ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विश्लेषण असामयिक संसद् विघटनका कारण र परिणाम

नरनाथ पाण्डे

by चितवन पोष्ट
२०७७ पुष २९, बुधबार ०९:५४ गते
in विचार
0
विश्लेषण असामयिक संसद् विघटनका कारण र परिणाम
4
SHARES
Share on FacebookShare on Twitter

पृष्ठभूमि
पौष ५ गते २०७७ साल नेपालको इतिहासलाई पुनः सम्झनुपर्ने र सम्झन बाध्य हुनुपर्ने दिन बनेको छ । यस्ता कतिपय तिथिमितिहरु इतिहासमा सम्झनुपर्ने हुन्छ जसले उत्साह र उमंग ल्याउने कामभन्दा दुःख सम्झाउने गर्छन् । पुनः नेपाली क्यालेन्डरमा उक्त दिन नेपाली मानसपटलमा कहिल्यै नमेटिने छाप राख्ने गरी सम्झने दिनको रुपमा दर्ज भएको छ । जुन दिन नेपालमा ऐतिहासिक कम्युनिस्टको दुईतिहाइ सरकारका प्रधानमन्त्री केपी ओलीले करिब ३ वर्ष शासन गरेपश्चात् आफैँले बनाएको संविधानका विभिन्न धाराहरुमा टेकी आफैँले पु¥याएको दुईतिहाइ संसद्लाई भङ्ग गर्न सिफारिस गरी नेपालकै पहिलो कम्युनिस्ट पृष्ठभूमिबाट आएकी महिला राष्ट्रपति विद्यादेवी भण्डारीबाट गणतन्त्रपछिको ऐतिहासिक संसद् भङ्ग गरिएको छ । पृष्ठभूमिका यी कुराबाटै हामी सजिलै बुझ्छौँ कि संसद्माथि किन त्यति ठूलो अन्याय गरिएको होला, यसबाट कसको स्वार्थ पूर्ति हुनसक्ला, यो कदम नेपाली जनताका लागि आवश्यक थियो कि थिएन होला भन्नेजस्ता कौतुहलता मनभरि खेल्नु स्वाभाविकै छ । यस आलेखमा गणतन्त्रपछिको नेपालको पहिलो ऐतिहासिक संसद् दुईतिहाइ मतको शक्तिसम्पन्न प्रधानमन्त्रीले विघटन गरी संविधानसम्मत ताजा जनादेशका लागि मध्यावधि निर्वाचनको घोषणा गरेको दाबी गरेता पनि त्यो पछाडिका केही कारण र त्यसबाट उत्पन्न हुनसक्ने परिणामहरुलाई मध्यनजर राखी स्वतन्त्रतापूर्वक विश्लेषण गर्ने जमर्को गरिएको छ ।

संसद् विघटनअघि नेकपाका गतिविधिहरु
गणतन्त्रपछिको पहिलो संघीय चुनावअघि नेपालका दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै पार्टी बनी चुनावमा गएर करिब दुईतिहाइ बहुमत बटुलेर सरकारसमेत गठन गर्न सफल भएको नेकपा इतिहासकै गर्व गर्न लायक दलका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चिनिएको थियो । चुनावअघि यी ठूला पार्टीका दुई अध्यक्षहरुले नै यसको जस लिने कामसमेत गरेका थिए र चुनावपछि लगत्तै सरकार गठनकै बेला अनेक विवादको जन्म हुन थालेको हो । एउटै पार्टीका दुई अध्यक्षले जहाज राम्रो चलाउलान् भनेको त झन् जहाजलाई नै दुर्घटनामा पार्ने काम गरे भने जनतालाई निराशाबाहेक अरु केही दिन सकेनन् । पार्टी एकीकरण दुई जनामा मात्र भयो न कि केन्द्रमै पनि सबै संगठनको एकता हुन सक्यो । अरु तह र तप्कामा त हुने कुरै भएन । यो अवधिमा पार्टीका कार्यकर्ता दुई जना अध्यक्षका क्रियाकलाप हेरेरै बसे र केही झर्छ कि भनी हात थापेर बस्दा पनि केही नझरेपछि नराम्ररी झस्किन पुगे । भेटघाट, वार्ता, अन्तरक्रिया, लिखित वा मौखिक आरोप–प्रत्यारोप, मन भाँच्ने र मन जोड्नेजस्ता क्रियाकलापमै करिब ३ वर्ष पार्टीका मुलीहरुले बिताए ।

