कावासोती । नेकपा एमालेको नवौं महाधिबेशन प्रतिनिधि छनौटका लागि असार सात गते जिल्लाका ८ ठाउँमा निर्वाचन गर्ने भएको छ । एमाले नवलपरासीको कावासोतीमा सम्पन्न १० औं सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले निर्वाचनका लागि सहयोग पु¥याउन सबै क्षेत्रीय कमिटीको बैठक ४ र ५ गते सम्पन्न गर्नुपर्ने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष तिलक महतले जानकारी दिनु भयो ।
एमाले नवलपरासीमा पाँचहजार पाँच सय संगठीत सदस्य रहेको छन् । संगठित सदस्यहरुको आधारमा ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने छन् । महिलाको हकमा एक सय पचास सदस्य बराबर एक प्रतिनिधि, दलित र मजदुरका लागि एक सय सदस्य बराबर एक जना निर्वाचित हुनेछन् । अन्यको हकमा दुई सय बराबर एक जना प्रतिनिधि हुन्छन् । केन्द्रीय सल्लाहकार, २ ज्येष्ठ कम्युनिष्ट मञ्च २, र वैकल्पिक केन्द्रीय सदस्य बैजनाथ चौधरीसहित ३८ प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन् ।
Discussion about this post