भरतपुर । लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सवका अवसरमा लायन्स क्लब अफ चितवन इस्ट तथा लिओ क्लब अफ चितवन इस्टको संयुक्त आयोजनामा खैरहनी माविका ७७ जना विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
खैरहनी नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेको प्रमुख आतिथ्यता एवं लायन्स क्लब चितवन इस्टका अध्यक्ष भीमबहादुर पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा सामजिक विकास समितिका संयोजक मनेजर महतो, शिक्षा शाखा प्रमुख राजु बानियाँ, स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी, समाजसेवी मुरलीप्र्रसाद गजुरेल, पूर्वअध्यक्ष तथा न्यानो कपडाका दाता बुद्धिराज डल्लाकोटी, कार्यक्रम संयोजक रक्की खरेल, खैरहनी माविका प्रधानाध्यापक शम्भु बर्तौलालगायतको सहभागिता रहेको थियो ।
Discussion about this post