ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सुस्ताउँदै जग्गाको कारोवार

by चितवन पोष्ट
२०७१ असार ५, बिहीबार ०२:०५ गते
in अर्थ, समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । साइकल मोटरसाइकलमा हिँडेकाहरु महिना दिनमै गाडीमा चढ्नेसम्मको हैसियत यहाँको जग्गा कारोवारले बनायो । जतिखेर जग्गा कारोवारको कुनै मेलोमेसो नभएकाहरु पनि जग्गा बिक्रीका लागि भन्दै दिनरात कुदिरहेका देखिन्थे ।
देशमा राजनीतिक परिवर्तन भएसँगै चितवनमा जग्गाको कारोवार अप्रत्याशित रुपमा बढेको थियो । द्वन्द्वको कारण पहाडी क्षेत्रबाट चितवन झरेकाहरुले मात्र सामान्य किनबेच गर्ने गरेको यहाँको जग्गा दोस्रो जनआन्दोलन र संविधानसभाको पहिलो निर्वाचनपछि एक्कासि वृद्धि भएको थियो । विसं ०६४÷०६५ ताका चितवनमा जग्गा प्लटिङको पनि निकै लहर चलेको थियो ।
रहर र बाध्यताले दुवै हिसाबले पहाडी जिल्लाबाट चितवन आउनेहरुको यस समयमा लर्को नै लाग्यो । विदेश गएकाहरुको रोजाइ पनि अन्यत्र जिल्लाभन्दा चितवन नै पहिलो रोजाइ क्षेत्र बन्यो । विकासका पूर्वाधार पर्याप्त रहेकाले चितवन बसाइँसराइँको मुख्य गन्तव्य बनेको यहाँका जग्गा व्यवसायीहरु बताउँछन् ।
तर, कुनै समय उच्च रहेको जिल्लाको जग्गाको कारोवार पछिल्ला वर्षमा सुस्त भएको छ । जग्गा व्यवसाय गर्दै आएका गंगा प्रालिका अध्यक्ष दिनेशकुमार चुकेले जग्गा किनबेचको संख्या घटबढ भएपनि मूल्यमा भने कुनै फरक नपरेको बताए । पछिल्लो समय जग्गा किनेर घर बनाउने समय र प्राविधिक ज्ञानको कमीका कारण मानिसहरु तयारी अवस्थाको घर किन्नेतर्फ उन्मुख भएको उनको भनाइ छ । उनले भने, ‘जग्गा बेच्ने भन्दा पनि हाउजिङसहितको कारोवार बढेको देखिन्छ ।’
आर्थिक वर्ष ०६५÷०६६ मा कुल ३४ हजार २१२ रजिष्ट्रेशन पास रहेको मालपोत कार्यालयका नासु बुद्धिकुमार श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष ०६६÷०६७ मा यो संख्या बढेर ४० हजार ८७५ पुग्यो । तर ०६७÷०६८ मा भने यो संख्या झण्डै १५ हजारले घटेर २५ हजार ८०१ मा सीमित रह्यो ।
यस चालु वर्षको अन्त्यसम्मा २२ हजार पास संख्या पुग्ने अनुमान कार्यालयको छ । यस आर्थिक वर्षको वैशाख महिनासम्ममा १८ हजार ५१६ रजिष्टे«शन पास भएको छ । हालसम्मको रजिष्टे«शन पासबाट कुल राजस्व २२ करोड २६ लाख ५६ हजार ७०९ रुपैयाँ संकलन भएको छ ।
आर्थिक वर्ष ६९÷७० को वार्षिक जग्गा रजिष्ट्रेशन ३१ हजार ९६० रहेको छ । जसबाट २१ करोड ३० लाख १४ हजार ५२८ रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष ६८÷०६९ मा २० हजार २९२ वटा रजिष्टे«शन पास भएको थियो । जसबाट १७ करोड ५ लाख ८६ हजार ६६२ रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै आर्थिक वर्ष ०६७÷०६८ मा कुल २५ हजार ८७१ वटा रजिष्टे«शन पास भएको र कुल १५ करोड ६ लाख ९६ हजार ८४१ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०६६÷०६७ मा ४० हजार ८७५ वटा जग्गा रजिष्टे«शन पास भएको थियो । जसबाट कार्यालयले कुल २६ करोड ८२ लाख ८९ हजार राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष ०६५÷०६६ मा ३४ हजार २ सय १२ वटा रजिष्टे«शन पासबाट १८ करोड १९ लाख १२ हजार ८५९ रुपैयाँ राजस्व संकलन भएको नासु श्रेष्ठले जानकारी दिनुभयो ।
आर्थिक वर्ष    रजिष्ट्रेशन संख्या    राजस्व संकलन (रुपैयाँ)
०६५÷०६६
०६६÷०६७
०६७÷०६८
०६८÷०६९
०६९÷०७०
०७०÷०७१
वैशाखसम्म
३४,२१२
४०,८७५
२५,८७१
२०,२९२
३१,९६०
१८,५१६    १८ क. १९ ला.१२ ह. ८५९
२६ क. ८२ ला. ८९ ह
१५ क. ६ ला. ९६ ह. ८४१
१७ क. ५० ला. ८६ ह. ६६२
२१ क. ३० ला. १४ ह. ५२८
२२ क. २६ ला. ५६ ह. ७०९

Related Posts

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In