चितवन । बागमती प्रदेश प्रहरीले घूस लिएको आरोपमा चितवनका तीन प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक कार्यालय चितवनका दुई ट्राफिक प्रहरीसहित वडा प्रहरी कार्यालय नारायणगढका एक प्रहरी गरी तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।
पार्किङ निषेध गरिएको ठाउँमा रकम असुली गरी म्याजिक अटोरिक्सालगायतका सवारीसाधनलाई पार्किङको लागि अनुमति दिएको भन्दै हेटौँडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सवारीसाधनबाट उठेको रकम एक पसलमा उठाउने गरेको गोप्य सूचना पाएअनुसार टोलीले मंगलबार साँझ नियन्त्रण लिएको हो । थप अनुसन्धान बागमती प्रदेश कार्यालय हेटौँडाले गरिरहेको चितवन प्रहरीका प्रवक्ता एवम् डिएसपी सूर्य थापाले बताए ।
यस्तै, रकम असुलीमा सहयोग गरेको भन्दै यातायात व्यवसायी चार जना र पसल सञ्चालक एक जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको डिएसपी थापाले जानकारी दिए ।
Discussion about this post