ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निकुञ्जको जागिरले बनायो पर्यटकीय होटलको मालिक

by चितवन पोष्ट
२०७७ पुष २९, बुधबार १५:३४ गते
in अर्थ
0
निकुञ्जको जागिरले बनायो पर्यटकीय होटलको मालिक
569
SHARES
Share on FacebookShare on Twitter

चितवन । तीन दशकसम्म वन, वन्यजन्तु र पर्यटनसँग सम्बन्धित जागिरे जीवन बिताएका गणेश शर्मा पौडेललाई निवृत्त जीवनमा पनि तिनै सम्पदाप्रतिको मोहले छोडेन । जागिरे जीवनमा भोगेका र देखेका अनुभवलाई समेटेर उनले निकुञ्जको काखमा अहिले सुविधा सम्पन्न होटल सञ्चालन गरेका छन् ।

वन र वन्यजन्तु संरक्षणप्रतिको उनको मोह निवृत्त जीवनमा अरु थपिँदै गएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी किनारमा उनको जङ्गल भिल्ला रिसोर्ट रहेको छ । नदी छेउमा उभिएर निकुञ्जतर्फ देखाउँदै उनले भने “अहिले पनि मलाई निकुञ्जकै कर्मचारी झैं लाग्छ ।” यहाँका वन र वन्यजन्तुप्रतिको माया अरु बढ्दै गएको बताउँदै उनले थपे, “भाग्यले आज यिनै सम्पदा पर्यटकलाई देखाएर आम्दानी मात्रै गरेको छैन, यिनको संरक्षणमा पनि जुट्दै आएको छु ।”

जिल्लाकै ठूलो मध्येको होटल पौडेलको पर्दछ । विसं २०३८ मा प्रशासनको मुखियाबाट जागिरमा प्रवेश गर्नुभएका पौडेल दुई वर्ष ढोरपाटन र दुई वर्ष पर्सा राष्ट्रिय निकुञ्जको आधाभारमा रहेपनि बाँकी २६ वर्ष चितवन राष्ट्रिय निकुञ्जमा नै बिताए । भरतपुर शीतलपानी निवासी पौडेलले जागिरकै सिलसिलामा राप्ती नदी किनारको नौ जना साथीभाइ मिलेर एक बिघा १० कठ्ठा जग्गा किने । निवृत्त जीवनमा कहिलेकाहीँ घुम्न आउँदा बस्ने ठाउँ साना टहरा बनाउने सोचका साथ सो जग्गा खरिद गरेका थिए । निकै सस्तो मूल्यमा खरिद गरेको उक्त जग्गामा ठूलो बाढी पसेपछि साथीहरुले ‘तपाइँकै जोडबलले किनेको हो, हाम्रो लगानी फस्यो, जे जति आउँछ दिनुहोस्’ भनेपछि पौडेलले एकल स्वामित्वको बनाए ।

काठमाडौँमा बसेर काम गर्दै गरेका भाइ सविन पौडेलसँग परामर्श गरेपछि ऋण धन गरेर साथीहरुको पैसा फिर्ता गरेसँगै उक्त जग्गा उनको एकल स्वामित्वमा आयो । जग्गा आफ्नो भएपछि त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने दाजुभाइको छलफलपछि सानो होटल सुरु गर्ने निर्णयमा उनी पुगे ।

एकातर्फ होटल बन्दै गयो भने पर्यटकको आगमन राम्रो भएसँगै होटललाई विस्तार गर्ने सोच उनमा विकास भयो । उनले भने, “आन्तरिक पर्यटकलाई लक्षित गरेर सानोतिना होटल बनाउने सोच थियो । विस्तारको काम गर्दै जाँदा रिसोर्ट बनाउन पुगियो ।” सँगै रहेको जग्गा थप गर्दै अहिले चार बिघामा रिसोर्ट फैलिएको छ ।

शुरुमा २४ कोठाबाट शुरु भएको रिसोर्ट विस्तार हुँदै जाँदा अहिले ३८ कोठा पुगेको छ । तीमध्ये दुई वटा ‘स्वीट रुम’समेत छन्् । विस्तारको क्रममा सभाहल, पौडी पोखरी, आकर्षक सोधपुछ कक्ष, पार्किङ, बगैँचा थपिएका छन् ।

राप्ती नदीको किनारमै रहेको होटलको बाहिरी भागबाट सजिलै वन र वन्यजन्तु देख्न पाइन्छ । त्यसो त वर्षामा नदी बढ्दा कुनै कुनै वर्ष उनको होटलमै पानी पस्नेसमेत गर्दछ । होटलकै परिसरमा दुर्लभ एकसिङ्गे गैँडा, हात्तीलगायतका वन्यजन्तु ओहोरदोहोर गर्दछन् भने राप्ती नदीमा घडियाल र चराचुरुङ्गी रमाएको नजिकबाट नियाल्न सकिन्छ ।

होटलमा पर्यटक घुमाउनका लागि दुई वटा हात्ती, दुई वटा जीप र दुई वटा डङ्गा छन् । उहाँ भन्नुहुन्छ, ‘‘विसं २०७२ को भूकम्पअघि कोठा पु¥याउन नसक्ने गरी विदेशी पर्यटक आउने गरेका थिए । त्यसपछि नाकाबन्दी र कोरोनाका कारण व्यवसाय शिथिल भएको छ ।’’

दशैँ तिहारपछि भने विस्तारै पछिल्ला दिनमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि भने उहाँमा पुनः आशाको किरण पलाएको छ । यतिबेला उहाँले आन्तरिक पर्यटकलाई ४० प्रतिशत छुटमा होटलको सुविधा दिँदै आएका छन् । अरुबेला ८० प्रतिशत विदेशी हुने भए पनि अहिले अधिकांश स्वदेशी पर्यटक मात्रै छन् ।

विगतका वर्षमा वार्षिक झण्डै चार हजार पर्यटकलाई सेवा दिएर रु पाँच करोडभन्दा बढीको व्यापार गरेको स्मरण गर्दै उनले अब पुनः व्यवसाय पूर्ववत् अवस्थामा फर्किनेमा आफू विश्वस्त रहेको बताउँछन् । आफ्नो होटलमा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्चपदस्थ व्यक्तिदेखि विदेशी विशिष्ट व्यक्ति समेतलाई सेवा दिन पाएको उनले जानकारी दिए ।

उनका भाइ सविनले काठमाडौँमा ट्राभल्स सञ्चालन गर्नुहुन्छ भने आफूले यहाँको होटल हेर्दै आएको उनी बताउँछन् । निकुञ्जको जागिरे जीवन व्यथित गर्दै गर्दा यति ठूलो होटल आफैँले सञ्चालन गर्छु भन्ने कल्पना नगरेको भए पनि परिस्थितिले आफूलाई सुविधा सम्पन्न होटलको मालिक बनाएकामा भने उनलाई गर्व छ । रासस

Related Posts

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

Chitwan Post

एनसेलद्वारा च्याटबोट सेवा ‘माया’ सुरू

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In