ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जीवन जिउने उत्तम तरिका

-प्रेम रावत

by चितवन पोष्ट
२०७७ माघ ४, आईतवार ११:५५ गते
in विचार
0
एक्लोपनबाट कसरी बच्ने !
98
SHARES
Share on FacebookShare on Twitter

जीवनमा चारवटा कुराहरू अत्यन्तै महत्त्वपूर्ण छन् । पहिलो त तपाईं आफूले आफूलाई चिन्नुहोस् । तपाईंले आफूलाई नचिनेसम्म मनुष्य जीवनको वास्तविकता के हो भन्ने कुरा तपाईंलाई थाहा नै हुँदैन ।
दोस्रो, तपाईंको जीवनमा जे प्राप्त भएको छ, त्यसका लागि आभारी हुनुहोस् । किनभने, हिजोआज हामी आपूmसँग के छैन भन्ने कुरालाई मात्र हेर्छौँ । हामीसँग के छन्, तिनलाई हामी हेर्दैनौँ ।
यो हामीभित्र आइरहने अनि गइरहने श्वासको मूल्य कति छ ? यदि मानिसले आफ्नो अमूल्य श्वासलाई बेच्न सक्ने भएको भए यो संसारमा कोही पनि गरिब हुने थिएन । तर, यो सम्भव नै छैन किनभने यो बहुमूल्य चीज हो । दुःखको कुरा– यसका लागि हामीमा कुनै आभारको भावना नै छैन । मानिसभित्र “म आज जीवित छु र आज मलाई केही गर्नलाई अवसर प्राप्त भएको छ” भन्ने कुराप्रति आभार हुनुपर्छ ।
पति पत्नीका बिचमा आभार हुनुपर्दछ । आफ्नो देशप्रति आभार हुनुपर्दछ । जुन चीज राम्रो छ, त्यसप्रति आभारी हुनुपर्दछ । हाम्रो जीवनमा सधैँभरि यो हृदय आभारले भरिपूर्ण हुनुपर्दछ । जब हामी प्रत्येक दिनका लागि कृतज्ञ हुन्छौँ तब मात्र यो कुरा सम्भव हुन्छ ।
तेस्रो चीज हो आवाज– एउटा आवाज जुन बाहिरको आवाज हो, जसलाई शान्त पार्न सकिन्छ । तर, एउटा आवाज छ, जुन दुईवटा कानको बीचमा हुन्छ । जसलाई शान्त पार्न सकिँदैन । त्यहाँबाट आवाज आइरहन्छ र मानिस त्यो आवाजका कारणले बेचैन भइरहन्छ तर त्यसलाई शान्त पार्नै सक्दैन ।
“तपाईं त यस्तो हुनुपथ्र्याे, तपाईं उस्तो हुनुपथ्र्याे” भनेर कसैले भन्यो भने हामी त्यसै कुराका पछि लागेर सोच्न थाल्छौँ ।
मानिसहरूले मेरा बारेमा के भन्छन् या के सोच्छन् भनेर त्यसका लागि चिन्तित हुनु आवश्यक छैन ।
चौथो कुरा हो– हामीले आफ्नो जीवनमा असफल र असफलतामा के फरक छ भन्ने कुरालाई थाहा पाउनु पर्दछ । हामी असफल हुन्छौँ तर असफलतालाई कहिल्यै पनि स्वीकार नगरौँ । जस्तो हामी बच्चामा हिँड्न सिकिरहेका थियौँ । त्यतिखेर कैयाँै पटक लड्दै–उठ्दै, फेरि लड्दै–उठ्दै गर्दथ्यौँ । कुनैबेला असफल भयौँ तर हामीले कहिल्यै पनि त्यसबाट हार मानेनौँ । अन्त्यमा हामीले हिँड्न सिकेरै छाड्यौँ ।
ठिक त्यसैगरी, हामीले आफ्नो जीवनमा ती कुराहरूलाई बुझेर तिनलाई आफ्नो व्यवहारमा पनि उतार्न थाल्यौँ भने हाम्रो जीवन पनि आशाले भरिपूर्ण र आनन्दमय हुन सक्दछ ।
धेरै वर्ष अघिको कुरा हो एक जना राजा थिए । उनलाई छिमेकी राजासँग युद्ध गर्न जानुपर्ने भयो । त्यसका लागि ती राजा तयारीमा लागिरहेका थिए । रात परेपछि उनको मनमा एउटा विचार आयो । यदि भोलि लडाइँमा म मरेँ भने– म स्वर्गमा पुग्छु कि नर्कमा ? रातभरि यही कुराले राजालाई सताइरह्यो ।
