ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दामन भ्यूटावर बन्द : पर्यटक खिन्न

by गोविन्द अर्याल
२०७७ माघ १, बिहीबार १३:३६ गते
in प्रमुख समाचार
0
दामन भ्यूटावर बन्द : पर्यटक खिन्न
2
SHARES
Share on FacebookShare on Twitter

टिस्टुङ, १ माघ (रासस) : मकवानपुरको पर्यटकीय क्षेत्र दामनको भ्यूटावरका बारेमा अपरिचित कमै होलान् । हाजिरी जवाफ प्रतियोगिता र लोकसेवा परीक्षामा समेत सोधिने प्रश्न हो– नेपालको शीतल भ्यूटावर । दामनमा रहेको यो शीतल भ्यूटावर अहिले बन्द छ । गत असोजदेखि भ्यूटावर पूर्णरूपमा बन्द रहेको दामन बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टासी शेर्पाले जानकारी दिए ।

कोभिड–१९ का कारण लकडाउन घोषणा भएयता भ्यूटावरमा आउने पर्यटकको सङ्ख्या कमी हुँदै गएको थियो । लकडाउन खुकुलो भएसँगै विस्तारै पर्यटकको सङ्ख्या वृद्धि हुन थाले पनि भ्यूटावरमा रहेका दूरविनमा समस्या भएको जनाउँदै ग्राहकले व्यापक गुनासो गर्न थालेपछि भ्यूटावर व्यवस्थापनले टावर बन्द गरेको हो । भ्यूटावरसँगै सञ्चालनमा रहेको रिसोर्ट पनि बन्द भएको छ ।

दामन भ्यूटावर एण्ड रिसोर्टका सञ्चालक प्रकाश होटल इन्टरनेशनलका प्रतिनिधि भरत गोपालीले भ्यूटावरमा नयाँ दूरविन राख्न र टावर मर्मत गर्न नगरपालिकालाई पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले टावर बन्द गर्नुपरेको जानकारी दिए । थाहा नगरपालिकाले दामन भ्यूटार र रिसोर्ट दुवै सञ्चालन गर्ने गरी विसं २०७५ कात्तिक १५ गते प्रकाश होटल इन्टरनेशनललाई पाँच वर्षका लागि ठेक्कामा दिएको थियो । कूल रु ४७ लाख ६३ हजारमा ठेक्कामा लिएकामा नगरपालिकाले नयाँ दूरविन उपलब्ध नगराएको, अन्य पूर्वाधार निर्माणमा पनि सहयोग नगरेको र कोभिड–१९ का कारण चल्न नसकेको जनाउँदै सो इन्टरनेशनलले सम्झौतामा पुनःविचार गर्न माग गर्दै आएको छ ।

विसं २०२१ मा तत्कालीन राजा महेन्द्रले रानी इन्द्रराज्य लक्ष्मीको आग्रहमा भ्यूटावरको निर्माण गरेका थिए । नेपालकै पहिलो भ्यूटावर टावरको रूपमा रहेको भ्यूटावरको नाम शीतल भ्यूटावर राखिएको थियो । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टले समेत होटल सञ्चालन गरेको भ्यूटावरमा दुई शक्तिशाली दूरविन राखिएका थिए । दूरविनबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जन बढी हिमशृङ्खला नजिकै देख्न सकिन्थ्यो ।

थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्री भ्यूटावरमा रहेको दूरविन करिब एक दशकदेखि नै काम नलाग्ने अवस्थामा रहेको जानकारी दिए । शुरुमा पर्यटन विभागको मातहतमा रहेको टावर डेढ दशकअघिदेखि जिल्ला विकास समितिले ठेक्कामार्फत सञ्चालन गर्दै आएको थियो । विसं २०७२ को संविधानले स्थानीय स्रोतको सञ्चालनमा स्थानीय तहलाई अधिकार प्रदान गरेपछि जिल्ला विकास समितिले थाहा नगरपालिकालाई भ्यूटावरको स्वामित्व हस्तान्तरण गरेको थियो । भ्यूटावर नगरपालिकाको स्वामित्वमा आएपछि जननिर्वाचित प्रतिनिधिको नगरसभाले भ्यूटावरमा राख्न दूरविन खरिद गर्नका लागि बजेट विनियोजन गर्दै आएको छ । अहिलेसम्म दूरविन ल्याउन सकेको छैन ।

