ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

हेलो सरकारमा महानगरका आठ उजुरी

–दिपेन्द्र अधिकारी

by चितवन पोष्ट
२०७७ माघ ७, बुधबार ०९:४१ गते
in प्रमुख समाचार
0
भरतपुर महानगरको बजेट खर्चको स्थिति : मंसिर मसान्तसम्मको बजेट खर्च न्यून
9
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । भरतपुर महानगरपालिकाभित्र भएका विभिन्न विकास निर्माणका सम्बन्धमा हेलो सरकारमा आठवटा उजुरी परेका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले कार्यालयको बजेटबाट निर्माण भएका र भइरहेका केही विकास योजनालाई लिएर हेलो सरकारमा उजुरी परेको जानकारी दिए । हेलो सरकारमा परेको उजुरीको जवाफ महानगरबाट पठाइएको र सबै उजुरीको फस्र्योटसमेत भएको उनले बताए ।
महानगरपालिका कार्यालयको नाममा परेको मुद्दा ११ वटा रहेकोमा तीनवटा मुद्दा चितवन जिल्ला अदालतले खारेज गरिदिएको छ । कार्यालयको नाममा ११ वटा र हेलो सरकारमा विकास निर्माणसँग सम्बन्धित आठवटा उजुरी परेको उनले बताए ।
सबैभन्दा बढी सडक पिचसँग सम्बन्धित गुनासो हेलो सरकारमा पुगेको छ । हेलो सरकारमा पुगेका गुनासाहरुको सम्बोधन भएको उनले बताए । कतिपय घटनामा भने महानगरपालिकाको प्राविधिक अध्ययन अनुगमनबाट सुधार गर्नू भनी दिएका सुझाव नै हेलो सरकारमा परेको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।
‘भरतपुर वडा नम्बर–२४ मा भएको पिच स्टिमेटअनुसार गुणस्तरीय नभएको भनी हामीले ठेकेदार पक्षलाई तत्काल सच्याउनका लागि भनेका थियौँ, हेलो सरकारमा पनि सोही व्यहोराको गुनासो पुगेको रहेछ’, प्रमुख प्रशासकीय अधिकृत जोशीले भने, ‘गुणस्तरीय विकास निर्माणमा महानगर प्रतिबद्ध छ ।’
सडक पिच, विद्यालय भवन निर्माणमा अनियमितता विषयमा बढी गुनासो परेको उनले बताए । त्यस्तै, नारायणी नदीकिनारमा बनिरहेको सी बिच मोडलको विषयमा हेलो सरकारमा उजुरी परेको थियो । कोभिड प्रयोगशालामा काम गर्ने कर्मचारीले भत्ता नपाएको भनी उजुरी हेलो सरकारमा परेको उनले जानकारी दिए ।
चालू आर्थिक वर्षमा १३ थान मुद्दा महानगरको न्यायिक समितिमा दर्ता भएको छ । ३९ वटा ठाडो निवेदन परेको छ । रकम लेनदेन, घरमा काम लगाई पारिश्रमिक नदिएको, श्रीमान्श्रीमतीबीचको झगडा, छिमेकीबीचको झगडा आदि विषयमा उजुरी परेको महानगरका प्रवक्ता एवम् वडा नं–१० का अध्यक्ष अरूण पीडित भण्डारीले बताए ।
महानगर स्थानीय सरकारले हालसम्म १४ वटा ऐन जारी गरेको उनले बताए । नियमावली ६ वटा, निर्देशिका ६ वटा, कार्यविधि ३३ वटा, मापदण्ड ४ वटा, आचारसंहिता १ वटा जारी भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

Related Posts

फुटपाथ व्यवस्थापनमा महानगर असफल

फुटपाथ व्यवस्थापनमा महानगर असफल

सरकार र विप्लवसमूहबिच ३ बुँदे सहमति

सरकार र विप्लवसमूहबिच ३ बुँदे सहमति

खैरहनीमा भएको दुर्घटनामा आठ दिनपछि प्रहरीलाई सफलता

खैरहनीमा भएको दुर्घटनामा आठ दिनपछि प्रहरीलाई सफलता

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

भूमिसम्बन्धी समस्या समाधान गरिने छ : अध्यक्ष ज्ञवाली

दमौली । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताएका छन् ।...

Read more
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

महालक्ष्मी विकास बैंकद्वारा विद्यालय पोसाक वितरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

अपमानको भयानक परिणाम [समय–चक्र]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In