यी दुई पार्टीका दुई अध्यक्षको मिलन एउटै पार्टीमा भए पनि करिब ३० महिने अवधिमा द्वन्द्वको श्रृङ्खला आन्तरिकरुपमा सुरूदेखि नै भएता पनि छताछुल्लरुपमा २०७५ भदौदेखि दाहालले मन्त्रीहरु फेरिने अभिव्यक्ति सुरू गरेदेखि भएको हो । तत्पश्चात् पुसको अन्तिम सातातिर दाहाल पक्षीय पाँच जना सचिवालय सदस्यहरुको धोबीघाट गठबन्धन भएपछि त अन्तिमस्तरका विभिन्न कसरतहरु भएका हुन् । सर्वसाधारण जनताले पनि बुझ्ने गरी दुई अध्यक्षबीचको मनमुटाव भने २०७६ साल जेठ १५ गते दाहालले ओली र आफूबीच आलोपालो सरकार चलाउने सहमति भएको खुलासा गरेपछि भएको हो । दाहाललाई पूर्ण समर्थन गर्दै माधव नेपालले पनि साथ दिन थालेपछि २०७६ साउनको पहिलो सातामा त ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट कुनै हालतमा पनि हटाउने गरी लिखित सम्झौतासमेत भएको थियो । लगत्तै, भैँसेपाटी गुटसमेत वामदेव गौतमको घरमा छलफल गरेपछि जन्मियो । अनि, अलग–अलग गुटका छुट्टाछुट्टै भेला र बैठकहरुले निरन्तरता पाए । राष्ट्रिय सभामा युवराज खतिवडा कि वामदेव गौतम भन्ने मुद्दाले पनि ठूलै सङ्कट ल्यायो र अन्तमा खतिवडा नै नियुक्त गरिए । त्यसपछि ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा ठूलै खैलाबैला मच्चियो र ४ दिनपछि ओलीले फिर्ता लिए ।

२०७७ वैशाख १७ गते सचिवालय बैठकमा औपचारिकरुपमा प्रधानमन्त्रीको राजीनामा माग गरियो र त्यो सङ्कट ओलीले आत्मालोचना गरेपछि टर्न पुग्यो । राजीनामा माग्ने काम औपचारिकरुपमा स्थायी कमिटी बैठकमा पनि भयो र साउनसम्म आइपुग्दा दुवै अध्यक्षको विवाद मिलाउन कार्यदलसमेत गठन भयो । भदौ २६ गतेको स्थायी कमिटी बैठकले त पार्टी विवाद पूर्णरुपले अन्त भएको घोषणासमेत ग¥यो । त्यसपछि अर्को विवाद फेरि ओलीले राजदूत नियुक्ति गरेपछि भयो र त्यसबीचमा कर्णाली प्रदेशको विवाद पनि आयो, अनि ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि विवाद आइनै रह्यो । पछिल्लो घटनाको जड तब सुरू भयो जब कार्तिक २८ गते दाहालले ओलीलाई दर्जनौँ आरोप लगाउँदै सचिवालय बैठकमा प्रस्ताव पेश गरे । ओली र ओली पक्ष सबैभन्दा बढी त्रसित भएको र आरोपपत्र फिर्ता नलिए त्यसपछि जे पनि हुनसक्ने तर्कहरु गरिन थालेको मुख्य घटना यही हो । घाउमा नुनचुक थप छर्कने काम ओलीले मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर सुरू गरे र अन्तमा पुस ५ गते संसद् विघटनको सिफारिस राष्ट्रपतिबाट सदर गराई लागू गरेपछि अहिलेको यो अवस्था आएको हो ।

