रत्ननगर । स्थानीय निकायको निर्वाचन नहुँदा भ्रष्टाचार मौलाएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
मंगलबार रत्ननगरमा आयोजित ‘निर्वाचन नहुँदा जनतामा परेको असर’ विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताहरुले जनप्रतिनिधि नभएकै कारण सरकारी कर्मचारीबाटै भ्रष्टाचार हुने गरेको आरोप लगाएका थिए । भ्रष्टाचार गर्नेमा दलका प्रतिनिधि र सरकारी कर्मचारी अगाडि रहेको भन्दै उनीहरुले यसलाई रोक्न तत्काल स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक नगर प्रमुख नारायण वनले निर्वाचन नभएकै कारण भष्टाचार मौलाएको बताउनुभयो । उहाँले विकास निर्माणको काम गर्दा बनाइने उपभोक्ता समितिमा आफू अनुकुलका व्यक्तिहरु राख्ने र बजेट मिलाएर खाने प्रवृत्ति बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठले स्थानीय निकायहरुबाट बजेट पारदर्शी रुपमा खर्च हुन नसकेको जन गुनासो आउन थालेको भन्दै आफू त्यसतर्फ सचेत रहेको बताउनुभयो । उहाँले नैतिक दायित्व विर्सिने गरेका कारण सरकारी कर्मचारीहरुले भ्रष्टाचार गर्ने गरेको बताउनुभयो ।
कार्यक्रम सिनर्जी एफएमले आयोजना गरेको हो ।
Discussion about this post