ADVERTISEMENT
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

by चितवन पोष्ट
२०७७ माघ ४, आईतवार १४:०५ गते
in विश्व
0
भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित
6
SHARES
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा १५ हजार १४४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजार ९८५ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १८१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार २७४ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ९६ हजार भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८ हजार ८२६ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शनिबार २९९ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७३८ को मृत्यु भएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले शनिबारसम्म देशभर १८ करोड ६५ लाख ४४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शनिबार एकै दिनमा मात्र सात लाख ७९ हजार ३७७ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।

यद्यपी भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियानको शनिबारदेखि सुरु भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्धको खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।

उद्घाटनका क्रममा प्रधानमन्त्री मोदीले खोप अभियानलाई कोरोनाविरुद्धको लडाइँको निर्णायक चरण भएको बताए । मोदीले अभियानको पूर्वसन्ध्यामा शुक्रबार साँझ ट्वीट गर्दै खोप अभियानसँगै भारत कोरोनाविरुद्धको लडाइँमा निर्णायक चरणमा प्रवेश गर्ने बताएका थिए ।

नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युटको अफ मेडिकल साइन्सेज (एम्स) का सफाइ कर्मचारी मनीष कुमार पहिलो खोप लगाउने व्यक्ति बनेका छन् । उनले एम्स्मै रहेको केन्द्रमा खोप लगाएका छन् । शनिबार भारतभरी दुई लाख व्यक्तिले कोरोनाविरुद्ध खोप लगाएका छन् । सिन्ह्वा

Related Posts

कोभिड–१९ बाट भारतमा १ लाख ५४ हजार बढीको मृत्यु

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

Discussion about this post

अन‌ि यो पनि

अखिल नेपाल किसान महासंघ रत्ननगरको अध्यक्षमा सापकोटा
राजनीति

अखिल नेपाल किसान महासंघ रत्ननगरको अध्यक्षमा सापकोटा

रत्ननगर । नेकपाको भातृ संगठन अखिल नेपाल किसान महासंघ रत्ननगर नगर कमिटीको अध्यक्षमा रामचन्द्र सापकोटा चयन भएका छन् । किसान...

Read more
Chitwan Post

तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

Chitwan Post

पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारबाही

Chitwan Post

प्राङ्गारिक उत्पादनको बजारीकरण अभियान

मृत्युको कारण बन्दै ‘विलासी जीवन’

मृत्युको कारण बन्दै ‘विलासी जीवन’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In