ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

होटल रेष्टुराँका सञ्जाल चितवनमा

by गोविन्द अर्याल
२०७७ माघ ३, शनिबार १३:०५ गते
in अर्थ
0
होटल रेष्टुराँका सञ्जाल चितवनमा
65
SHARES
Share on FacebookShare on Twitter

चितवन, ३ माघ । राजधानी र बुटवलमा मीठो खानाका लागि ख्याति कमाएको दियालो फुडल्याण्डले माघ १ गतेदेखि आफ्नो शाखा यहाँ सञ्चालनमा ल्याएको छ । दियालो मात्रै होइन, राजधानी र अन्य शहरमा सञ्चालित होटल तथा रेष्टुराँले आफ्नो शाखा विस्तार गर्दा चितवनलाई रोज्ने गरेका हुन् ।

पर्यटकीय होटलदेखि पार्टी प्यालेस, कफी सप हुँदै बेकरीसम्मका सञ्जाल (चेन) यहाँ खोल्न थालिएको हो । यसरी आउने मुख्य शहरी क्षेत्रदेखि पर्यटकीय क्षेत्रसम्ममा छन् । मुख्यरुपमा काठमाडौँ र पोखराबाट शाखा सञ्जाल यहाँ विस्तार गर्न थालिएको छ । पोखराको ल्याण्डमार्क, बाराहीदेखि काठमाडौँ गेष्टहाउससम्मले यहाँ पर्यटकीय होटलको शाखा सञ्जाल सञ्चालनमा ल्याएका छन् । चौधरी समूहको मेघौलीमा मेघौली सेराई र भरतपुरमा फर्न चेन होटल पनि यहाँ सञ्चालनमा छन् ।

त्यसो त काठमाडौँ बेकरी, हिमालयन जाभा, ब्याकफरेष्ट, कट्टी रोल जस्ता बेकरी र क्याफे पनि यहाँ सञ्जालका रुपमा ल्याइएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे यहाँको व्यावसायिक सम्भावना बढ्दो भएपछि धेरैको चाहाना शाखा ल्याउने रहेको बताउँछन् । शाखा विस्तारका क्रममा रोजाइमा चितवन पर्ने गरेको उनको भनाइ छ । जङ्गल सफारी पर्यटनमा ख्याति कमाएको चितवनमा आउँदा दिनमा अरु धेरै चेन होटल र रेष्टुराँका सञ्जाल आउने उनको भनाइ छ ।

पर्यटन क्षेत्रमा क्रियाशील विश्व सुवेदी भरतपुरलाई केन्द्र मानेर र अन्य क्षेत्रलाई समेटेर होटल रेष्टुराँका शाखा आउने क्रम बढेको बताउँछन् । भरतपुर महानगरपालिकाको पर्यटन विज्ञसमेत रहेका सुवेदी यहाँको सम्भावनालाई देखेरै यो क्षेत्रमा लगानी भित्रिने गरेको बताउँछन् । उनले भने, “आउँदा दिनमा यस्तो होटल रेष्टुराँको भविष्य राम्रो देखिन्छ ।” यहाँका होटल रेष्टुराँले पनि आफ्नो चेन भरतपुरबाट अन्यत्र लैजाने गरेको उनको भनाइ छ ।

विगतमा बसाईका हिसाबले सस्तो मानिने चितवन पछिल्लो समय खर्चिलो शहरका रुपमा विकास हुँदै गएको छ । विवाह, व्रतबन्ध, जन्मदिनसँगै अन्य घरायसी समारोह पार्टी प्यालेस र होटलमा गर्नेक्रम बढ्दो छ । यस्तैलाई मध्यनजर गर्दै ठूला सभा समारोहमा खाना र सभाहल व्यवस्थापनमा नाम कमाएको दियालो फुडल्याण्डले आफ्नो चौथो शाखा भरतपुरमा सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–२ विक्रम मार्गस्थित यसअघि कालिका कस्ट्रक्सन रहेको ठाउँमा दियालोको चौथो शाखा सञ्चालनमा ल्याइएको हो ।