असामयिक संसद् विघटनका कारणहरु
संविधानको धारा ७६ को उपधारा १ र उपधारा ७ मा टेकेर ओलीले अकस्मात् संसद् विघटन गराएका छन् । संसद् विघटनका लागि पुस ५ गते मन्त्रिपरिषद्को बैठक बसी केही मन्त्रीहरुको विरोधका बाबजुद बहुमत मन्त्रीहरुको निर्णय र सिफारिसले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्ताव प्राप्त हुनासाथ हठात् संसद् विघटन गरेकी हुन् । यसरी २ वर्ष बाँकी छँदै संसद् असामयिक भङ्ग भएर मध्यावधि निर्वाचन २०७८ वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न हुने गरी भएको घोषणा हुनु अहिलेको समस्याको चुरो हो ।

यसरी असामयिक ढङ्गले संसद् विघटन हुनुका कारणहरुमा ओलीले आफ्नै पार्टीका नेताहरुले सरकारका हातखुट्टा बाँधेर अँठ्याएर राखेकोले भएको हो भनी आरोप लगाउँछन् भने प्रचण्ड पक्षले ओलीको निरंकुशतावादी सोचको उपज भनेका छन् । आफू अढाई वर्ष प्रधानमन्त्री भएर अवरोधका बाबजुद देशमा विकासको लहर ल्याउनु, नेपालको चुच्चे नक्सा जारी गरी संविधान संशोधनमार्फत आधिकारिकता दिनु, भारतसामु नझुक्नु र दीर्घकालीन विकास निर्माणका योजनाहरु ल्याई सुखी नेपाली र समृद्ध नेपालको कल्पना गर्नु नै दाहाल पक्षका नेताहरुका लागि टाउको दुखाइ भएको भन्ने कुरालाई नै ओलीले आरोप लगाएका छन् । त्यस्तै, आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री चुनावबाटै भएको तर अरुलाई अध्यक्ष हुन र प्रधानमन्त्री हुन हतार हुँदा आफूलाई असहयोग गरी असफल बनाउने प्रयास गर्नु, राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई अविश्वासको प्रस्तावबाट पदच्युत गराउन खोज्नु, अनावश्यक ढङ्गले लिखित आरोपपत्र पार्टीको बैठकमा दर्ता गर्नु र आफ्नो चरित्र हत्याउन खोज्नु, सरकार असफल बनाउन बारम्बार प्रयास गर्नु, देशलाई विकासको साटो अन्धकारमा लैजान अनेक षड्यन्त्रहरु बुन्नु, सरकारको काममा अनेक बहानामा अवरोध गरी सरकार सञ्चालन गर्न नदिनु, मन्त्रिपरिषद्मा तथा अन्य संवैधानिक निकायमा गरिने नियुक्तिलाई लिएर रडाको मच्चाउनुजस्ता आदि कारणहरुले गर्दा आफूले संसद् विघटन गर्नु परेको हो भनी ओलीले सफाइ दिने गरेका छन् ।

संसद् विघटनका कारणहरुका बारेमा दाहाल पक्षले भने ओलीलाई निरंकुश, तानाशाह, सर्वसत्तावाद, नक्कली राष्ट्रवाद भएको, राजा–महाराजा बन्न खोजेको, दम्भ र अहंकारी स्वभाव भएको, अरुलाई नटेर्ने र आफ्नो मनलाग्दी काम गर्ने व्यक्ति भएको भनी गम्भीर आरोप लगाई संविधानभन्दा माथि गई संसद् विघटनजस्तो दुष्कर्म गरेको आरोप लगाएका छन् ।

