खैरहनी । खैरहनीको पर्सा बजारस्थित उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष कृष्णप्रसाद अधिकारी चयन भएका छन् ।
सहकारीको आठौँ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले अधिकारीलाई तेस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा राजु गौतम, सचिवमा नारायण महतो र कोषाध्यक्षमा रामचन्द्र कोइराला चयन भएका छन् ।
त्यस्तै संचालक सदस्यहरुमा मुरलीप्रसाद गजुरेल, अनिल कुँवर, किरण अधिकारी, सुनिता वासी र सपना राना चयन भएका सहकारीका कार्यकारी निर्देशक उत्तम अधिकारीले जानकारी दिए । अधिवेशनले लेखा सुपरीवेक्षण समिति पनि निर्विरोध चयन गरेको छ ।
डिभिजन सहकारी कार्यालय चितवनका पूर्व सहकारी निरीक्षक मिष्टरबाबु घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
Discussion about this post