भरतपुर । थोक बजारका लागि भरतपुर नगरपालिकाले निकालेको टेण्डर रद्द गरिने भएको छ । नगरपालिका, थोक बजार व्यवसायी, उद्योग वाणिज्य संघ, राजनीतिक दलबीच मंगलबार भएको प्रतिनिधिको उपस्थितिमा टेण्डर रद्द गरी वैकल्पिक थोक बजारको खोजी गर्ने सहमति भएको छ ।
यसअघि नगरपालिकाले दस लाखमा टेण्डर आह्वान गरेपछि व्यवसायीहरु आन्दोलित हुँदै आएका थिए । आफूहरुको आन्दोलन सहमतिपछि रोकिएको थोक बजारका अध्यक्ष थिरप्रसाद धितालले बताउनुभयो ।
Discussion about this post