संसद् विघटनले ल्याएका परिणाम र हुनसक्ने अवस्थाहरु
संसद् विघटन दुर्भाग्यपूर्ण हो र यो कसैको हितमा छैन । संसद् विघटन हुनासाथ सबैभन्दा बढी चर्को आलोचना प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको भएको छ । आरोपमा संविधानमा हुँदै नभएको व्यवस्थालाई आधार बनाई संसद् विघटनको कार्यान्वयन गर्नु सिङ्गो संसद्, जनता र राष्ट्रमाथिकै प्रहार भएको भनिएको छ । संसद् विघटनपछि देखा परेका परिणामहरु र भविष्यमा देखिन सक्ने परिणामहरु समेत अत्यन्तै घातक छन् । एक लयमा चलेको राज्य अकस्मात् रुपमा तरङ्गित भएको छ र प्रायः सबै दल तथा जनताहरु आन्दोलित भएका छन् । राजावादीहरुको आन्दोलन सशक्त बन्दैछ, प्रतिपक्षी दल, मधेसवादी दल, अन्य साना तथा ठूला दलहरु सबैले ओलीको यो कदमलाई राजा ज्ञानेन्द्रको शैलीमै आएको गणतन्त्र र संघीयतामाथिको ‘कु’ भनेका छन् । लगभग सबै दलका विद्यार्थी, भातृ संगठन र नागरिक समाजसमेत ओलीको कदम असंवैधानिक भन्दै सडकमा उत्रिरहेका छन् । त्यसो त, ओली पक्षीय नेता तथा कार्यकर्ताहरु पनि सडकमै छन् जसले ओलीको कदमलाई स्वागत गरिरहेका पनि छन् ।

यसरी अकस्मात् देखा परेका यस्ता दृश्यहरुका कारण सुरक्षा निकाय सतर्क अवस्थामा छ भने सबैको आस्थाको केन्द्रबिन्दु सर्वोच्च अदालतप्रति सबैको ध्यानाकर्षण भएको छ । इतिहासमा फेरि एकपटक निर्वाचन आयोग र सर्वोच्च अदालतको निष्पक्षता र न्यायसम्पादन क्षमताको मूल्याङ्कन हुँदैछ । सर्वोच्च अदालतको भूमिकाले देशमा नयाँ तरङ्ग सृजना हुनेछ । देशलाई कता लैजाने, आगामी दिनहरुमा मध्यावधि निर्वाचन सहज बनाउने कि यस्ता कदमलाई लगाम लगाउने, फुटमा लागिरहने दलहरुको हैसियत के बनाउने, स्थायित्व कायम गर्ने वा देशलाई सधैँ अस्थिर बनाई धराशायी बनाउने भन्नेजस्ता तमाम प्रश्नहरुको उत्तर अहिले निर्वाचन आयोग र सर्वोच्च अदालतमै केन्द्रित देखिन्छ जसले देश र जनताको भविष्यको फैसला गर्नेछ ।

अन्तमा,
सर्वहारा वर्गको नेतृत्व गर्ने, राष्ट्रभक्त र जनताका सच्चा सिद्धान्त बोकेको पार्टी भनेर वर्षौंदेखि भन्दै आएको, क्रान्तिका नाममा रगतको खोलो बगाएर र भौतिक संरचना ध्वस्त पारेको घटनासमेत बिर्सिएर विकास र समृद्धिको आशामा जनताले कम्युनिस्टलाई सत्तामा पनि पु¥याएकै हुन् । तर, पूर्वमाओवादी र पूर्वएमाले दुवै एकीकरण भई नेकपा बनेको यो पार्टीले दुईतिहाइकै बहुमत ल्याएर पनि आफ्नो इज्जत जोगाउन सकेन र दुनियाँका सामु कुनै नाक राख्ने काम गर्न सकेन, जसलाई कम्युनिस्ट आन्दोलनकै असफलता भनेर भन्न अब कुनै डर रहेन । बडो सकस र मन्थनका साथ बनाएको संविधानअनुसार अब बन्ने सरकार स्थायी सरकार हुने र ५ वर्ष आरामले काम गर्न पाउने वातावरण बनेको छ भन्ने जनताको कल्पना पनि पूरा हुन सकेन । जुन अवस्था आउनु नेपाली जनताको अपमान, आफैँले बनाएको संविधानको बलात्कार र भविष्यमा राजनीति गर्नेहरुका लागि पनि वितृष्णाबाहेक अरु केही हात लागेन । हात लाग्यो त झन् बढी भ्रष्टाचार, गुट/उपगुट, बलात्कार र कोकोहोलो मात्र ।

