भरतपुर । पुर्वी चितवनको भण्डारामा बस र ट्रक ठोक्किँदा दुबै सवारीका चालकहरु गम्भीर घाइते भएका छन् । काठमाडौँबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख २१११ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ४२८१ नम्बरको ट्रक मंगलबार राति एक आपसमा ठोक्किएको हो ।
घाइते चालकहरुलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ । चालकहरुको पहिचान खुलेको छैन । सवारी ठोक्किँदा बसमा सवार केही यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
Discussion about this post