बछौली । पूर्वी चितवनको बछौलीमा बुधबार महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
महिला समन्वय समिति बछौलीको आयोजना तथा बछौली गाविस, बीपी स्मृति स्वास्थ्य प्रतिष्ठानको सहयोगमा भएको सो शिविरमा २७ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको प्रतिष्ठानका संयोजक रुपनराज घिमिरेले जानकारी दिनुभयो ।
बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछाने प्रमुख आतिथ्य एवम् वडा नागरिक मञ्चकी वडा संयोजक बबिता चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा महिला समन्वय समिति बछौलीका सदस्यहरु चण्डिका ढकाल, विन्दा कार्कीलगायतले बोल्नुभएको थियो ।
Discussion about this post