भरतपुर । उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारी र उद्योग वाणिज्य संघ–चितवनबीच छलफल भएको छ ।
छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले बागमती प्रदेशका पदाधिकारीहरुलाई स्वागत गर्दै आर्थिक रुपान्तरणका लागि यस क्षेत्रका उद्योग वाणिज्य संघहरुको साझा रणनीति तय गरी सामूहिक रुपमा अघि बढ्न आग्रह गरेका थिए ।
कार्यक्रममा चितवनका अध्यक्ष श्रेष्ठ र बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले बागमती प्रदेशका उवासंघहरुको क्षमता अभिवृद्धि लानुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संघ–चितवनका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सहनलाल प्रधानले महासंघले आवधिक रणनीति तय गर्न लागेको बताए ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
अध्यक्ष श्रेष्ठ पर्यटन विकास समितिको सभापति चयन
उद्योग वाणिज्यसंघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको पर्यटन विकास समितिको सभापतिमा चयन भएका छन् । बागमती प्रदेश उवासंघको शुक्रबार हेटौँडामा सम्पन्न बैठकले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो । अध्यक्ष श्रेष्ठलाई बागमती प्रदेश उवासंघको कार्यसमिति सदस्यमा समेत मनोनयन गरेको छ । कार्यसमिति सदस्य एवम् संयोजकमा चयन हभएका श्रेष्ठले पदभार ग्रहण गर्दै यस क्षेत्रको पर्यटन विकासका लागि सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिमका कार्यक्रम तय गरी अगाडि बढ्ने बताए ।
Discussion about this post