हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले दोलखाका पोखरेललाई ४ वर्षका लागि निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसैगरी, मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयमार्फत मदन भण्डारी फाउन्डेसनलाई ५० लाख रूपैयाँ दिने निर्णय गरेको छ । विविध सामाजिक काममा खर्च गर्ने गरी फाउन्डेसनलाई रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।
यस्तै, संघीय समपूरक तथा विशेष अनुदानतर्फका आयोजना÷कार्यक्रमहरु प्रस्ताव गर्ने, वैकल्पिक ऊर्जा प्रणाली अनुदान परिचालन, दोलखा जिलुको एकीकृत बस्तीका लागि २ करोड ४० लाख दिने, प्रदेशका स्थानीय तहलाई ससर्त अनुदान उपलब्ध गराउनेलगायतका निर्णय गरेको मन्त्री ढुङ्गेलले जानकारी दिए ।
Discussion about this post