भरतपुर । आइसिएफसी फाइनान्स लिमिटेडले आफ्नो सत्रौँ वार्षिक साधारण सभा बुधबार टंगाल काठमाडौँमा सम्पन्न गरेको छ ।
सभाबाट आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत (बोनस र नगद) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । सभाले संस्थाको नियामावलीअनुसार संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रामबाबु पन्त, सुशीलकुमार अर्याल र डा. वीरेन्द्रकुमार साहलाई आगामी चार वर्षको लागि सर्वसम्मतबाट सञ्चालकमा चयन गरेकोे छ । साथै, आर्थिक वर्ष ०७७/७८ को लागि बाह्य लेखापरीक्षक एसएआर एसोसिएट्सलाई नियुक्त गरेको छ ।
चुक्ता पुँजी रु. ९२ करोड ६५ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो १८ वटा शाखा तथा एक एक्सटेन्सन काउन्टर र १७ वटा एटिएममार्फत् ७१ हजारभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालू आर्थिक वर्षसम्म रु. १४ अर्ब १२ करोड निक्षेप संकलन र रु. ९ अर्ब ९८ करोड कर्जा प्रवाह गरिसकेको छ ।
Discussion about this post