ADVERTISEMENT
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

–खेमराज गौतम

by चितवन पोष्ट
२०७७ माघ २, शुक्रबार १३:४६ गते
in समाज
0
पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा
3
SHARES
Share on FacebookShare on Twitter

गलकोट । कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहे पनि बागलुङमा अझैंसम्म पिसिआर प्रयोगशाला स्थापना भएको छैन ।

सरकारले धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला राखेर बागलुङमै कोरोना परीक्षण गर्ने गत असार १२ गते निर्णय गरेको थियो । निर्णय भएको छ महिना बित्दा सक्दासमेत पिसिआर प्रयोगशाला स्थापना नभएको हो । धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको तीन महिनापछि गत कात्तिक २७ गते पीसिआर मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको थियो ।

बोलपत्र गरिएको दुई महिना पूरा हुँदासमेत पिसिआर प्रयोगशाला निर्माणको अझै टुङ्गो लागेको छैन । धौलागिरि अस्पतालले पिसिआर निर्माणमा गरेको ढिलाइप्रति नागरिकको तीव्र गुनासो र आलोचना छ । उनीहरुले कोरोना भयावहका बेला फास्ट ट्र्याकबाट काम गर्नुपर्नेमा महिनौं लाग्ने गरी ढिलाइ गरिनु दुःखद र लापरवाही भएको बताएका छन् ।

सरकारले बजेट पठाउँदासमेत प्रयोगशाला स्थापना हुन नसक्नु लज्जाको विषय भएको अधिकारकर्मी राम शर्माले बताए । “जुन बेला बागलुङमा कोरोना भाइरस सङ्क्रमणको अत्यन्तै भयग्रस्त अवस्था थियो, त्यतिबेला १५ दिन रिपोर्ट कुर्नुपर्ने अवस्था थियो, अहिले पनि कोरोनाकै कारण ज्यान गुमाइरहेका घटना छन्” शर्माले भन्नुभयो, “अहिले परीक्षण र सक्रिय सङ्क्रमित कम हुँदा पोखराबाटै एकै दिनमा रिपोर्ट आउने अवस्था भइसक्यो, यहाँ यस्तो संवेदनशील विषयमा पनि धेरै ढिलाइ गरिएको छ । अब खोप र पिसिआर मेसिन सँगसँगै आउला जस्तो छ ।”

निर्णय भए पनि तीन महिनासम्म बजेट नआएको र ढिला बजेट आएपछि खरीद प्रक्रियामा जाँदा समय लागेको अस्पतालले जनाएको छ । नेपाल सरकारले अस्पताललाई तीन महिनाअघि पिसिआर मेसिन खरिद गर्नका लागि रु एक करोड पठाए पनि बजेट अपर्याप्त भएको भन्दै खरीद प्रक्रियामा जान सकेको थिएन । धौलागिरि अस्पतालमा पिसिआर मेसिन खरीद गर्न रु एक करोड लाग्ने भएपनि प्रयोगशाला व्यवस्थापनका लागि पर्याप्त बजेट नभएपछि पिसिआर ल्याब व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले रु ४० लाख विनियोजन गरेको थियो ।

त्यसपछि मात्रै धौलागिरि अस्पतालले पिसिआर मेसिन खरिद र प्रयोगशाला बनाउन प्रक्रिया थालेको छ । सुरुमा बजेट नभएको र पछि प्राविधिकरुपमा केही जटिलता भएकाले यस विषयमा बुझ्न समय लागेको धौलागिरि अस्पताल बगालुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र वि पोखरेलले जानकारी दिए । “मेसिन खरीद गरेपछि ल्याब सञ्चालनमा आउनु पर्दछ, केही औँजार छुट भएमा पुनः सञ्चालनमा ढिलाइ हुन्छ, त्यसैले लागत अनुमान गर्न समय लागेको हो”, उनले भने, “हामीसँग बायोलोजिकल प्राविधिकको अभावका कारण ढिला भएको हो, अहिले बोलपत्र प्रक्रियामा गएपछि चार कम्पनीले पिसिआर ल्याउन ठेक्का हालेका छन्, केही दिनमै कम्पनी छनोट गर्नेछौं ।”

ठेक्का प्राप्त भइसकेपछि ठेकेदार कम्पनीले तीन महिनाभित्र ल्याब स्थापना गर्ने समय भएकाले त्यतिबेलासम्म नेपालमा खोपसमेत आउने सम्भावना रहेको आँकलनसमेत गरिन्छ । यद्यपि, यो ल्याब अन्य प्रयोजनमा समेत उपयोग गर्न सकिनेछ । पिसिआर परीक्षण मेसिन आइहाले पनि प्रयोगशाला सञ्चालनका लागि समेत दक्षजनशक्तिको अभाव रहेको अस्पतालले जनाएको छ । पिसिआर प्रयोगशाला स्थापना भइसकेपछि दक्षजनशक्तिसमेत सरकारले पूरा गर्नेमा धौलागिरि अस्पताल आशावादी छ । साविक धौलागिरि अञ्चलको सदरमुकाममा रहेको बागलुङको धौलागिरि अस्पतालमा पिसिआर परीक्षण प्रयोगशाला भएमा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा सङ्कलन गरिएको नमूना परीक्षणका लागि गण्डकी प्रदेशको राजधानी पोखरा पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । कोरोना आशंकामै लामो समय उपचार नपाउने अवस्थाको पनि अन्त्य हुनेछ ।

अहिले बागलुङबाट परीक्षणका लागि पठाइएको कोरोना सङ्क्रमणको नतिजा आउन तीन दिन लाग्ने गरेको छ । आम नागरिकबाट परीक्षणको दायरा बढाउनुपर्ने माग फेरि उठ्न थालेको छ । गत असार १२ गते सरकारले बागलुङसहित विभिन्न स्थानमा पिसिआर मेसिन थप गर्ने निर्णय गरेको थियो । अब पिसिआर प्रयोगशाला तीन महिनाभित्र सञ्चालनमा आउने अस्पतालले दाबी गरेको छ । रासस

Related Posts

Chitwan Post

तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

Chitwan Post

पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारबाही

Chitwan Post

प्राङ्गारिक उत्पादनको बजारीकरण अभियान

Discussion about this post

अन‌ि यो पनि

अखिल नेपाल किसान महासंघ रत्ननगरको अध्यक्षमा सापकोटा
राजनीति

अखिल नेपाल किसान महासंघ रत्ननगरको अध्यक्षमा सापकोटा

रत्ननगर । नेकपाको भातृ संगठन अखिल नेपाल किसान महासंघ रत्ननगर नगर कमिटीको अध्यक्षमा रामचन्द्र सापकोटा चयन भएका छन् । किसान...

Read more
Chitwan Post

तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

Chitwan Post

पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारबाही

Chitwan Post

प्राङ्गारिक उत्पादनको बजारीकरण अभियान

मृत्युको कारण बन्दै ‘विलासी जीवन’

मृत्युको कारण बन्दै ‘विलासी जीवन’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In