प्राविधिकरुपमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अझै विभाजित छैन । तर, संसद् विघटनछि ओली र प्रचण्ड दुई पक्षका आआफ्नै नेता र समूह तयार भएका छन् । दुवैका समानान्तर गतिविधि देशैभर चलेको छ । पार्टी दुई खेमामा विभक्त हु“दा चितवनमा पूर्वमाओवादी पक्ष लगभग एकढिक्का देखिन्छ । यहा“ खास विभाजनमा पूर्वएमाले पक्षधर जिल्लाका नेता÷कार्यकर्ताहरु देखिन्छन् । चितवन साबिक माओवादीका सर्वोच्च नेता तथा हालका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला हो । दाहालले यहीँबाट चुनाव पनि जिते । चितवन साबिकको माओवादीका अर्का उच्च नेता रामबहादुर थापा बादलको पनि गृह जिल्ला हो । अहिले प्रचण्ड र बादल विभक्त नेकपाका दुई धारमा लागेका छन् । बादल चितवनमा नै आधार बढाउने योजनामा छन् । प्रचण्डलाई आधार जोगाउने चुनौती छ । यी दुईको चाहनाको तानातानमा परेका छन्, पूर्वएमालेका कार्यकर्ताहरु ।
यो तानातान चितवनमा प्रकट हुन थालिसकेको छ । पुस २० मा भरतपुरमा ओली समूहले जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना ग¥यो । भेलाको वक्ताका रुपमा गृहमन्त्री रामबहादुर थापा बादल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायत आउने प्रचार ग¥यो । नेकपा दाहाल–नेपाल समूहले जिल्लास्तरीय कार्यकर्ता भेला केही दिनअघि नै राखेको थियो, जसमा नेता सुरेन्द्र पाण्डेले बोलेका थिए । ओली समूहको प्रचारपछि दाहाल–नेपाल समूहले पनि उही मिति र उही समयमा भरतपुरमा पार्टीका नेता भीम रावल, योगेश भट्टराई र रामकुमारी झा“क्री आउने प्रचार सुरू ग¥यो । यो समूह भरतपुर महानगरस्तरीय कार्यकर्ता भेलामा जुट्यो ।
पुस २० मा एकै समयमा तर फरक–फरक स्थानमा दुवै समूहका भेला सुरू भए । यो अवस्थालाई ख्याल राखेर नै होला ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दा गृहमन्त्री रामबहादुर थापाले भने, ‘हिजो पार्टी एउटा पोखरीजस्तो थियो । अहिले नदी गड्गडाउ“दै अगाडी बढेजस्तो भइरहेको छ । हामीले त्यो देखिरहेका छौँ । हामी पार्टीलाई एकीकरण र शुद्धीकरण गर्ने नया“ अभियानमा तीव्रताका साथ लागेका छौँ ।’ मन्त्री थापाको यो भनाइपछि हलमा तालीको गड्गडाहट चल्यो । तर, कार्यकर्ता खास गरेर पूर्वएमालेकाहरुको अवस्था पोखरी फुटेर दुई कुलोमा विभक्त भएको पानीमा बगेका माछाको जस्तो देखिने अवस्था चितवनमा छ । पोखरीबाट कुलोमा दौडेका माछा कसका खेतमा पुग्ने हुन्, कसले टिप्ने हो ? अन्योल भएझैँ ।
