ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

योगमा सूर्य नमस्कार आसनको महत्त्व

–नरनाथ पाण्डे

by चितवन पोष्ट
२०७७ माघ ५, सोमबार १०:५५ गते
in विचार
0
योगमा सूर्य नमस्कार आसनको महत्त्व
25
SHARES
Share on FacebookShare on Twitter

पृष्ठभूमि

सदाझैँ यसवर्ष पनि नेपालमा यही माघ १ गते “गरौँ योग डटेर : कोभिड जान्छ हटेर” भन्ने नाराका साथ छैटौँ राष्ट्रिय योग दिवस मनाइएको छ । नेपालमा मनाइने राष्ट्रिय योग दिवस हाल आएर एउटा पर्वको रुपमा स्थापित भएको छ । नेपालमा यसवर्ष कोभिड–१९ महामारीका कारण विभिन्न योग केन्द्रहरुमा योगाभ्याससमेत हुन सकेन । प्रत्यक्ष उपस्थितिको सट्टा जुम तथा अन्य अनलाइनमार्फत योगाभ्यास र प्रशिक्षणहरु भने भइरहेका छन् । योगाभ्यास नै कोभिड–१९ जस्तो रोग परास्त गर्न अचुक औषधि भएको सन्दर्भमा यसवर्ष राष्ट्रिय योग दिवससमेत योग गरेर कोभिड हटाऔँ भन्ने सन्देशका साथ मनाइएको छ । यसवर्ष योग दिवसमा सूर्य नमस्कार आसनलाई असाध्यै मह¤व दिई सूर्य नमस्कारसम्बन्धी प्रतियोगिता पनि सञ्चालन भएकोले योग दिवसको सन्दर्भ र सूर्य नमस्कार आसनसम्बन्धी विषयवस्तुलाई मुख्य प्राथमिकता दिई यस आलेखमा चर्चा गरिनेछ ।

योग र योगदर्शन

योगको अर्थ जोड्नु भन्ने लाग्छ । वास्तवमा अनात्मबाट आत्मालाई छुट्टयाएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । पतञ्जलीको योगदर्शनमा भएअनुसार योग त्यो प्रयत्न, त्यो साधना वा अभ्यास हो जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ । शरीर, इन्द्रिय, मन, बुद्धि र अहंकारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरुप पाउन सकिन्छ र त्यही शुद्ध स्वरुप प्राप्त गर्ने माध्यम नै योग हो ।

योगदर्शनका प्रतिपादक ऋषि पतञ्जली हुन् । योगदर्शन भारतीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो, जसलाई व्यवस्थित रुप दिने काम ऋषि पतञ्जलीले गरेका हुन् । हाल विश्वमा जस्तै नेपालमा पनि विभिन्न योगसम्बन्धी संघसंस्थामार्फत योग कक्षा सञ्चालन भइरहेका छन् । जतिजति समाजको विकासको गति बढ्दै गइरहेको छ त्यतित्यति नै योगको आवश्यकता पनि महसुस हुँदै गइरहेको पाइन्छ । योगदर्शनमा धर्मकर्मका लागि यज्ञ, यज्ञादि र पूजापाठको कुनै गुञ्जायस छैन । केवल यस दर्शनमा शारीरिक तथा मानसिक शक्तिको उचित प्रयोग गर्ने प्रेरणा पाइन्छ । लगभग सबै खालका धर्म तथा दर्शनहरुमा योगाभ्यासको मह¤व दिइएको हुनाले योगदर्शनको मह¤व बढी छ । यस दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरुको माध्यमबाट आध्यात्मिक, मानसिक, संवेगात्मक तथा शारीरिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरु दर्शाइएको छ ।

मानसाग्नि हरि र राष्ट्रिय योग दिवस

नेपालमा योगको चर्चा गर्दा मानसाग्निको मुख्य चर्चा हुने गर्दछ । शैव दार्शनिक विचार र साधनाबाट योगले विज्ञानको रुप लिएको र यस्तो दर्शनका प्रतिपादक महादेव अर्थात् शिवलाई मानिन्छ । नेपालमा मुख्य शिव सभ्यता, बुद्ध सभ्यता र जनक सभ्यताबाट विभिन्न दर्शनहरु आएका हुन् । यिनै दर्शनमा टेकेर आफूलाई साधक बनाई निरन्तररुपमा यसै क्षेत्रमा लागि नेपालमा प्राकृतिक चिकित्सासँग जोडेर अघि बढाउने योग, आयुर्वेद र प्राकृतिक चिकित्साका विशेषज्ञ व्यक्तित्व मानसाग्नि हुनुहुन्छ । साधनाको नामबाट मानसाग्नि नामकरण गर्नुभएका नेपालका प्राकृतिक चिकित्साका जनक तथा योग र आयुर्वेदका प्रणेता डा. हरिप्रसाद पोखरेल र राष्ट्रिय योग दिवसको सम्बन्ध रहेको छ ।

