ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अघि बढ्यो ऐतिहासिक लौरीतालको स्तरोन्नति

–होमनाथ सापकोटा

by चितवन पोष्ट
२०७७ माघ १, बिहीबार ०८:१९ गते
in समाज
0
अघि बढ्यो ऐतिहासिक लौरीतालको स्तरोन्नति
36
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । रत्ननगरको टाँडी बजारनजिक रहेको लौरीतालको स्तरोन्नति गरी उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी काम अगाडि बढाइएको छ । ऐतिहासिक मह¤व बोकेको लौरीताललाई सुन्दर पार्कको रुपमा विकास गरी पर्यटकीय गन्तव्य बनाउन थालिएको हो ।
सौराहामा आउने स्वदेशी तथा विदेशी पर्यटक भिœयाउने गरी आकर्षक ताल बनाएर डुङ्गा सयरदेखि ढुङ्गेधारा तथा कुण्ड बनाउने योजना रहेको छ । लौरीतालको विकासका लागि डिपिआर तयार गरी सोहीअनुसार काम अगाडि बढेको निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष गोपालराज कर्माचार्यले जानकारी दिए ।
डिपिआरअनुसार तोकिएका सबै पूर्वाधार निर्माण गर्न १२ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ । १२ बिघा क्षेत्रफलमा तालसहितका अन्य पूर्वाधार निर्माण हुनेछ । आकर्षक ताल र तालको वरिपरि बोटानिकल गार्डेन, मर्निङ वाक गर्ने सुविधासहितको रिङरोड, साइकल लेन, झोलुङ्गे पुल, गेष्ट हाउस, खुद्रा पसल, डेक्स, क्याफे, चिल्ड्रेन पार्क, वनभोज स्थल, वृद्धवृद्धाका लागि विश्रामस्थललगायतका पूर्वाधार निर्माण हुनेछ ।
तालको छेउमा रहेको बुद्धको मन्दिरदेखि शिव मन्दिरसम्म झोलुङ्गे पुल बनाएर पार्कलाई आकर्षक बनाउने योजना रहेको निर्माण समितिका संयोजक कर्माचार्यले बताए । तालको शिरमा मन्दिरसहितको ढुङ्गेधारामा कुण्ड निर्माण गरी धार्मिक पर्यटक भिœयाउने दीर्घकालीन योजना रहेको भन्दै कर्माचार्यले रमणीय क्षेत्रमा पर्यटक रमाउनेदेखि भगवान्को दर्शनका लागि आउने पर्यटकहरुको समेत आवश्यकता पूरा गरिने बताए । ‘हामी बूढानीलकण्ठ भगवान्लाई रत्ननगरमै ल्याउने योजनामा छौँ’, उनले भने, ‘यसमा हामी सफल भयौँ भने धार्मिक पर्यटक भिœयाउने उपयुक्त थलो लौरीताल बन्नेछ ।’
तालमा पर्यटकलाई डुङ्गा सयरदेखि माछापालन गरिने छ । पूर्वाधार निर्माण गरिने १२ बिघा जग्गामध्ये करिब २ बिघा सार्वजनिक जग्गा हो । बाँकी निजी जग्गाका लागि स्थानीयवासीहरुसँग सहमति लिने काम भइसकेको छ । स्थानीय ६१ जनाको निजी जग्गा पार्क निर्माणमा प्रयोग हुने र क्षेत्रफलको आधारमा शेयर प्रदान गर्ने लिखित सहमति भइसकेको अध्यक्ष कर्माचार्यले बताए ।
जग्गाको रेखाङ्कन गर्ने काम बाँकी रहेको र केही दिनभित्र नापी कार्यालयबाट प्राविधिक ल्याएर त्यो काम सुरू गरिने छ । ऐतिहासिक मह¤व बोकेको लौरीताल जैविक विविधता र सिमसार क्षेत्रको दरिलो स्रोत हो । यहाँ दुर्लभ मानिएको सुन कछुवासमेत पाइन्छ । ‘लौरीताल ऐतिहासिक मह¤व बोकेको रत्ननगरकै गहना हो’, निर्माण समितिका संयोजक कर्माचार्यले भने, ‘यसलाई जोगाउन सकिएन भने रत्ननगरको सुन्दरता गुम्नेछ ।’
रत्ननगर नगरपालिका र उद्योग वाणिन्य संघ रत्ननगरको सहकार्यमा प्रदेश सांसद् कृष्णप्रसाद खनाल, कञ्चन खनाल र निवर्तमान प्रतिनिधिसभा सांसद् सुरेन्द्र पाण्डेको विशेष पहलमा लौरीतालको स्तरोन्नति गरी पर्यटकीयस्थल बनाउन लागिएको हो । लौरीतालमा पर्यटकीय पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले १५ लाख रूपैयाँ विनियोजन गरेको छ ।
तालको स्तरोन्नति गरी पूर्वाधार निर्माणको विषयमा निर्माण समितिका संयोजक कर्माचार्यले रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारीसहित व्यवसायीसँग मंगलबार छलफल गरेका छन् । छलफलमा सहभागी व्यवसायीहरुले तौरीतालको विकास रत्ननगरवासीको सपनाको विषय भएकाले सांसद्हरुको पहलमा अघि बढेको काम रोकिन नहुने निष्कर्ष निकालेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले स्थानीय सरकार, प्रदेश सरकार र यस क्षेत्रका सांसद्हरुको निर्देशनअनुसार ताल निर्माणमा जुट्नुपर्ने बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले तौरीताललाई सौराहाको पर्यटनसँग जोडेर आम्दानीको स्रोत बनाउन सकिने बताए । ‘तालको स्तरोन्नतिका लागि अघि बढेको काम रोकिन हुँदैन’, उनले भने, ‘यसका लागि हामी व्यवसायीको तर्फबाट गर्नुपर्ने सबै खाले भूमिका निभाउन तयार छौँ ।’
संघका निवर्तमान अध्यक्ष राजाराम रेग्मी, पूर्वअध्यक्षहरु नारायणकाजी श्रेष्ठ, केशवनारायण श्रेष्ठ, उपाध्यक्षहरु पुरू खनाल, रघुनाथ भट्टलगायतले ताल निर्माणका बाँकी काम तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

 

Related Posts

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

Discussion about this post

अन‌ि यो पनि

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी
समाज

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

इनरुवा । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा मंगलबार माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने...

Read more
प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In