संसद् विघटनपछि चितवनमा भएका केही गतिविधिले यही अवस्था देखाउ“छ । भरतपुर विमानस्थलको दक्षिण–पश्चिम किनारमा छ साबिकको एमाले पार्टी कार्यालय । पार्टी विभाजनपछि ओली पक्षले ताला लगाउने र दाहाल–नेपाल पक्षले खोल्ने गर्न थालेपछि अहिले यो कार्यालय प्रशासनको नियन्त्रणमा छ । पार्टी कार्यालय कसको हुने भन्ने सन्दर्भमा हिजो तत्कालीन माओवादी पार्टी विभाजन हु“दा दुई पक्षको झगडाले गोली हानाहानसमेत भएको जिल्ला हो चितवन । सायद, त्यही तहको तिक्तता आउने संकेतले होला अहिले साबिकको एमाले पार्टी कार्यालयमा प्रहरीको पहरा छ । कार्यालयभित्र नया“ मान्छे जान त परको कुरा पत्रकारहरुलाई समेत भित्र गएर फोटो खिच्न मनाही छ । बाहिरबाटै फोटो खिच्न लाग्दा एक जना प्रहरी महिलाले रोकिन् ।
भरतपुरका खगप्रसाद खनाललाई भेलामा सहभागी हुन पार्टी कार्यालय आउनुहोला भन्ने सूचना थियो । त्यसअनुसार पुस २० गते मध्यान्ह उनी साबिकको एमाले जिल्ला पार्टी कार्यालय पुगे । कपाल सेतै फुलेका खनाल साइकल चलाउ“दै पार्टी कार्यालय आउने गर्दथे । तर, त्यो दिन उनले साइकल भित्र लैजान खोज्दा प्रहरीले रोक्यो । साइकलमात्रै हैन उनलाई पनि छिर्न दिएन । माले कालदेखि नै पार्टीमा लाग्दै आएका खनाल ‘आफ्नै पार्टी कार्यालय’ छिर्न प्रहरीको अवरोध हु“दा खिन्न देखिए । ‘अब के भन्ने कसो भन्ने, पार्टी कार्यालयमा आउनू भनेपछि सीधै यतै आइयो, यहा“ यस्तो रहेछ’ भन्ने गुनासो गर्दै उनी बाटो लागे ।
साबिकको एमाले पार्टी कार्यालयदेखि झन्डै दुई किलोमिटर पश्चिम भरतपुरको कृष्णपुरमा छ साबिकको माओवादी पार्टी कार्यालय । अहिले दाहाल–नेपाल पक्षले त्यहीँबाट पार्टीको काम गरिरहेको छ । उनीहरुको भरतपुर महानगरस्तरीय कार्यकर्ता भेला पनि पुस २० मा त्यहीँ आयोजना भएको थियो । भेलामा भीम रावल त आएनन्, तर योगेश भट्टराई र रामकुमारी झा“क्रीले सम्बोधन गरे । खगप्रसाद त्यहीँ पुगे । भेलामा पूर्वमाओवादी समूहका जति उत्साहित देखिन्थे पूर्वएमाले खेमाका कार्यकर्ताहरुमा त्यो खाले चमक थिएन ।
साबिकको एमाले कार्यालयदेखि तीन किलोमिटर पूर्वमा भर्खर खुलेको एउटा पार्टी प्यालेस छ । ओली समूहको जिल्ला कार्यकर्ता भेला त्यहीँ थियो । पूर्वएमाले खेमा आफ्नो पार्टी कार्यालयभन्दा पूर्व र पश्चिम लागेर भेलामा जुट्दै थियो । दाहाल–नेपाल खेमाको कार्यक्रममा पुगेका पूर्वएमालेहरु ठान्थे– ‘अतिथि नेताहरु आफ्ना तर घर अर्काको छ ।’ ओली समूहको भेलामा पुगेकाहरु ठान्थे होलान्– ‘साथी आफ्ना तर नेता नया“ ।’ पार्टी एकता भए पनि चितवनमा पूर्वएमाले र पूर्वमाओवादी पक्षधरहरुको अन्तरघुलन भइसकेको थिएन ।
स्थानीय तह निर्वाचनमा हदैसम्म तिक्ततापूर्ण सम्बन्ध रहेको थियो, तत्कालीन एमाले र माओवादीका कार्यकर्ताहरुबीचमा । पार्टी एकताले त्यो तिक्तता पूरा गर्न नपाउ“दै पार्टी फुटेको छ । सायद, नेताहरुको अन्तरघुलन पनि बा“की नै थियो कि ? किनभने, दुई पार्टीको स्कुलिङ (पार्टी विचारधारा) फरक छ । संगठन चलाउने तौरतरिका फरक छ । नेतृत्वमा पुग्ने तरिका फरक छ । अस्तिसम्म तीव्र मतभेद थियो । नेता÷कार्यकर्ताले आआफ्नो रूचिअनुसारको समूह त रोजेका छन् । तर, हेर्दा देखिन्छ मन रमाएको छैन । खासमा पार्टी विभाजनले कसैको मन रमाउ“दैन ।