आबाल ब्रह्माचारीका रुपमा रहनुभएका मानसाग्निले नै विसं २०३६ साल माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन नेपालमा योग संवत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी उद्घोष गर्दै नेपालमा योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गर्नुभएको हो । वास्तवमा मानसाग्निले अझै पनि योगको सुरूवात नेपालबाटै भएको हो, अनुसन्धान गरे हुन्छ भनेर दाबीसमेत गर्दै आइरहनुभएको छ । योगमा शारीरिक शुद्धताभन्दा मानसिक शुद्धता धेरै गुणा उत्तम मानिने हुँदा यस्तो बहुउपयोगितापूर्ण योगलाई प्राकृतिक चिकित्सा र आयुर्वेदसँग जोडेर अतुलनीय योगदान दिइरहनुभएको छ । २०३६ सालदेखि हालसम्मको निरन्तर उहाँको प्रयास, अथक परिश्रम र अविरल यात्राले चार दशक पूरा गर्न लाग्दा नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालेको छ । अझ मानसाग्निको “स्वधर्म”लगायतका दार्शनिक विचारको प्रचारप्रसारमा जुट्न सके आमनेपाली मात्र होइन विश्वभरका मानव समुदायलाई प्रेरणा मिल्न जाने देखिन्छ । यसरी नेपालमा राष्ट्रिय योग दिवस र मानसाग्नि हरि एकअर्काका परिपूरक हुन् भन्ने कुराको पुष्टि गर्न सकिन्छ ।

पूर्ण योग र व्यायामको एउटै अभ्यास सूर्यनमस्कार आसन

संस्कृत भाषाको सूर्य नमस्कार अथवा सूर्यलाई गरिने अभिवादन वा स्यालुट निकै मह¤वपूर्ण र पूर्ण व्यायामको योगाभ्यास हो । धार्मिक मान्यताअनुसार सूर्यलाई देवताको रुपमा मानिने र हिन्दुधर्ममा त सूर्यलाई जीवनकै एक आत्माको रुपमा समेत मानिने हुँदा सूर्य निकै पूजनीय हुन्छन् । हठयोगअन्तर्गत पर्ने यस अभ्यासमा विभिन्न खालका १२ वटा आसनहरुमार्फत सूर्यलाई प्रणाम गर्ने र शारीरिक लाभ प्राप्त गर्ने गरिन्छ । यसलाई दु्रतगतिमा गर्दा मुटु र रक्तसञ्चार प्रणालीमा निकै राम्रो प्रभाव पर्दछ भने मन्द गतिमा गर्दा आराम र विभिन्न प्रभावहरु शरीरमा परेको अनुभूति हुन्छ । त्यस्तै, यसबाट सूर्यलाई सम्झिएर विभिन्न मन्त्रहरुका साथ विभिन्न आसनमा बस्दा आनन्दको अनुभव पनि हुन्छ । नियमितरुपमा यस्तो अभ्यास गर्नाले मांसपेशीमा लचकता आउने र निष्क्रिय भएर बसेका भागहरुमा सक्रियता आउँछ । प्राचीनकालमा सुरूवात भएको यो आसन विभिन्न आधार र अनुसन्धानबाट वैज्ञानिक भएको पुष्टि भएको छ । नियमितरुपमा सूर्य नमस्कारको आसन गर्नाले सृजनशीलता बढ्ने, कार्यक्षमता बढ्ने, निर्णय गर्ने शक्ति आर्जन हुने, आत्मविश्वास हुने र नेतृत्वका सीप विकसित हुनेजस्ता लाभहरु प्राप्त हुने भएकोले अहिलेको समयमा समेत यो अभ्यास निकै उच्चस्तरको भएकोले जोकोहीले यो आसन गर्न सकिने सिफारिस गरिएको छ ।

