ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

क्षेत्र नं. ४ मा चुनावी चटारो, कसले बाजी जित्ला ?

by चितवन पोष्ट
२०७१ असार ५, बिहीबार ०२:०४ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बसन्त पराजुली
भरतपुर । अहिले चितवन क्षेत्र नं. ४ मा निर्वाचनको चटारो छ । प्रधानमन्त्री सुशील कोइरालाले छाडेको यो क्षेत्रमा असार ८ गते हुने उपनिर्वाचनका लागि कांग्रेस, एमाले, एमाओवादीलगायतका प्रमुख दलसहित १२ जनाको उम्मेदवारी रहेको छ । चुनाव प्रचार प्रसारका क्रममा अहिले सवै उम्मेदवार चुनाव जित्ने दावी गरिरहेका छन् ।
गएको मंसिरमा भएको संविधानसभाको निर्वाचनमा कांग्रेसका उम्मेदवार सुशील कोइरालाले आधाभन्दा बढी मत अन्तरले जितेको यो क्षेत्रमा कांग्रेस सोभन्दा बढी अन्तरले जित्ने दावी गर्दै चुनावी प्रचार प्रसारमा देखिन्छ ।
‘पहिला झण्डै २१ हजार मत हामीले ल्याएका हाँै । अहिले बढेको मतदाताका कारण त्यो भन्दा बढी मत आउँछ’, कांग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले भने, ‘कांग्रेसमा अहिले देखिएको एकता र एमाले तथा माओवादीमा देखिएको आन्तरिक कलहले पनि हाम्रो भोट बढ्ने स्पष्ट संकेत पाएका छाँै ।’ यो क्षेत्रमा कांग्रेसका तर्फबाट पार्टीका पूर्वसभापति रामकृष्ण घिमिरे उम्मेद्वार छन् ।
गएको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले २० हजार ७६० मत प्राप्त गरेका थिए । यो निर्वाचनमा निकटतम प्रतिस्पर्धीका रुपमा एकीकृत नेकपा माओवादीका चित्रबहादुर श्रेष्ठ भएका थिए । उनले यो निर्वाचनमा १० हजार ७३९ मत प्राप्त गरेका थिए । यो क्षेत्रमा एमालेकी दिलकुमारी रावलले १० हजार ८६ मत प्राप्त गरेकी थिइन् ।
एमाले पनि अहिलेको निर्वाचनमा निक्कै उत्साहित देखिन्छन् । ‘अवस्था पहिले जस्तो छैन । हाम्रा उम्मेदवारले चुनाव जित्ने आधार प्रशस्त छन्’, एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले भने ‘पहिला सुशील कोइरालाले पाएको सहानुभूति भोट अहिले हाम्रा उम्मेदवारले पाउने छन् ।’ अहिले पनि यो क्षेत्रमा एमाले रावललाई नै उम्मेदवार बनाएको छ । तर पार्टीको केन्द्रीय महाधिवेशनमा देखिएको धु्रवीकरण जिल्लामा पनि देखिए त्यसको प्रत्यक्ष असर चुनावमा पर्न सक्ने अनुमान पनि विश्लेषण हुन लागेको छ ।
२०६४ को संविधानसभाको निर्वाचनमा जितेको एकीकृत नेकपा माओवादी पनि अहिले निर्वाचन आफ्नो पक्षमा आउने दावी गर्दै छन् ।
‘२०६४ को निर्वाचनमा पाएको सफलता अहिले दोहोरिँदै छ’, एमाओवादी नेता सुदर्शन पौडेल प्रज्वलले भने, ‘अहिले क्षेत्रमा हाम्रो जनाधार राम्रो छ ।’ एमाओवादीले अहिले यो क्षेत्रमा आफ्नो उम्मेदवार परिवर्तन गरी खुसीराम पाख्रिनलाई उम्मेदवार बनाएको छ । पाख्रिन जनजातिका भएका कारण जातीय भोट खान सक्ने अनुमानमा स्वयम् माओवादी रहेको छ ।
असार ८ गते हुन लागेको यो क्षेत्रको उपनिर्वाचनमा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार छन् । चुनावी मैदानमा होमिएका सवै उम्मेदवारले जित्ने दावी गरे पनि चुनावी प्रतिस्पर्धाका प्रमुख तीन दलबीचमै हुने विभिन्न टीका टिप्पणी तथा विश्लेषण क्षेत्रमा सुन्न पाइन्छ । यो क्षेत्रमा रहेका ६५ हजार २९९ मतदाताबीचमा अहिले उम्मेद्वारहरु घरदैलो गरी भोट मागिरहेका छन् । मतदातालाई भोट राख्नका लागि यो पटक विद्युतीय मतदानको व्यवस्था मिलाइएको छ । ३१ स्थानमा ८१ वटा मतदान केन्द्र रहने यो उपनिर्वाचनमा उम्मेदवारहरुले जित्ने दावी गरे पनि कसको पक्षमा पल्टा भारी हुने हो यो भने असार ८ गतेकै मतदानको परिणाम कुर्नुपर्ने हुन्छ ।
विगतको मत
२०७०
कांग्रेस सुशील कोइराला        २०७६०      १९३९४ (समानुपातिक)
एमाओवादी चित्रवहादुर श्रेष्ठ    १०७३९      १०१५८ (समानुपातिक)
एमाले दिलकुमारी रावल        १००६०      ९५२३  (समानुपातिक)
२०६४
एमाओवादी चित्रबहादुर श्रेष्ठ     २३९४२
कांग्रेस टेकप्रसाद गुरूङ          १८०९०
एमाले दिलकुमारी रावल        ६१४०

Related Posts

कांग्रेस नेता सहभागी कार्यक्रममा तोडफोड

कांग्रेस नेता सहभागी कार्यक्रममा तोडफोड

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In