ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विद्यालय जान थाले २१ बालश्रमिक

-होमनाथ सापकोटा

by चितवन पोष्ट
२०७७ माघ ६, मंगलवार १०:०३ गते
in समाज
0
बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
5
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । परिवारले पालनपोषण तथा शिक्षा दिन नसकेर श्रम बजारमा होमिएका रत्ननगरका २१ जना बालबालिकाहरु विद्यालय जान थालेका छन् ।

रत्ननगर नगरपालिकाभित्र रहेका होटल, रेस्टुरेन्ट, उद्योग तथा घरेलु श्रमिकका रुपमा कार्यरत बालबालिकाहरुलाई श्रमबाट मुक्त गरी विद्यालय भर्ना गरिएको हो । विद्यालय भर्ना गरिएका बालबालिकाहरु नियमित विद्यालय जान थालेका हुन् ।

रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्रले ती बालबालिकाको शिक्षाका लागि विद्यालय भर्ना गरेको हो । एक वर्षअघि श्रमबाट मुक्त गरी खेल्दै सिक्ने केन्द्रमा शिशु तहको अध्यापन गराएर बालबालिकालाई नगरभित्रका दुईवटा सामुदायिक विद्यालयमा भर्ना गरिएको सामुदायिक सेवा केन्द्रकी कोषाध्यक्ष तथा खेल्दै सिक्ने केन्द्रकी संयोजक पार्वती न्यौपानेले जानकारी दिइन् ।

चालू शैक्षिक सत्रमा नेपाल नमुना माविमा ११ जना र पञ्चदीप आधारभूत विद्यालयमा १० जना बालबालिकालाई भर्ना गरिएको हो । नेपाल मावि सेवा क्षेत्रभित्रका बालबालिकालाई सोही विद्यालयमा र पञ्चदीप सेवा क्षेत्रभित्रका बालबालिकालाई सोही विद्यालयमा भर्ना गरिएको न्यौपानेले बताइन् । श्रमबाट मुक्त गरिएका बालबालिकालाई केन्द्रमा राखेर स्वयं सिकाइ, सहजकर्ता सिकाइ, कार्ड सिकाइ र खेलको माध्यमबाट सिकाएर पढाउने गरिएको केन्द्रकी सहजकर्ता तथा शिक्षिका रमिला पुलामीले जानकारी दिइन् ।

घर नजिक भएका बालबालिकालाई केन्द्रमा र घर टाढा भएका बालबालिकालाई घरमै पुगेर पढाउने गरिएको छ । श्रमबाट मुक्त गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाएर शिशु तहको पढाइ केन्द्रले सञ्चालन गर्दै आएको छ । कक्षा एकमा भर्ना गर्ने उमेर र सिकाइको स्तर पुगेका बालबालिकाहरुलाई वार्षिकरुपमा विद्यालयमा भर्ना गर्ने गरिएको छ । विद्यालय भर्ना गरिएका बालबालिकालाई पोसाक, स्कुल ब्याग, स्टेसनरी प्रदान गरिएको छ । आइतबार नेपाल मावि र सोमबार पञ्चदीप आधारभूत विद्यालयमा बालबालिकालाई भर्ना गरिएको छ । यद्यपि, उनीहरु एक महिनाअघिबाट विद्यालय जान थालेका थिए ।

केन्द्रकी संयोजक न्यौपानेले नेपाल माविका सहायक प्रधानाध्यापक गुरूप्रसाद अधिकारी र पञ्चदीपकी प्रधानाध्यापक शर्मिला भट्टलाई बालबालिकालाई आवश्यक पर्ने पोसाक, ब्यागसहित स्टेसनरी हस्तान्तरण गरेकी थिइन् । केन्द्रले भर्ना गरेका बालबालिका विद्यालय सेवा क्षेत्रभित्रका रहेको र उनीहरु नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक भट्टले बताइन् । विद्यालय भर्ना गरिएका बालबालिकामध्ये केही विद्यालय नै नगई श्रममा लागेका र केही बीचमा पढाइ छाडेर श्रममा होमिएका बालबालिका हुन् । उनीहरु कक्षा एकदेखि पाँचसम्मका छन् ।

Related Posts

टिप्पर र बस ठोकिँदा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु, चार घाइते

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

Discussion about this post

अन‌ि यो पनि

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ
प्रमुख समाचार

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ

चितवन । सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई गरी एक करोड १७ लाख...

Read more
टिप्पर र बस ठोकिँदा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु, चार घाइते

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In