बागमती प्रदेश प्रहरीको टेलिभिजन कार्यक्रम

अन‌ि यो पनि

हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिहीबारदेखि पाक्षिक टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालन गरेको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडाबाट स्याटेलाइट प्रणालीमार्फत् सञ्चालित नेसनल गोल्ड टेलिभिजनबाट प्रत्येक महिनाको १ र १५ गते प्रहरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

बागमती प्रदेशअन्तर्गतका प्रहरी इकाइहरुबाट सम्पादित कामकारबाहीको सम्बन्धमा आमनागरिकलाई जानकारी गराउने, शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आमनागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमूलक सामग्री प्रसारण गर्ने र नागरिकबाट रायसुझाव संकलन गरी शान्तिपूर्ण समाज निर्माणमा नागरिक दायित्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

पुस ८ गते बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामा र सर्वोत्कृष्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक उज्ज्वल चौलागाईंबीच टेलिभिजन कार्यक्रम सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता भएसँगै पाक्षिकरुपमा आधा घन्टाको कार्यक्रम बेलुकी ७ः३० बजे नियमित प्रसारण हुने भएको हो ।

टेलिभिजन कार्यक्रमको शुभारम्भ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबाट एक कार्यक्रमका बीच शुभारम्भ गरिएका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता मीना चौधरीले जानकारी दिइन् ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया