भरतपुर । नवपुस्ताका उपन्यासकार आकाश पौडेलको पहिलो उपन्यास ‘तपस्या’ भोलि माघ ३ गते सप्तगण्डकी बहुमुखी क्याम्पसको सभाहलमा विमोचन हुने भएको छ । युरेका पब्लिकेसनबाट प्रकाशित उपन्यास विमोचन कार्यक्रमको आयोजना सम्पूर्ण किताब नारायणगढ र युरेका पब्लिकेसनले संयुक्तरुपमा गर्नेछन् ।
चार वर्षको लामो प्रयासपछि किताब सार्वजनिक गर्न लागेको पौडेलले जानकारी दिए । सबैको रोजाइमा पर्ने विषयवस्तु ‘तपस्या’ लाई नै मध्यनजर गर्दै उक्त उपन्यास लेखेको उनले बताए । कक्षा १२ को परीक्षा दिएपछि खाली भएको समयमा लेख्न सुरू गरेको उपन्यासले अहिले पूर्ण आकार पाएकोमा उनले खुसी व्यक्त गरे । उपन्यासको विषयवस्तु प्रेमकथामा आधारित छ ।
Discussion about this post