अर्काेदिन ती राजा सेनाहरूसँग युद्धका लागि निस्कँदा पनि उनको मनमा त्यही विचार आइरहेको थियो । “म मरेँ भने स्वर्गमा पुग्छु कि नर्कमा ।” यस्तो गर्दागर्दै उनको मनमा “स्वर्ग र नर्क भन्ने ठाउँ कस्तो हुन्छ होला ?” भन्ने विचार घुम्न थाल्यो ।
त्यति नै बेला एकजना सन्त कतै गइरहेका उनले देखे । उनले आफ्नो घोडाको लगामलाई त्यतैतिर मोडेर घोडालाई दौडाए । सन्तका अगाडि गएपछि आफ्नो घोडालाई टक्क रोकेर सोधे, “कृपया मलाई बताइदिनुहोस्, स्वर्ग भनेको कस्तो अनि नर्क भनेको कस्तो हुन्छ ?”
सन्तले भने, “राजन ! मलाई धेरै टाढा जानु छ । मलाई तपाईंसँग कुरा गर्ने फुर्सद छैन ।”
सन्तको कुरा सुनेर राजालाई रिस उठ्यो । उनको अनुहार रिसले रातो–पिरो भयो ।
उनले रिसाएर कड्किँदै भने, “कस्ता सन्त हौ तिमी ? म को हुँ तिमीलाई थाहा छ ? म यहाँको राजा हुँ राजा ! मैले एउटा सानो प्रश्न सोध्दा तिमीलाई त्यसको उत्तर दिने फुर्सद छैन ?”
त्यसपछि सन्तले भने, “महाराज ! तपाईं यसबेला नर्कमा हुनुहुन्छ ।”
त्यसपछि राजालाई आफूले ठूलो गल्ती गरेको जस्तो भान भयो । यी सन्त त निकै ज्ञानी पो रहेछन् । मैले यिनीसँग यस्तो व्यवहार त गर्नु हुँदैन थियो । साँच्चै नै मैले पनि नर्कमा नै भएको जस्तो महसुस गरिरहेको छु ।
राजा घोडाबाट तल ओर्लिए । सन्तका अघि घुँडा टेक्दै झुकेर भने, “मलाई माफ गर्नुहोस् ! मलाई थाहा थिएन । मबाट ठूलो भुल भयो । साँच्चै नै त्यो रिसको झोँकमा म नर्कमा नै थिएँ ।”
त्यसपछि सन्तले भने, “महाराज ! तपाईं अब स्वर्गमा हुनुहुन्छ ।”
मानिसहरूले जुन नर्कका बारेमा कुरा गर्छन, जुन नर्कबाट हामी बच्न चाहन्छौँ– त्यसबाट बच्नका लागि स्वर्गको आवश्यकता पर्दछ । जसले ती सृष्टिकर्तालाई चिन्दछ उसका लागि त यहीँ नै स्वर्ग हुन्छ । त्यसका लागि विश्वासको होइन अनुभवको आवश्यकता हुन्छ । चिन्ने तरिका थाहा नहुन्जेलसम्म मात्र विश्वास ठिक हुन्छ । त्यो शक्तिलाई चिन्नुहोस् जुन हामीभित्रै छ । त्यसलाई आफ्नो जीवनमा अनुभव गर्नुहोस् । त्यसपछि सबै कुरा सम्भव हुन्छ ।
पटक–पटक एकै प्रकारको काम गरिरहने तर प्रतिफल चाहिँ भिन्न होस्, राम्रो होस् भनेर आशा गर्ने केही यस्ता पनि मानिसहरू छन्– यस संसारमा । राम्रो प्रतिफलको आशामा बिहानदेखि बेलुकासम्म त्यही काम गरिरहन्छन् तर आजको दिन राम्रोसँग बितोस् भन्ने चाहना राख्छन् । एक क्षणको मूल्य नै थाहा छैन भने आजको दिन राम्रोसँग व्यतित हुन्छ कि हुँदैन भनेर कसरी थाहा होला र ? तपाईं आफ्नो एक क्षण, एउटा श्वास न त कसैलाई दिन सक्नुहुन्छ न कसैसँग किन्न नै सक्नुहुन्छ । त्यसको मूल्य कति छ ? अत्यन्तै अनमोल !
