वीरेन्द्रमणि पौडेल
समाजसेवी शिवप्रसाद भट्टराईले यसपटक चितवन क्षेत्र नम्बर ४ मा आउँदो असार ८ गते सम्पन्न हुने संविधानसभाको उपनिर्वाचनमा एमाओवादीका उम्मेदवार खुशीराम पाख्रिनको पक्षमा भोट मागे । मैले “हुन्छ दिन्छु” भनेको छु । “यसपटक जसरी पनि पार्वती रावललाई भोट दिनुप¥यो”, राजेन्द्रमणि काफ्ले, राजु पौडेल, धर्मराज प्रसाई र सनतकुमार लामिछानेले भनेका छन् । “दिने हो” भनेको छु । पहिले आफूलाई त्यसपछि कांग्रेस नामको पार्टीका मान्छेलाई “राम्रो मान्छे” ठान्ने खगराज ढकालले “यसपटक कसलाई भोट दिन्छौ ?” सोधेको प्रश्नको जवाफमा मैले “भोट त खुशीराम पाख्रिनलाई दिने हो भनिदिएँ । खगराजले फेरि भनेँ “होइन, भोट त रामकृष्ण घिमिरेलाई दिनुपर्ने होइन र ?” मैले जवाफ दिएँ “होइन, भोट त कुनै पनि हालतमा खुशीरामलाई दिने हो ।” मेरो जवाफ सुनेर खगराज ढकाल अमिलिए ।
भोट माग्ने कार्यकर्ताले सीधै आफ्नो पार्टीको उम्मेदवारलाई भोट माग्ने हो, कसलाई भोट दिने हो भनी सोध्ने होइन । बिचरा खगराज ! तिनी पहिलेदेखिकै सोझा मान्छे हुन् । जिन्दगीभर कांग्रेस–कांग्रेस भनिरहेका छन्, तर तिनको पार्टीले यो देशलाई “जाँतो” जसरी ¥याइँ¥याइँ जहाँको त्यहीँ घुमाइरहेको मात्रै छ, पु¥याएको चाहिँ कतै छैन । कुल मिलाएर तिनी नेपाली कांग्रेसका हनुमान हुन् भन्ने बुझिन्छ, जसले आफ्नो धर्म निर्वाह गरेर भोट माग्न आफूले जे तरिका जानेका छन्, त्यही तरिका अपनाए । उपनिर्वाचनबारे चितवन पोष्टका पाठकहरुलाई यसरी सम्बोधन गरिरहँदा खुशीराम पाख्रिनका मान्छे, रामकृष्ण घिमिरे र पार्वती रावलका मान्छेबाहेकले कसैले पनि मसँग भोट मागेका छैनन् । म क्षेत्र नम्बर ४ कै मतदाता हुँ ।
असार ८ को दिन आउन अब धेरै कुर्न पर्दैन, धेरै नजिक आइसकेको छ । असार ८ ले सामान्य अर्थ राख्दैन, ठूलै अर्थ राख्छ । कुनै वडा अध्यक्षको पदका लागि चुनाव हुन गइरहेको होइन, न त यो कुनै टोल सुधार समिति वा बचत तथा ऋण सहकारी संस्थाको पदाधिकारीका लागि हुने निर्वाचन हो । यो त सभासद्को निर्वाचन हो, जसले नेपाली जनताको सुखद भविष्यको ग्यारेन्टीका लागि नयाँ संविधान बनाउने काममा मद्दत गर्छ । तर, त्यस्तो मह¤वपूर्ण व्यक्ति छनौट गर्ने असार ८ नजिक आइसक्दा समेत खास मतदातालाई कुनै चासो छैन, कुनै उत्साह छैन । खुशीराम बुढा कत्तिको उत्साहित छन् थाहा छैन, रामकृष्ण घिमिरे र पार्वती रावलबाहेक तिनका पार्टीका विभिन्न तहका कार्यकर्तासमेत उत्साहित देखिएका छैनन् । किन उत्साहित भएनन् मतदाता ? कार्यकर्ता उत्साहित भएर जनताको घरदैलोमा जान किन सकेनन् ? चोक–चौराहमा आ–आफ्ना तहका राजनीतिक विश्लेषकहरु
यही विषयलाई लिएर छलफलमा जुटेका छन् ।
