ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

by चितवन पोष्ट
२०७७ माघ ४, आईतवार ०८:३८ गते
in अर्थ
0
Chitwan Post
10
SHARES
Share on FacebookShare on Twitter

सौराहा । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् ।
‘घुमौँ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन् । सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्बिर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिइएको छ ।
राप्ती नदीकिनारमा रहेको सनसेट भ्यू रेस्टुरेन्ट परिसरमा सेल्फी प्वाइन्ट स्थापना गरिएको छ । सो सेल्फी प्वाइन्टले त्यहाँ पुग्ने जोसुकैलाई आफ्नोतर्फ ध्यान केन्द्रित गर्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकमध्ये युवायुवतीदेखि वृद्धवृद्धासम्म सेल्फी प्वाइन्टमा गएर फोटो खिच्ने गरेका छन् ।
सेल्फी प्वाइन्टमा फोटो खिच्दा पछाडि आकर्षकरुपमा सौराहा लेखिएको छ भने पृष्ठभूमिमा निकुञ्ज देखिन्छ । सानो लगानीमा निर्माण गरिएको भए पनि त्यहाँ पुग्ने पर्यटकले पालो कुरेरै भए पनि तस्बिर खिचाउने गरेका छन् । कतिपय पर्यटक फोटो खिच्नका लागि मात्रै भए पनि आउने गरेको रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।
मङ्सिरको पहिलो साता राखिएको सो प्वाइन्टमा अहिले सौराहाको चिनारीको रुपमा विकास भएको उनले बताए । उनका अनुसार अहिले दैनिक ३०० हाराहारी पर्यटकले सो सेल्फी प्वाइन्टमा फोटो खिच्ने गरेका छन् । उनले भने, ‘सेल्फी प्वाइन्टका कारण सौराहालाई विश्वमाझ चिनाउन सकेका छौँ ।’ थोरै लगानीमा स्थापना गरिएको यस प्वाइन्टले पर्यटकको आकर्षण बढाएको व्यवसायीहरुले बताएका छन् ।
क्षेत्रीय होटल एसोसिएसन सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले यहाँ आएका पर्यटकलाई एकपटक त्यहाँ जाऊँजाऊँ भन्ने बनाएको बताए । उनले भने, ‘यसले पर्यटकलाई सौराहा आयौँ भन्ने अनुभूति दिलाउने काम गरेको छ ।’ चितवन पोष्ट दैनिकका सम्वाददाता होमनाथ सापकोटाले पर्यटन विकासका लागि यसले मद्धत पुगेको बताए । उनले भने, “यो पर्यटन क्षेत्रका लागि नयाँ आयाम भएको छ ।”
कोरोना कहरबाट थलिएको यस व्यवसाय अहिले केही तङ्ग्रिन थालेको व्यवसायीले बताएका छन् । अहिले सौराहा बस्ने गरी आउने पर्यटकको सङ्ख्या दैनिक ६०० को हाराहारी पुगेको पूर्वअध्यक्ष घिमिरेको भनाइ छ । घुम्नका लागि मात्रै आउने पर्यटक एक हजार ५०० भन्दा बढी हुने गरेका छन् । रासस

Related Posts

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

काली मार्सी चामल जापानी बजारमा

काली मार्सी चामल जापानी बजारमा

कुखुरापालन व्यवसायमा विनोद पोखरेलको लोभलाग्दो सफलता

कुखुरापालन व्यवसायमा विनोद पोखरेलको लोभलाग्दो सफलता

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

‘बागमती नदीमा सतह बढ्न सक्छ’

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा बागमतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल...

Read more
बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा महत

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा महत

विद्यार्थीलाई अपशव्द प्रयोग गर्ने शिक्षक पक्राउ, कलेज तोडफोड

विद्यार्थीलाई अपशव्द प्रयोग गर्ने शिक्षक पक्राउ, कलेज तोडफोड

Chitwan Post

भूमिसम्बन्धी समस्या समाधान गरिने छ : अध्यक्ष ज्ञवाली

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In