जसले जे भने पनि वास्तवमा संसद् विघटन हुनुमा स्वदेशी तथा विदेशी शक्तिकेन्द्रहरु लागेर ऐतिहासिक कम्युनिस्ट सरकार विफल पार्ने षड्यन्त्रको पराकाष्ठा नै हो भनी विश्लेषण गर्न सकिन्छ । यसमा अरुलाई दोष लगाउनुभन्दा पनि नेकपाभित्रको किचलो, सरकारलाई अनावश्यक हस्तक्षेप, महा¤वाकांक्षी स्वभाव भएका नेताहरुको उपस्थिति, कमजोर प्रतिपक्ष, राष्ट्रपतिको कमजोर भूमिका, बालहठ भएका नेता, राजनीतिक अपरिपक्वता र अदूरदर्शी नेतृत्व भएका कारण यो अवस्था आएको हो भनी सजिलै बुझ्न सकिन्छ । नेकपाको आन्तरिक किचलोकै कारण अहिलेको दुरवस्था आएको कुरामा कुनै शंका छैन । पार्टीभित्रको कुरा व्यवस्थापन गर्न नसक्दा राष्ट्र नै कमजोर हुनु परेको र संविधानको बलात्कार हुनु राम्रो लक्षण हुँदै होइन । परिपक्व र दूरदर्शी नेताको प्रस्ट भूमिका देखा नपरूञ्जेल वा कार्यकारी प्रधानमन्त्री÷राष्ट्रपति भई प्रत्यक्ष निर्वाचित हुने अवस्था नआउञ्जेल देशमा यस्ता उतारचढाव पनि भइनै रहनेछन् ।

यसो भन्दै गर्दा नेपालको २०४७ सालको संविधान उत्कृष्ट संविधान भनिएको हो र त्यो पनि धेरै वर्ष टिकेन जसलाई २०७२ को संविधानले प्रतिस्थापन ग¥यो । अहिले गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा आउँदै गरेको अवस्थामै संविधानमाथि थुप्रै प्रश्नहरु उठिरहेको सन्दर्भमा संसद् विघटनको यो कदमले संविधान कस्तो बनेको रहेछ त भन्ने कुराको समेत मूल्याङ्कन हुनेछ । आशाको केन्द्रबिन्दु सर्वोच्च अदालतले पक्कै न्यायिक फैसला गर्ने नै छ र सर्वोच्चको आदेश सबैका लागि स्वीकार्य र शिरोधार्य गर्न लायक हुनेछ भन्ने कुरामा विश्वस्त हुनुबाहेक अहिलेलाई अर्को विकल्प देखिँदैन ।

(लेखक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, नवलपुरका प्राध्यापक हुन् ।)

pndynn2031@gmail.com

Related Posts

योगमा सूर्य नमस्कार आसनको महत्त्व

योगमा सूर्य नमस्कार आसनको महत्त्व

सामाजिक अभियानमा बखानसिंह गुरूङले पुर्‍याएको योगदान

सामाजिक अभियानमा बखानसिंह गुरूङले पुर्‍याएको योगदान

व्यक्तिवादी इगोमा टुक्रिएको जन मन

व्यक्तिवादी इगोमा टुक्रिएको जन मन

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In