ओली खेमाको भेलाको प्रमुख वक्ता गृहमन्त्री थापा थिए । तर, सुन्ने लगभग सप्पै पूर्वएमालेहरु । त्यो दिन मञ्चमा ३१ जना बसेका थिए । तर, जगन्नाथ आचार्य र सिंहबहादुर गोलेबाहेक जिल्लास्तरका पूर्वमाओवादी नेताहरु मञ्चमा कोही थिएनन् । भेलामा स्वागत मन्तव्य राखे पूर्वएमाले समूहका कृष्ण भूर्तेलले । भूर्तेल बागमती प्रदेशसभाका सदस्य पनि हुन् । पूर्वएमाले खेमामा उनी ओली पक्षका नेता हुन् । तर अचम्म ! संसद् विघटनपछि उनी सुरूमा दाहाल–माधव खेमामा देखिए । दाहाल प्रतिनिधिसभामा निर्वाचित भएको चितवन क्षेत्र नम्बर–३ अन्तर्गतकै प्रदेशसभा क्षेत्रबाट निर्वाचित भएका हुन् भूर्तेल । उनी काठमाडौँमा भएको दाहाल–नेपाल समूहको प्रदर्शनमा पनि सहभागी भए । तर, अचानक उनी फेरि आफ्नै पूर्वखेमामा र्फिर्कए ।
ओली पक्षको भेलामा बोल्ने अर्का वक्ता थिए, पूर्वएमाले समूहकै नारायणप्रसाद अधिकारी । तर, उनी एमालेमा रह“दा नेपाल समूहका हुन् । एकीकरणअघिको एमालेको जिल्ला समितिका अध्यक्ष कृष्णभक्त पोखरेलले ओली पक्षका जगन्नाथ थपलियालाई पराजित गरेर नया“ समिति बनाएका थिए । त्यो बेला थपलियाको प्यानलबाट सचिवमा पार्वती रावल र केही सदस्यबाहेक सबै नेपाल पक्षका विजयी भएका थिए । जिल्लाको पहाडी क्षेत्रमा राम्रो प्रभाव रहेका नारायणप्रसाद अधिकारी चितवन क्षेत्र नम्बर दुईबाट सांसद्मा विजयी कृष्णभक्त पोखरेलका निकट सहयोगी पनि हुन् । तर, पार्टी विभाजनपछि उनी एकाएक पोखरेल नभएको खेमामा लागेका छन् ।
यी दृश्य र अवस्थाले नै देखाउ“छ, चितवनमा पूर्वएमाले समूह कुन हदसम्म तानातानमा परेका छन् भनेर । एमाले–माओवादी पार्टी एकीकरणपछि बनेको नेकपाको चितवन जिल्ला कार्यसमितिमा हेर्ने हो भने ओली समूहको उपस्थिति निकै झिनो देखिन्छ । एकीकृत कार्यसमिति १५५ जनाको थियो, जसमा तत्कालीन एमालेका ८० र माओवादीका ७५ जना थिए । एमालेभित्र ओली समूहबाट प्रस्ट देखिने चार जनामात्रै थिए । अहिले पार्टी विभाजन हु“दा ती सबै ओली समूहमा नै लागेका छन् । नेपाल समूहबाट पनि नारायण अधिकारी उता गए । तर, माओवादी खेमाका एकै ठाउ“ छन् । चितवनमा एकीकृत समितिमा अध्यक्षमा पूर्वमाओवादी र सचिवमा पूर्वएमाले रहेका थिए । संगठनात्मकरुपमा तत्कालीन एमाले चितवनमा निकै सशक्त मानिन्छ ।
