ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

by चितवन पोष्ट
२०७७ माघ ४, आईतवार १७:०१ गते
in समाज
0
जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग
8
SHARES
Share on FacebookShare on Twitter

धादिङ । धादिङको धुनिबेँसीमा स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले ५० लाख मूल्य बराबरको विभिन्न उपकरणहरु प्रदान गरेको छ ।

ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ जर्मनीस्थित स्टेल्वा हाइड्रो कम्पनीले धादिङको धुनिबेँसी नगरपालिका वडा नं ५ ढकालखोलामा स्थापना गरेको सो शिक्षालयलाई अत्याधुनिक खालका टर्वाइन र अटोमेसन उपकरण प्रदान गरेको हो ।

शेषकान्त फाउन्डेसनद्वारा सञ्चालित सो शिक्षालयमा अध्ययनरत विद्यार्थीलाई प्राविधिक शिक्षा दिनका लागि आवश्यक पर्ने उपकरण सहयोगसम्बन्धी तालिम लिनेहरुका लागि ती उपकरणहरुबाट व्यावहारिक ज्ञान दिन सहयोग पुग्ने सो कम्पनीका प्राविधिक निर्देशक पवन ढकालले बताए । विदेशमा सिकेको ज्ञान र पुँजी स्वदेशमै लगानी गर्ने उद्देश्यले सन् २०१५ देखि नै धादिङ जिल्लामा विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको ढकालले बताए ।

शिक्षालयबाट एक व्याच उत्तीर्ण भइसकेका छन् भने कोभिड–१९ का कारण केही ढिलाइ भए पनि आगामी वैशाखदेखि अर्को समूहको तालिम सुरू गरिने फाउन्डेसनका अध्यक्ष विश्वश्वरप्रसाद ढकालले जानकारी दिए ।

अध्यक्ष ढकालका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेपालमा व्यावसायिक शिक्षा सहयोग कार्यक्रमअन्तर्गत नेपाल स्वतन्त्र विद्युत् उत्पादक संघ (इपान)सँगको सहकार्यमा तालिम सञ्चालनमा आएको हो ।

चार करोड ६० लाखको लागतमा शिक्षालयमा ४० जना विद्यार्थी बस्न मिल्ने होस्टल र १८ कोठा भएको अलग्गै विद्यालय भवन निर्माण भएको छ भने नेपालमै सस्तो, किफायती र सुरक्षित प्रिफाइभ ढाँचाका घरहरु निर्माण गर्न आवश्यक उपकरण र दक्ष जनशक्ति तयार गर्न एक जर्मनी कम्पनीसँग सहकार्य गरिएको शिक्षालयले जनाएको छ ।

Related Posts

टिप्पर र बस ठोकिँदा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु, चार घाइते

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

Discussion about this post

अन‌ि यो पनि

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ
प्रमुख समाचार

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ

चितवन । सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई गरी एक करोड १७ लाख...

Read more
टिप्पर र बस ठोकिँदा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु, चार घाइते

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In