काठमाडौँको वसुन्धरा, शेषमती र बुटवलपछि भरतपुरमा अर्को शाखा सञ्चालनमा ल्याइएको हो । दियालो फुडल्याण्ड चितवन प्रालिका अध्यक्ष खोमराज खरालका अनुसार दुई हजार कुर्सी अट्ने क्षमताको सभाहल रहेको छ । यहाँ तीन हजार ५०० जनालाई खाना खुवाउने गरी कार्यक्रम गर्न सकिने उनको भनाइ छ । यससँगै होटलमा १९ वटा कोठा र १२० जना क्षमताको आकर्षक रेष्टुराँ रहेको छ । कोठा डिलक्स र सुपरडिलक्स सुविधाका छन् ।

फुडल्याण्डमा ठूलो सभाहलसँगै १०० गाडी र २०० मोटरसाइकल अट्ने क्षमताको पार्किङ रहेको छ । साना गोष्ठी र कार्यक्रमका लागि सभाकक्ष पनि रहेका छन् । खरालले फुडल्याण्डभित्र बाल उद्यान र आधुनिक कटेज पनि रहेको बताए । दियालो समूहका अतिरिक्त स्थानीय साझेदारसहितको रु १० करोड लगानीमा फुडल्याण्ड सञ्चालनमा ल्याइएको हो । दियालो समूहमा चितवन, काठमाडौँ र बुटवलका व्यवसायी रहेका छन् । फुडल्याण्डका प्रबन्ध सञ्चालक जनप्रकाश चापागाइँ जिल्लामा सबैभन्दा ठूलो हल र उच्चस्तरको खाना एवं व्यवस्थापन गर्न सकिने दाबी गरे । उनले भने, “हाम्रो समूहसँग ठूला कार्यक्रम व्यवस्थापन गर्नसक्ने अनुभव छ ।”

पाँचतारे होटलको गुणस्तरको खाना खुवाउनसक्ने उनले बताए । सभा समारोहमा क्याटरिङ प्रतिप्लेट रु एक हजार २०० देखि एक हजार ८०० सम्म लिने गरी दररेट तय गरिएको चापागाईंले जानकारी दिए ।

उनले थपे, “हामीले सफलता प्राप्त गर्नुको पछाडि स्वस्थकर र स्वादिष्ट खाना हो ।” उनी काठमाडौँको अनुपम फुडल्याण्डको सञ्चालकसमेत हुन् । दियालो फुडल्याण्डमा पाँचतारे होटलमा काम गरेको अनुभव भएका सेफलाई शेयरसहित राखिएकाले खानाको गुणस्तर उच्च रहेको चापागाईंको भनाइ छ ।

दश वर्षअघि पहिलो शाखा वसुन्धराबाट शुरु गरेको यो समूहको दोस्रो शाखा २०७५ मा बुटवलमा र २०७६ मा तेस्रो शाखा शेषमतीमा खोलिएको थियो । इटहरी र पोखरामा थप दुई शाखा सञ्चालन गर्न लागेको जनाउँदै विसं २०८० सम्ममा १० वटा पु¥याउने लक्ष्य रहेको उनले जानकारी दिए । बाह्र जनाबाट शुरु भएको फुडल्याण्डमा अहिले ३५ जना साझेदार पुगेको जनाइएको छ । रासस

Related Posts

सञ्चालनको तयारीमा चनौली शीतभण्डार

सञ्चालनको तयारीमा चनौली शीतभण्डार

चितवनमा भित्रियो बजाजको आरई बिएस ६ अटो

चितवनमा भित्रियो बजाजको आरई बिएस ६ अटो

एनसेलको ‘कुरै कुरामा उपहार’ योजना

एनसेलले ल्यायो ‘सहयात्री सिम’

Discussion about this post

अन‌ि यो पनि

सोमबार २४४० जना संक्रमित, निको हुने ११३३
प्रमुख समाचार

थप ८१ मा सङ्क्रमण पुष्टि

काठमाडौँ, १५ फागुन (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा...

Read more
जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In