क राखे । त्यस्तै, सांसद् बलराम पौडेलले सबै निर्वाचन क्षेत्रमा समान हिसाबले घर संख्या बाँड्नुपर्ने बताए । स्थानीय तहको आधारमा घर संख्या वितरण गर्दा बढी वैज्ञानिक हुने तर्क नगरप्रमुखहरुको थियो । एउटै निर्वाचन प्रदेश क्षेत्रभित्र ३ वटासम्म स्थानीय तह पर्ने भएकाले हरेक स्थानीय तहलाई आधार मानी घर संख्या तोकिनु ठीक हुने कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले बताए ।

यसवर्ष पनि ६ महिना समय बितिसकेको भन्दै समयमै निर्णय नभए कार्यक्रम लागू गर्न नसकिने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए । बैठकमा सहभागी भएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जनताले सुविधा पाउने कुरामा मतभेद हुनु दुःखको विषय भएको बताए ।

जनता आवास कार्यक्रम हेरेका सहरी विकास कार्यालय हेटौँडाका प्रमुख राजेशकुमार पौडेलले एउटा घर बनाउनका लागि ३ लाख ५० हजार सरकारले दिने बताए । कार्यविधिअनुसार घरहरु छनोट हुने उनको भनाइ छ ।

Related Posts

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

नेकपाको खुसीयाली सभा : अब मुलुक संविधानबाट चल्छ

नेकपाको खुसीयाली सभा : अब मुलुक संविधानबाट चल्छ

Discussion about this post

अन‌ि यो पनि

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ
प्रमुख समाचार

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ

चितवन । सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई गरी एक करोड १७ लाख...

Read more
टिप्पर र बस ठोकिँदा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु, चार घाइते

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In