गत आर्थिक वर्ष २०७६/७७ मा दूरविन खरिद गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको भए पनि पर्यटन मन्त्रालयले नै उपलब्ध गराउने आश्वासन पाएपछि बजेट संशोधन गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए । नगरपालिकाले चालु आव २०७७/७८ का लागि प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत भ्यूटावर मर्मत शीर्षकमा रु चार लाख बजेट छुट्याएको छ । भ्यूटावरमा नयाँ दूरविन राख्न दूरविन खरिदको प्रक्रिया शुरु गरिएको उनले बताए ।

अहिले भ्यूटावर र रिसोर्ट दुवैको मूलढोकामा ताल्चा झुण्ड्याइएको छ । दामनको पर्यटकीय मनोरम हावापानीमा रम्दै भ्यूटावरमा रहेको दूरविनबाट दृश्यावलोकन गर्ने योजना बनाएर दामन आउने पर्यटक खिन्न हुँदै फर्किने गरेका छन् । “पर्यटक भ्यूटावर चढ्न भनेर आउँछन्, मूलढोकामा ताला झुण्डिएको देखेर खिन्न भएर फर्किन्छन्”, भ्यूटावर नजिकै होटल सञ्चालन गर्दै आएका सुरथ अधिकारीले भने ।

अर्का होटल सञ्चालक दावा शेर्पाका अनुसार दामनको पर्यटनको आधा हिस्सा भ्यूटावरले धानेको थियो । नेपालकै एक मात्र पर्वतीय वनस्पति केन्द्र, शीतोष्ण वागवानी केन्द्र, वनभोजस्थल, फोटो खिच्ने (सेल्फी) डाँडा, नेपालकै लामो भ¥याङ आदि दामनका पर्यटकीय आकर्षणका केन्द्र भए पनि अधिकांश पर्यटक भ्यूटावर भएकै कारण आउने गरेको होटल व्यवसायीको भनाइ छ । भ्यूटावर चढ्ने र दृश्यावलोकन गर्ने योजनाले आएका पर्यटक स्थानीय होटल तथा रिसोर्टमा बस्दा स्थानीय व्यापार बढ्ने गरेको थियो । अहिले खास अवसरमा बाहेक दामनमा पर्यटक आउनै छाडेको होटल व्यवसायीको गुनासो छ ।

गर्मीयाममा अति गर्मी र जाडोयाममा हुस्सुले निस्सासिँदो तराई र सीमावर्ती भारतीय पर्यटकका लागि दामन उपयुक्त गन्तव्य हो । काठमाडौँको धुवाँ, धुलो र भीडभाडबाट मुक्त भएर प्राकृतिक सुन्दरतासँगै आनन्द लिन पनि दामन उपयुक्त छ । तर भ्यूटावर बन्द हुँदा यस वर्ष नयाँ वर्षमा समेत दामन पर्यटकको गन्तव्य बन्न नसकेको थाहा होटल एशोसिएशनले जनाएको छ । भ्यूटावर सञ्चालन गरेर दूरविनको व्यवस्था मात्रै गर्न सके पनि दामन पुरानै लयमा फर्किन सक्ने एशोसिएशनका अध्यक्ष खत्रीले बताए ।

Related Posts

नेपालमै पाइलट प्रोजेक्टको रुपमा चितवन छनोट : भरपर्दाे बन्दै कृषि र पर्यटनलक्षित मौसम पूर्वानुमान

नेपालमै पाइलट प्रोजेक्टको रुपमा चितवन छनोट : भरपर्दाे बन्दै कृषि र पर्यटनलक्षित मौसम पूर्वानुमान

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

Discussion about this post

अन‌ि यो पनि

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला
राजनीति

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

मोरङ, ३ माघ (रासस) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई...

Read more
रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In