ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनका थारु समुदायले आज खिचरा उत्सव मनाउँदै

–कुलप्रसाद काफ्ले

by चितवन पोष्ट
२०७७ माघ १, बिहीबार ०७:४८ गते
in कला
0
चितवनका थारु समुदायले आज खिचरा उत्सव मनाउँदै
231
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । आज (बिहीबार) माघ १ गते । थारु समुदायले आजको दिनलाई नयाँ वर्षका रुपमा माघी पर्व मनाउने प्रचलन छ । चितवनका थारु समुदायले भने आजको दिनलाई खिचरा उत्सवका रुपमा मनाउँदैछन् । पुसको अन्तिम दिन पकाइएको खिचडी माघ १ गते खाने भएकाले आजको दिनलाई खिचरा उत्सवका रुपमा मनाउने गरिएको यहाँका थारु अगुवाहरु बताउँछन् ।
माघ १ गते जलाशयमा गएर पूजाआजा गरी ठूलाबाट सानाले आशीर्वाद लिने र अघिल्लो दिन पकाइएका खानेकुरा खाने प्रचलन रहेको थारु अगुवा थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले बताए । ‘पुसको अन्तिम दिनलाई माघ १ गतेकोे दिनमा खानेकुरा तयार गर्ने दिनका रुपमा लिइन्छ’, उनले भने, ‘हामीले बिहान तालतलैयामा गएर सूर्याेदयलाई जल चढाउने, पूजा गर्ने र दानदक्षिणा दिने गर्छौं ।’ विवाह भइसकेका दिदीबहिनी, भिनाजु तथा ज्वाइँहरुलाई आजकै दिन लिन जाने गरिन्छ ।
हिजो पकाइएको माछा, खिचडी र उसिनेको चिचर आज सपरिवार बसेर हर्षाेल्लासका साथ खाँदै पर्व मनाउने प्रचलन छ । यसदिन अघिल्लो वर्षको प्रगति प्रतिवेदन सुन्दै नयाँ योजना बनाएर अघि बढ्ने संकल्प पनि गरिने उनले बताए । पुसको अन्तिम दिन दाजुभाइहरु बैठक बसेर वर्षभरि भएका हिसाबकिताब बुझाउने र नयाँ घरमुली छान्ने काम हुने उनी बताउँछन् । थारु समुदायले बुधबार मछवारी (माछा मार्ने) गरे । ‘दाजुभाइहरुको बैठकमा घरमुलीले वर्षभरि भएका हरहिसाब बुझाउने प्रचलन छ’, उनले भने, ‘आजको दिन नयाँ घरमुली छान्ने दिन पनि हो, मछवारीको दिनमा यही छलफल गर्ने गरिन्छ ।’
राणाकालीन व्यवस्थामा चितवनमा थारु जातिका पाँचवटा प्रगाना (क्षेत्र) रहेका थिए । एउटा प्रगानामा एक जना चौधरी हुने व्यवस्था थियो । थारु जातिमा गाउँको मालिकलाई महतो र १४ गाउँका मालिकलाई चौधरी भन्ने पुरानो परम्परा छ । चौधरीको घरमा गएर गाउँको मालिक छान्ने परम्परा रहेकोमा यस्तो परम्परा चितवनमा भने हराउँदै गएको उनी बताउँछन् ।
‘चितवनमा यस्तो परम्परा हराउँदै गएको छ’, उनी भन्छन्, ‘गाउँको जिमुवाल (मालिक) हो भनेर देशका केही ठाउँमा अझै पनि मान्ने चलन छ । जिमुवालले कुलोपानीको व्यवस्था गर्ने, ब्रह्मस्थान, बाटाघाटो, झैझगडा मिलाउने काम गर्छ ।’ जिमुवालले आजको दिन प्रतिवेदन बुझाउनुपर्ने परम्परा रहेको उनले बताए । चितवनमा खिचरा उत्सवको अवसरमा गत वर्षहरुमा खिचरा महोत्सव हुँदै आएको थियो । यसवर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना नगरिएको उनको भनाइ छ ।

Related Posts

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

Chitwan Post

चितवन फोटोग्राफी संघको साधारण सभा

नारायणी कला मन्दिरको साधारण सभा

नारायणी कला मन्दिरको साधारण सभा

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In