यो निर्वाचनमा चुनिएर कांग्रेसको उम्मेदवार गए कांग्रेसको सदस्य संख्या बढ्दैन । नयाँ सरकार बन्छ र यही क्षेत्रका विजयी उम्मेदवार मन्त्रीसम्म होलान् । विकास निर्माणलाई सहयोग मिल्ला, त्यो अवस्था पनि छैन । सरकार बनिसकेको छ । एमालेले जितेमा के हुन्छ ? केही महिलाको प्रतिनिधित्व भएको संसद्मा एउटी पार्वती थपिन्छिन्, त्योभन्दा बढी के फरक पर्छ ? एमाओवादीका खुशीराम पाख्रिनले जित्दा के हुन्छ ? एमाओवादीको एकै सिट थपिएला । के फरक पर्छ ? केही फरक पर्दैन । कुल मिलाएर रामकृष्ण, पार्वती वा खुशीराममध्ये जसले जिते पनि यो मुलुकको राष्ट्रिय राजनीतिमा केही फरक पर्नेवाला छैन । त्यसैले हुनुपर्छ, असार ८ धेरै नजिक आइसक्यो तर यो क्षेत्रका कसैलाई पनि उत्साह
छैन । अन्य पार्टीका नेता–कार्यकर्ताले जित्ने सम्भावना छैन । यसो भन्दा तिनले चित्त दुखाउलान् । प्रक्रिया पु¥याएर गज्जबले चित्त दुखाउन पाइन्छ । किन पनि चित्त दुखाउन पाइन्छ भने “चित्त भन्ने चीज नै आफूलाई मन नपरेपछि वा आफूले सोचे, भनेजस्तो नभएपछि दुख्नकै लागि बनेको हुन्छ”, शिक्षासेवी राजकृष्ण कँडेल यसै भन्छन् । त्यसैले, कम्तीमा खोजेर नभेटिने, महसुस मात्रै गर्न मिल्ने चित्तको इज्जत गरिदिन पनि कसैकसैले चित्त दुखाइदिनै पर्छ ।
जित्नका लागि नै यो उपनिर्वाचनमा एमाओवादीका खुशीराम पाख्रिन, नेकपा एमालेकी पार्वती रावल र नेपाली कांग्रेसका रामकृष्ण घिमिरे लडेका छन्, लडाइएको छ । अरु पार्टी आफ्नो अस्तित्व प्रदर्शन गर्नका लागि चुनावी मैदानमा आएका छन् । यो सत्य राजनीतिमा चासो राख्ने खासगरी चितवनका जनतालाई राम्रैसँग थाहा छ । यो कोणबाट व्याख्या गर्दा बिलकुल उत्साह मरेको उपनिर्वाचन नै किन नहोस्, निर्वाचन त अवश्य हुन्छ नै । खुशीराम, पार्वती र रामकृष्णमध्ये एकले त जित्ने छन् नै, भलै यो निर्वाचनले जनतालाई न महँगीबाट राहत दिन्छ, न आर्थिक भ्रष्टाचार घटाउँछ, न पैसा नहुनेले स्वास्थ्य उपचार पाउँछ, न बेरोजगारहरुलाई रोजगारी नै दिलाउँछ । “तात्तो न छारो” ! यो निर्वाचन फोकटको निर्वाचन हो, मुलुकका लागि । अघिल्लो निर्वाचन सकियो । चाहिने सदस्य संख्या पर्याप्त भइसक्यो । दुई–चार जना मात्रै होइन, मनोनीत गर्न बाँकी २६ सभासद् नभए पनि सरकार चल्ने, संविधानसभा बैठक नरोकिने प्रमाणसहित सबैले देखिसके, बुझिसके । फेरि यस्तो फोकटको उपनिर्वाचनरुपी नाटक मञ्चन गरिराख्नुको के अर्थ ? यसपटकलाई जे हुनेवाला छ, त्यो हुन्छ । तर, अब आइन्दा यो उपनिर्वाचन खालको नौटंकी बन्द गर्नुपर्छ । एउटा उम्मेदवार चाहे प्रचण्ड हुन्, चाहे सुशील वा ज्ञानेन्द्र वा रामप्रसाद वा श्यामप्रसाद, जोसुकै भए पनि एउटा मात्रै निर्वाचन क्षेत्रमा भाग लिन पाउने व्यवस्था गर्नुपर्छ । यो तरिका अपनाउने हो भने एकातर्फ उपनिर्वाचनको नाममा राष्ट्रको धन फोकटमा खर्च हुँदैन र राष्ट्रको विकास, निर्माणका लागि समय निस्कन्छ भने नेपाली जनताले यस्तै खाले चर्को घाममा सेकिएर बिनाअर्थको चुनावमा भोट हाल्न जानुपर्ने छैन ।
नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण घिमिरेलाई जिताउन काठमाडौँबाट सभासद् गगन थापा चितवन आए । आफू समावेश भएको नेपाली कांग्रेस पार्टीलाई धनीहरुको पार्टी भने । कम्युनिस्टहरु गरिब उत्पादन र संरक्षण गर्ने पार्टी भने । जबसम्म नेपालमा कम्युनिस्ट पार्टी रहन्छ, तबसम्म मुलुकमा गरिब जनता रहिरहने र देश सम्पन्नशाली हुन नसक्ने आशय व्यक्त गरे । गगनको भनाइले कति मत रामकृष्णको भागमा थपिएला, त्यो बेग्लै पाटो हो । मूल कुरा यदि यो नौटंकीवाला उपनिर्वाचन नहुने अवस्था हँुदो हो त गगन यतिबेला चितवन आउनै पर्थेन । उनी संघीयता, शासकीय स्वरुपलगायतका जटिल विषयमा संविधान निर्माण प्रक्रियामा जुटिरहेका हुन्थे ।
त्यस्तै, प्रचण्ड आएर खुशीरामको नाममा आफ्नो पार्टीलाई भोट माग्ने क्रममा मुलुकको राजनीति एमाओवादीकै राजनीतिक एजेन्डामा हिँडेको बताए । प्रचण्डको भाषणले खुशीरामको पोल्टामा कति मत बढ्छ, हेर्न बाँकी छ । तर, यो बेमौसममा प्रचण्डजस्तो राष्ट्रिय नेता नआउन पर्ने बेलामा चितवन आउने थिएनन् । उनको खाँचो यतिबेला काठमाडौँमै छ । नेकपा एमालेका प्रदीप ज्ञवाली र महेश बस्नेत पनि चितवन आएर पार्वतीको पक्षमा मत मागे । उपनिर्वाचन नहुँदो हो त यी दुई भाइको समय अन्यत्र कतै सदुपयोग हुन सक्थ्यो ।
प्रधानमन्त्रीको कुर्सीमा उक्लिएका सुशील कोइरालाले छाडेको क्षेत्र भएका नाताले यो क्षेत्रमा कसले जित्ला, सामान्य चासो काठमाडौँका विशेष मान्छेहरुले राखेका पनि हुन सक्छन् । चासो र जिज्ञासालाई सम्बोधन गर्नतर्फ लाग्ने हो भने यतिबेलाका तीन उम्मेदवार रामकृष्ण घिमिरे, पार्वती रावल र खुशीराम पाख्रिन मुख्य प्रतिस्पर्धी हुन् । नगद दाममा भोट बेच्ने मतदाताहरुलाई यतिबेलाको समाचार सुखद छैन । तीनै जना उम्मेदवारले पैसामा भोट किन्ने हैसियत राख्दैनन् । विशुद्ध योगदान र पार्टीको संगठनका बलमा चुनावको जित–हार हुने छ ।
नेपाली कांग्रेस पार्टीको संगठन धेरै अघिदेखि यस क्षेत्रमा बलियो छ । उम्मेदवार रामकृष्ण घिमिरेले चितवनका जनतालाई अघिल्ला दिनमा जनप्रतिनिधिका रुपमा सेवा गर्ने अवसर नपाएको भए पनि कसैलाई हानि–नोक्सानी पु¥याएका छैनन् । २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनको चितवनमा यिनले नेतृत्व पनि सम्हालेका थिए । चितवनका पुराना व्यक्ति भएका कारणले यिनलाई एक नम्बरका उम्मेदवार भन्दा होइन भन्न सक्ने अवस्था कसैसँग रहँदैन ।
महिला नेतृ एमालेकी पार्वती रावल र एमाओवादीका खुशीराम पाख्रिन पनि कुनै हालतमा कमजोर उम्मेदवार होइनन् । जनताको मनभित्रको कुरा जनताले नै जान्ने विषय हो, जोकसैले अनुमान गर्न पाइने अधिकार छँदै छ । पार्वती र खुशीराममध्ये एक पनि विजयी हुन सक्छन् ।
निष्कर्ष यही हो, यिनै तीन उम्मेदवारमध्ये चितवन चार नम्बर क्षेत्रमा एक विजयी हुनेचाहिँ निश्चित छ । तर, जसले जिते पनि हारे पनि जनताका लागि भने यो उपनिर्वाचन फलदायी कुनै कोणबाट पनि हुनेछैन । त्यस कारणले पनि असार ८ को निर्वाचन उत्साह मरेको ऐतिहासिक उपनिर्वाचनको रुपमा निकै लामो समयसम्म व्याख्या गरिने छ, यसमा कसैले शंका नगर्दा हुन्छ ।
Discussion about this post