ADVERTISEMENT
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘उपनिर्वाचनका सबै ठाउँमा कांग्रेसको जित’

by चितवन पोष्ट
२०७१ असार ४, बुधबार ०२:५९ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेपाली कांग्रेसका शीर्ष नेताहरुले उपनिर्वाचन हुने क्षेत्रहरुमा कांग्रेसको जित सुनिश्चित रहेको बताएका छन् । नेपाली कांग्रेस गीतानगर गाउँ समितिले मंगलबार गीतानगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका शीर्ष नेताहरुले चितवन क्षेत्र नं. ४ सहित उपनिर्वाचन हुन लागेका सबै क्षेत्रमा कांग्रेसको जित कसैले रोक्न नसक्ने दावी गरे ।
‘कांग्रेसको जित कसैले रोक्न सक्दैन’, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भने, ‘उपनिर्वाचन हुने सबै ठाउँमा कांग्रेसको जित सुनिश्चित छ ।’ चितवन क्षेत्र नं. ४ मा त भारी मत अन्तरले प्रतिपक्षीहरुलाई पराजित गर्ने छौँ ।’
नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने प्रतिबद्धता जनाउँदै नेता देउवाले लोकतान्त्रिक संविधान बनाउनका लागि पनि कांग्रेसका उम्मेदवारहरुले जित्नुपर्ने जिकिर गरे । उनले समयमै लोकतान्त्रिक संविधान बन्नेमा विश्वस्त रहन सर्वसाधारणमा अनुरोध पनि गरे ।
‘राजनैतिक स्थिरताका लागि तोकिएकै समयमा संविधान जारी गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘पहिलो संविधानसभा सदस्य निर्वाचनमा कांग्रेस हारेकै कारण संविधान बन्न नसकेको हो । अहिले संविधान पनि जारी हुन्छ, सबैको सहमतिमा संविधान आउँछ ।’
चितवन क्षेत्र नं. ४ ले सभापति सुशील कोइरालालाई निर्वाचित गराएको भन्दै यस ठाउँको विकासका लागि आफ्नो प्रयास रहने विस्वास व्यक्त गरे । उनले कांग्रेसका जुझारु कमाण्डर रामकृष्ण घिमिरेलाई निर्वाचित गर्न अपिल गर्दै क्षेत्र ४ का बासिन्दाको समस्या निवारणमा आफ्नो साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कांग्रेसले बोलेका कुरा पु¥याएरै छोड्ने पार्टी भएकाले विकास निर्माणमा प्रतिबद्धता गरेका कार्यहरु पूरा गरिछाड्ने धारणा राखे ।
‘कांग्रेस जे भन्छ, त्यो पु¥याउँछ । चुनावका बेला बोलेका कुरा पनि कांग्रेसले इमान्दारिताका साथ पूरा गर्छ’, उनले भने, ‘सुकुम्बासी समस्या समाधान र विकास निर्माणका कुरा कांग्रेसले मात्रै पूरा गर्न सक्छ ।’
दरबारिया र कम्युनिष्ट कहिल्यै पनि प्रजातन्त्रका पक्षमा नरहेको आरोप लगाउँदै उनले साम्यवादीको प्रहार सधँै कांग्रेसमाथि रहेको बताए । दरवारियाले पहिले र कम्युनिष्टले पछिल्लो समय संविधान जारी गर्न अवरोध पु¥याएको आरोप उनको थियो । संविधान र विकासका लागि चितवन क्षेत्र नं. ४ मा कांग्रेसलाई विजयी गराउनुको विकल्प नरहेको उपसभापति पौडेलको भनाइ थियो ।
सभामा अर्का केन्द्रीय सदस्य धनराज गुरुङले कांग्रेस जातीय राज्यको विरोधमा चट्टान झै अडिरहने भन्दै मुलुकमा संविधान दिने अभिभारा कांग्रेसमामात्रै रहेको बताए । सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, सभासद शेषनाथ अधिकारी, कांग्रेस नेतृ मैयादेवी श्रेष्ठ र महासमिति सदस्य दिनेश कोइरालालगायतले मन्तव्य राखेका थिए ।
सो अवसरमा नेकपा एमाले र एकीकृत नेकपा माओवादीबाट स्थानीय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रम गाउँ समिति सभापति हरिविलास कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related Posts

वीरेन्द्रनगर खानेपानीमा सिलवाल निर्वाचित

वीरेन्द्रनगर खानेपानीमा सिलवाल निर्वाचित

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

पत्रकार अधिकारीको कोरोना सङ्क्रमणबाट मृत्यु

Chitwan Post

‘कोरोनाको प्रभाव न्यूनीकरण प्रक्रिया सुरू’

Discussion about this post

अन‌ि यो पनि

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
प्रमुख समाचार

थप दुई हजार ४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

Read more
टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सामाजिक समावेशीकरणका लागि कार्यदल

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

Chitwan Post

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In