ADVERTISEMENT
२४ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२४ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

by चितवन पोष्ट
२०७७ माघ ६, मंगलवार १०:१८ गते
in समाज
0
Chitwan Post
2
SHARES
Share on FacebookShare on Twitter

रुपन्देही । सवारी दुर्घटना कम गर्ने उद्देश्यले लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले सयम निर्धारण प्रणाली (टाइम कार्ड) कार्यान्वयनमा ल्याएको छ । पाल्पाको दोभानबाट बुटवल धागो कारखाना, धागो कारखानाबाट सुनवल र दोभानबाट भैरहवा अञ्चलपुरसम्म चल्ने टिपरका लागि समय निर्धारण गरिएको हो ।

टिपअनुसारको ज्याला पाउने भएकाले अत्यधिक गतिमा टिपर चलाउँदा दुर्घटना बढेका कारण अनिवार्य समय निर्धारण गरिएको लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले सोमबार बुटवलमा पत्रकार भेटघाट गरी जानकारी गराएको छ । दोभानबाट धागोकारखानासम्म ११ किलोमिटर दूरी ३३ मिनेट समयमा पुग्ने गरी सयम तोकिएको छ । धागो कारखानाबाट सुनवलसम्म २३ किलोमिटरको दूरी ४६ मिनेटमा र दोभानबाट भैरहवा अञ्चलपुरसम्मको २८ किलोमिटर दूरी ५६ मिनेटमा पुग्ने गरी सयम निर्धारण गरिएको ट्राफिक प्रहरी प्रमुख डम्बरबहादुर विकले जानकारी दिए ।

टाइम कार्ड लिएका टिपरले प्रहरी चौकीमा अनिवार्य प्रवेश (इन्ट्री) गराउनुपर्ने छ । तोकिएको समयभन्दा छिटो नै टिपर पुगेमा नियमअनुसारको कारवाहीमा पर्नेछन् । प्रत्येक टिपर चालकलाई एक/एकवटा सयम निर्धारणका कार्ड वितरण गरिने र सो कार्ड देखाइ तोकिएको स्थानमा इन्ट्री गराउनुपर्ने र इन्ट्री नगराइ गएमा जरिवाना लाग्ने ट्राफिक प्रहरी प्रमुख विकले बताए । समय निर्धारण भएपछि टिपरको तीव्रगतिलाई रोक्नुका साथै दुर्घटनामा कमी ल्याउने र यात्रुलाई सडकमा यात्रा गर्न सजिलो हुने उनले विश्वास व्यक्त गरे ।

सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सडक लेनको प्रयोगबारे सवारी चालक र यात्रुलाई सचेत बनाउने कामसमेत सुरु गरेको जनाएको छ । सडकमै यात्रु तथा चालकलाई लेनको अनुशासनबारे सचेत गराउने काम भइरहेको छ । सडक सुरक्षाका लागि नयाँ प्रहरीलाई प्रशिक्षित गरी सडकमा खटाउने तयारी गरेको ट्राफिक प्रहरी प्रमुख विकले बताए । “अहिले ३० ट्राफिक प्रहरीलाई तालिम दिइरहेका छौँ, थप गरी सडक व्यवस्थापनका लागि परिचालन गर्दैछौँ”, उनले भने । रासस

Related Posts

Chitwan Post

चेपाङ गाउँमा अझै पुगेन बिजुली : गाउँपालिका भन्छ, ‘यही वर्षभित्र बल्छ’

Chitwan Post

म्हिगी लामा गुरूङको अध्यक्षमा अशोक

Chitwan Post

कुकुरलाई पिट्दा कुटिए दलित बालक

Discussion about this post

अन‌ि यो पनि

एक लाख ऋणबाट ११ होटलको मालिक
अर्थ

एक लाख ऋणबाट ११ होटलको मालिक

चितवन । आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय सुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको...

Read more
Chitwan Post

भरतपुर समाचारः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु

Chitwan Post

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In