स्थानीय तह निर्वाचनमा जिल्लाका सातमध्ये चार स्थानीय तहमा एमाले विजयी भएको थियो । बा“की तीन स्थानीय तहमा पनि झिनो मतान्तरले पराजित भएको थियो । तर, माओवादीको उपस्थित पहिलो संविधानसभा निर्वाचनपछि हदैसम्म खस्केको थियो । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसस“ग गठबन्धन गरेर माओवादीले भरतपुरमा मेयर जितेको थियो । माओवादीले माडीमा पनि मेयर जितेको थियो, तर भरतपुरमा जुन काण्ड भयो त्यसले ठूलो बदनामी बेहोर्नुप¥यो । तत्कालीन एमालेका मेयर पदका उमेदवार देवीप्रसाद ज्ञवालीले जित्ने अवस्था देखिएका बेला मतपत्र नै च्यातेर दोहो¥याएर मतदान गर्ने अवस्था सिर्जना भएको थियो । यो प्रकरणले चितवनमा तत्कालीन एमाले र माओवादीका नेता÷कार्यकर्ताको सम्बन्ध तिक्ततापूर्ण बनायो, जुन अझै पनि नमेटिएको बताइन्छ । तर, पार्टी एकीकृत हु“दा तत्कालीन एमालेले जिल्लामा नेतृत्व गुमायो । पार्टी अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला हुनुको ‘बेफाइदा’ एमालेलाई त्यही बेलै थियो ।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै भरतपुर आएर माओवादीका लागि मत मागेका थिए । तर, संसदीय चुनाव हु“दै गर्दा माओवादी–कांग्रेस गठबन्धनको सम्भावना ट¥यो । चितवनबाट चुनावमा उठ्ने घोषणा गरिसकेका दाहाल अप्ठ्यारोमा थिए । तर, एमाले र माओवादीबीच चुनावी गठबन्धन भयो । पार्टी एकीकरण नै हुने घोषणाले गठबन्धन गरेका कारण दाहाल विजयी भए । त्यो बेला जिल्लाको तिक्ततालाई देखेर नै होला दाहालका लागि मत माग्न केपी शर्मा ओली दुईपटक चितवन आए । चुनावका बेला दाहाल पनि बढीभन्दा बढी आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भए । चुनाव जितेपछि उनले भनेका थिए– ‘यसपटक बल्ल चुनाव लडेको झैँ अनुभूति भयो ।’
कहिले कहा“ कहिले कहा“बाट चुनाव लड्दै आएका दाहाल चितवनलाई स्थायी बनाउन चाहन्थे । तर, पार्टीमा आएको विभाजनले उनलाई ठूलो चुनौती दिएको छ । उता, रामबहदुर थापा बादल पनि चितवनबाटै चुनाव लड्न चाहन्थे । गएको प्रतिनिधिसभा निर्वाचनमा नै उनी यो प्रयासमा थिए । तर, राष्ट्रिय सभामा जानुप¥यो । थापाले चितवनबाट चुनाव लड्ने यो चाहना सायदै त्यागेका छन् ।
ओली समूहको जिल्ला भेलामा पनि कार्यक्रम सञ्चालक रामप्रसाद न्यौपानेले चितवनले ‘प्रचण्ड’लाई बाइबाई र ‘बादल’लाई हाइहाई गर्ने उद्घोष गरे । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पनि ‘प्रचण्डले अब चितवनबाट चुनाव जित्नै नसक्ने’ ठोकुवा गरे । दाहालले कि चुनाव बहिष्कार गर्ने र उठ्न परे कुनै ‘सुरक्षित’ नया“ ठाउ“ खोज्ने पोखरेलले बताए । यसरी हेर्दा आउ“दा दिनमा पूर्वएमालेहरु चितवनमा ‘बादल’ वा ‘प्रचण्ड’लाई हाइहाई र बाइबाई गर्ने अभियानमा नै केन्द्रित हुने देखिन्छ । जब कि, जिल्लाको पूर्वमाओवादी खेमा भने दाहालकै पक्षमा एकजुट छ । खासमा केन्द्रमा नेकपा फुट्दा चितवनमा पूर्वएमाले समूह फुटेझैँ भएको छ ।
Discussion about this post