भरतपुर । भरतपुर अस्पताल सरसफाइ अभियान सातौँ हप्तामा प्रवेश गरेको छ । भरतपुर अस्पताल क्षेत्रलाई सफा राख्नका लागि युवाहरुले सुरू गरेको अभियान सातौँ हप्तामा प्रवेश गरेको हो ।
‘स्वच्छ वातावरण, स्वास्थ्य जीवन, फोहोरमैला जथाभावी फाल्ने समाजका शत्रु हुन्’ भन्दै अस्पताल विकास समितिको समन्वयमा विभिन्न सामाजिक समूहहरुले अस्पताल क्षेत्र वरपर सरसफाइ गरिरहेका छन् । सातौँ हप्तामा भरतपुर महानगरपालिका, वे ग्रुप, यात्रा ग्रुप, सन्देश फÞाउन्डेसन नेपाल, महानगर युवा सञ्जाल, दारी ग्याङ, युनाइटेड चितवन, बार्सा नेपाल, ग्रिनल्याण्ड पब्लिक स्कुललगायतका संघसंस्थाहरुले सरसफाइ गरेका छन् ।
यसैबीच, ग्रिनल्याण्ड पब्लिक स्कुलले भरतपुर अस्पताललाई बोतल बिन सहयोग गरेको छ । स्कुलसँगै विद्यालयका इको क्लब, कम्युनिटी क्लब, खुसीको संसारले अस्पताललाई बोतल बिन सहयोग हो । विद्यार्थीहरुले जन्मदिनको अवसरमा यी क्लबहरुमा संकलन गरी राखेको रकमसहित विद्यालयको सहयोगमा उक्त बोतल बिन अस्पताललाई हस्तान्तरण गरिएको हो ।
उक्त बोतल बिन विद्यालयकी प्राचार्य इन्दिरा कार्की, सहप्राचार्य उपेन्द्र आचार्य, इको क्लबका अध्यक्ष रिकेन आले मगर, कम्युनिटी क्लबकी अध्यक्ष सोनिशा खड्का र उपाध्यक्ष निकिता पन्तले संयुक्तरुपमा अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गरेका थिए ।
Discussion about this post