सूर्य नमस्कार दिनमा जुनसुकै समयमा गर्न सकिन्छ तापनि यसका लागि उपयुक्त समय भनेको सूर्योदयको समय हो । यस्तो बेला सूर्य नमस्कारको अभ्यास गर्नाले शारीरिक तन्दुरूस्ती र मानसिक ताजापन प्राप्त हुन्छ, तर यस्ता फाइदा दिनभरमा जुनसुकै समयमा गर्दा पनि धेरथोर प्राप्त हुन्छन् । सूर्य नमस्कार एउटा त्यस्तो अभ्यास हो जुन स्वास्थ्यमा सरोकार राख्ने सबैका लागि वरदान नै हो । यसले शरीरमा जम्मा भएर बसेको अतिरिक्त बोसो कम गर्ने, पेट घटाउने र प्राकृतिक शरीरको आकारमा लैजाने गर्छ । यसले शरीरका आन्तरिक ग्रन्थीहरु समेत सक्रिय बनाई शरीरको कार्यसम्पादन प्रभावकारी बनाउँछ ।

सूर्य नमस्कार गर्दा ३ किसिमको गतिमा गर्न सकिन्छ । मन्द गतिमा गर्दा शरीरलाई लचिलो बनाउन सहयोग मिल्छ, मध्यम गतिमा गर्दा मांसपेशीमा स्फूर्ति आउँछ भने तीव्र गतिमा गर्दा तौल घट्ने र मुटु तथा रक्तसञ्चार प्रणाली मजबुत हुने अवसर मिल्छ ।
सूर्य नमस्कारका विभिन्न १२ वटा आसनहरु हुन्छन् । जुन आसनहरुले शरीरका सबै अङ्ग, प्रत्यङ्ग र कोषहरुसम्म प्रभाव पार्ने भएकोले सूर्य नमस्कारलाई पूर्ण व्यायामको आसन पनि भनिन्छ । ती आसनहरु प्रणमासन, हस्तउत्थनासन, हस्तपादासन, अश्व सञ्चालनासन, अधोमुखासन÷पर्वतासन, अष्टाङ्ग नमनासन, भुजङ्गासन, पुनः पर्वतासन, वाम अश्व सञ्चालनासन, पुनःहस्तपादासन, पुनः हस्तउत्थनासन र ताडासन वा पुनः प्रणमासन हुन् ।

सूर्य नमस्कारको नियमित अभ्यासबाट हुने अधिकांश फाइदामध्ये मुख्य फाइदाहरु यसप्रकार छन् :
— यस आसनमा हुने विभिन्न आसनहरु निकै समुचित तरिकाले शरीर तताउने क्रियाकलापका लागि मिश्रित ढङ्गले बनाइएका हुनाले शरीरमा बढी प्रभाव पर्छ ।
— यस किसिमको आसन नियमित गरेमा रोगमुक्त र स्वस्थ भई बाँच्न सकिन्छ र शरीरको सन्तुलनमा वृद्धि हुन्छ ।
— मुटुको शक्ति वा क्षमता बढ्छ वा रक्तसञ्चार प्रक्रियामा सुधार हुन्छ ।
— पाचन प्रणालीको कार्यक्षमता र दक्षता बढ्छ । यस अभ्यासले कब्जियतजस्ता समस्या पूरै समाधान हुन्छन् ।
— पेटका मांसपेशी, श्वासप्रश्वास प्रणाली, लसिका प्रणाली, मेरूदण्डका स्नायुहरु र अन्य आन्तरिक अङ्गहरुमा सक्रियता ल्याउँछ ।
— ढाड, घाँटी, काँध, हात, नाडी, पछाडिको भाग, तिघ्राका मांसपेशीलगायत सबै शरीरमा लचकता र दक्षताको विकास हुन्छ ।
— नियमित अभ्यासले निःशुल्करुपमा तौल घटाउन मद्दत पु¥याउँछ । साथै, थाइराइड ग्रन्थीको नियमित कार्यसम्पादनका कारणसमेत तौल घट्ने गर्दछ ।
— टाउकोमा हुने रक्तसञ्चारको प्रभावले कपाल झर्नबाट रोकिन्छ भने कपाल फुल्ने क्रम घट्ने र स्वस्थ रौँको विकास हुन्छ ।
— शरीरभर हुने प्रभावकारी रक्तसञ्चारका कारण शरीर तथा अनुहारको छाला स्वस्थ, चमक, मुलायम र चिल्लो हुन्छ । साथै, चाउरी पर्ने वा छिटो बुढ्यौली हुने क्रमसमेत रोकिन्छ ।
— शरीरका सबै दोषहरु हटेर जाने, सबै खालका मौसममा सामञ्जस्य हुन मद्दत पुग्ने र शरीर पूर्णरुपले सन्तुलित रहन्छ ।
— ग्रन्थी प्रणालीमा पर्ने सकारात्मक प्रभावका कारण महिलाको महिनावारी चक्रसमेत राम्रो र नियमित हुन्छ । यसबाट स्वस्थ बच्चा जन्माउनसमेत सहयोग मिल्छ भने सुत्केरी अवस्थामा दूधको राम्रो उत्पादन हुन्छ । महिलाको हिप, तिघ्रा, पेट, चिउँडो र घाँटीसमेत सुन्दर हुन मद्दत पुग्छ ।
— मानसिकरुपमा फाइदा हेर्ने हो भने यस अभ्यासले शरीर र मनलाई जोड्ने कामसमेत गर्दछ । यस अभ्याससँगै तनाव हट्ने र यसमा मिलाइने श्वासप्रश्वासको नियमले मस्तिष्कमा आनन्द र शान्तिको अनुभूति दिलाउँछ भने सचेतनाको क्षमता अभिवृद्धि हुन्छ ।
— मानिसको अन्तज्र्ञान बढाउने, एकाग्रता बढाउने, डिप्रेसन र मानसिक नकारात्मक कुण्ठाहरु हटाउने काम गर्छ ।
— बच्चामा हुने तनाव हट्नुका साथै मस्तिष्कमा शान्तपनको विकास हुने, एकाग्रताको विकास हुने, कार्यक्षमताको विकास हुने, शारीरिक
तन्दुरूस्ती गराउने, मांसपेशीमा लचकताको विकास हुने र मनमा आउने चिन्ता, डर, त्रास, नकारात्मक सोच आदि हटेर जान्छन् ।

नियमितरुपमा बालबालिकाले यो अभ्यास गरेमा विभिन्न प्रतिस्पर्धामा अब्बल साबित हुने र युवा अवस्थामा पनि पाँच वर्ष कम उमेरको देखिने जस्तो अद्भुत फाइदासमेत पाउन सकिन्छ ।

यसरी प्राचीन कालमा ऋषिमुनिहरुले विकसित गरेका यस्ता अभ्यासहरुका कारण उनीहरु जीवनभर निरोगी रही दीर्घायुसमेत पाएको कुरा सुन्न पाइन्छ । आधुनिक समयमा पनि अस्तव्यस्त जीवनशैलीका कारण मानिसमा आएका विभिन्न शारीरिक तथा मानसिक समस्या र शारीरिक श्रम घट्दै जाने तर ऐस–आराम बढ्दै जाने भएपछि देखा पर्ने अनेक समस्या समाधानका उपाय भनेकै दैनिक योगाभ्यास गर्नु हो । फुर्सत नहुनेहरु वा अल्छी लागेर केही गर्न नसक्नेहरुका लागिसमेत सूर्य नमस्कार एउटा पूर्ण व्यायामको भरपर्दो अभ्यास हुन सक्छ । सूर्य नमस्कार मात्र एउटा त्यस्तो योग अभ्यास हो जसले व्यक्तिलाई शारीरिक तन्दुरूस्ती प्रदान गर्ने, मानसिक सन्तुष्टि प्रदान गर्ने र आध्यात्मिक दृष्टिकोणले पनि जोड्ने भएकोले यसलाई पूर्ण योगको चमत्कारिक विधि पनि भन्न सकिन्छ । दिनहुँ कम्तीमा पनि १२ पटकभन्दा बढी यो अभ्यास गर्न सकियो भने स्वस्थता प्राप्त गर्न सकिनेमा कुनै शंका छैन ।

(लेखक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरका प्राध्यापक र योग शिक्षक हुन् ।)
pndynn2031@gmail.com

Related Posts

अनुसन्धानका तीन आँखा र नागरिक कर्तव्य

शरीरमा नुनको आवश्यकता र मात्रा असन्तुलनमा देखा पर्ने असर

विद्यार्थी परामर्शका प्रमुख विषय [लक्ष्मणरेखा]

विद्यार्थी परामर्शका प्रमुख विषय [लक्ष्मणरेखा]

८५ वसन्तदर्शी वरिष्ठ गीतकारसँग सुमधुर भेटघाट

राज्यले बिर्सिएका प्रथम शहीद लखन थापामगर

Discussion about this post

अन‌ि यो पनि

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ
प्रमुख समाचार

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ

चितवन । सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई गरी एक करोड १७ लाख...

Read more
टिप्पर र बस ठोकिँदा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु, चार घाइते

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In