नारायणगढ । नेपाल पत्रकार महासंघ चितवनको आयोजनामा लैङ्गिक विषयमा तीन दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम बुधबारदेखि नारायणगढमा सुरू भएको छ । प्रशिक्षण कार्यक्रमलाई कालिका सामुदायिक महिला विकास केन्द्र र केयर नेपालले सहयोग गरेको छ ।
वरिष्ठ पत्रकार मोहन मैनालीको प्रमुख आतिथ्यता एवम् नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपाल, प्रेस युनियन चितवनका सचिव अनिल ढकाल, स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष सूर्यप्रकाश कँडेल, पत्रकार महासंघ चितवनका सल्लाहकार रमेशकुमार पौडेल, कालिका महिला सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक कृष्ण पन्त र पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र बडुवालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख प्रशिक्षक एवं वरिष्ठ पत्रकार मैनालीले तालिमबाट सिकेका कुरा ब्यवहारमा लागू गर्न सकेमात्रै तालिमको सार्थकता रहने बताउनुभयो । यस्तै पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले तीन दिनसम्म चल्ने तालिमले पत्रकारहरुको क्षमता अभिवृद्धिमा सफल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा चितवनका विभिन्न सञ्चारमाध्यममा कार्यरत झण्डै ३० जना पत्रकारहरु सहभागी छन् ।
Discussion about this post