एउटा सानो कथा छ । एक जना राजा थिए । एक पटक उनलाई आफ्नो राज्यमा एक जना मानिसले यस्तो चीजलाई पत्ता लगाएको खबर प्राप्त भयो जसको सेवन गरेपछि मर्नु नै पर्दैन । यो खबर सुनेर राजाले आफ्नो दूतलाई तुरुन्त त्यो चीज लिएर आउन आदेश दिए । राजाका दूत त्यहाँ पुगुन्जेलसम्ममा ती मानिस त मरिसकेका थिए । दूतले त्यहाँबाट फर्केर राजालाई सबै घटना बताएपछि त्यो कुरा सुनेर राजाले एकदमै रिसाउँदै भने, “तैँले त्यहाँ पुग्न किन ढिलो गरिस् ? अब तँलाई मृत्युदण्ड हुन्छ ।” यत्तिकैमा एकजना ज्ञानी मानिस दरबारमा आइपुगे । सबै कुरा बुझिसकेपछि उनले भने, “राजन ! यो कुरा विचारणीय छ । यदि उनीसँग साँच्चै अमर हुने चीज हुँदो हो त ती मानिस अहिले पनि जिउँदै हुन्थे । वास्तवमा उनीसँग अमर हुने कुनै चीज नै थिएन । समय आएपछि सबैले जानै पर्छ । जुन चीज साथमा छ, वास्तविक छ; त्यसलाई तपाईंले बुझिरहनुभएको छैन । तपाईं आफ्नो धारणामा फसिरहनुभएको छ ।”
कतै हामीलाई पनि यस्तो हुँदैन ? मानिसहरू आफ्नो कल्पनामा रुमल्लिरहेका हुन्छन्– “यस्तो छ, उस्तो छ, यो छ, त्यो छ ।” तर, वास्तविक कुरा के हो ? वास्तविक चीज त भित्र छ । सोच्नुहोस्, तपाईं जन्मनुहुँदाको समयमा सबैको ध्यान कुन कुरामा गएको थियो ? केवल श्वासमा । त्यो चलिरहेको छ कि छैन ? श्वास नचलेको भए के तपाईंलाई घरसम्म लगिन्थ्यो ? श्वास चलेपछि सबै राम्रो भयो । अनि, अन्तिम समय आएपछि प्रश्न यही नै हुन्छ– श्वास चलिरहेको छ कि छैन ? चलिरहेको छ भने सबै ठिक छ । त्यसैले के बुझ्नुहोस् भने श्वास चलुन्जेलसम्म सृष्टिकर्ताको कृपा छ । के तपाईंलाई थाहा छ, यो कुन सृष्टिकर्ताको कृपा हो ? ती सृष्टिकर्ता जो तपाईंभित्र छन्, उनैको कृपा हो ।
जबसम्म तपाईं आफूभित्रको कुरालाई बझ्नु हुन्न, तबसम्म आफ्नो समय, श्वास र सृष्टिकर्ताको कृपालाई बझ्न सक्नुहुन्न । त्यसैले यो विवेकका साथ जिउन सिकौँ र अधुरो कथालाई पूरा गरेर आफ्नो जीवनलाई सफल पारौँ । आनन्दसँग बाँचौँ ।

(यो लेख प्रेम रावतको सन्देशबाट साभार गरी अनुवाद गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि agps@mos.com.np लाई प्रयोग गर्न सक्नुहुनेछ ।)

Related Posts

प्रतिनिधिसभा पुनस्र्थापना : ओलीलाई राजीनामा दिन सुझाव

लड्डु विजयोत्सव र नैतिकता !

बिरामी मरेपछि कोरोना नभएको ‘सहर्ष’ जानकारी

बिरामी मरेपछि कोरोना नभएको ‘सहर्ष’ जानकारी

नवलपुरका फरार २३ अभियुक्त पक्राउ

अनुसन्धानका तीन आँखा र नागरिक कर्तव्य

Discussion about this post

अन‌ि यो पनि

सोमबार २४४० जना संक्रमित, निको हुने ११३३
प्रमुख समाचार

थप ८१ मा सङ्क्रमण पुष्टि

काठमाडौँ, १५ फागुन (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा...

Read more
जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In